जून जस्तै धपक्क बलेको
अनुहार छ बुवाको।
आँसु बगेर हो कि पसिनाले हो
गाला छेउमा परेका छ्न केही खोपिल्टाहरु।
मानौ सुर्य साहु हो।
चन्द्र्मा बुबा हुन
र म छोरो हु पृथ्वी।
गरिबिले च्यातिएका केही जोर लुगा छ्न शरिरमा।
जिन्दगीले दिएको गरुँगो टोपी छ शिरमा।
ग्रहण लाग्छ कैले काहि त्यो फरक कुरा हो।
नत्र मेरा वा'ले मलाइ कहिल्य अँध्यारो हुन दिएनन्।
राम्रो 😊
ReplyDeleteDhanyabaad :)
Delete