तिता मिठा कुरा
उन ताका ऊ मेरि सबै भन्दा ठूलि क्रस थिइ। मेरो सासमा सास मिलाइदिने। मेरो आशमा आश मिलाइदिने। बर्खा सिंह र मोस्ट्ली सेन उति खास थिएनन उ बेला जति ऊ थिइ। एक तरिकाले सोच्ने हो भने - ऊ मेरो घरै छेउमा फूल्ने साझी फूल जस्तै थिइ। अध्यारोमा फूल्ने। उज्यालोमा हराउने। सायद पारिजातको फूल पो हुदि हो। मैले चिन्न नसकेको पो हुला कि¿ जुन फूल भए पनि उसको सुगन्धले मेरो मनै रोमान्चित पारिदिन्थ्यो। हामी कुनै रोम्यान्टिल वेस सिरिजका कपल जस्तै थियौ। स्वतन्त्र, उन्मुग्द, बेफिकर खोइ यस्तै यस्तै। कहिले केटाकेटी जस्तै थिइ ऊ - जिद्दि। उसका हरेक भनेका कुरा मान्नु पर्ने। उसका चाहनाहरु पूरा हुनै पर्ने। कहिले परिपक्क थिइ ऊ- समझदार। मलाइ अङालोमा बाधेर फकाउदै भन्थी ' म छु नि लाटा, किन टेन्सन लिन्छौ'? उसका हरेक हर्कतहरुको बानी परेको थियो। जस्तो कि एउटै छाता ओडेर हिड्नु। साझ खाना खाए पछि एक राउन्ड गफ गर्दौ हिड्नु। खाना/ खाजा खान सङै जानू। खाना थप्न परेमा एक जनाले ल्याएर आउनु। एक अर्काले थाहा नपाउने गरि क्यान्डिड फोटो खिच्दिनु। यस्तै यस्तै कति धेरै। ऐले सम्झन फिटिक्क पनि मन छैन। साथिको एउटा बानि फरक थियो