Wednesday, July 17, 2019

औलाहरु!

पहिलो भेटमा
हतारिदै हात मिलाउन आउने औलाहरु।
बिदाइमा हल्लिने औलाहरु
तिम्रो म्यासेजको रिप्लाइ दिन हतारिने औलाहरु।
यी हरेक औलाको आफ्नै कथा छ।

गितारको तारमा
सुलुत्त दौडिने औलाहरु
बासुरिको प्वाललाई
खोल्दै बन्द गर्ने औलाहरु
तिम्रा सुन्दर कोमल औलाहरु
मेरा कुरुप काठे औलाहरु

पृयसिको बदनमा दौडिने औलाहरु
मायालु अङालोमा बाधिने औलाहरु
एउटै बाटो हिड्दा ठोकिन आउने औलाहरु
तिम्रो केशमा अल्झिने मेरा औलाहरु

सुनको औँठी बोकेका तिम्रा औलाहरु
अदुश्य औँठी लगाएका मेरा औलाहरु
ढुङ्गा र ढोकाको कुनामा ठोकिने औलाहरु

मलाइ यी सबै औला मन पर्छ्न, सिवाय
अर्कौको लगनको औँठी बोकेका तिम्रा औलाहरु।

No comments:

Post a Comment

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...