मेरो बिर्सने बानी छ!

मेरो बिर्सने बानी छ।
जस्तो कि कसैका जन्मदिनहरु
कसैका एनिभर्स डे हरु
कसैका शुभ नामहरु
मेरो बिर्सने बानी छ।

कसैलाइ सम्झनु होस
वा कसैलाइ कल ब्याक गर्नु होस
म्यासेजको रिप्लाइ गर्नु होस
मेरो बिर्सने बानी छ।

तर
सक्दिन बिर्सन ती मान्छेहरुलाइ
जसलाइ बिर्सनै पर्ने छ।
यादहरु बाट, जिन्दगी बाट।

Comments

Popular posts from this blog

पुनु तिमिलाई शुभकामना!

कबिता- चिया प्रेम

सिन्दुर नलगाउ है