Saturday, July 20, 2019

तिता मिठा कुरा

उन ताका ऊ मेरि सबै भन्दा ठूलि क्रस थिइ।
मेरो सासमा सास मिलाइदिने। मेरो आशमा आश मिलाइदिने। बर्खा सिंह र मोस्ट्ली सेन उति खास थिएनन उ बेला जति ऊ थिइ।
एक तरिकाले सोच्ने हो भने - ऊ मेरो घरै छेउमा फूल्ने साझी फूल जस्तै थिइ। अध्यारोमा फूल्ने। उज्यालोमा हराउने।
सायद पारिजातको फूल पो हुदि हो। मैले चिन्न नसकेको पो हुला कि¿
जुन फूल भए पनि उसको सुगन्धले मेरो मनै रोमान्चित पारिदिन्थ्यो।
हामी कुनै रोम्यान्टिल वेस सिरिजका कपल जस्तै थियौ।
स्वतन्त्र, उन्मुग्द, बेफिकर खोइ यस्तै यस्तै।

कहिले केटाकेटी जस्तै थिइ ऊ - जिद्दि। उसका हरेक भनेका कुरा मान्नु पर्ने। उसका चाहनाहरु पूरा हुनै पर्ने।
कहिले परिपक्क थिइ ऊ- समझदार।
मलाइ अङालोमा बाधेर फकाउदै भन्थी ' म छु नि लाटा, किन टेन्सन लिन्छौ'?

उसका हरेक हर्कतहरुको बानी परेको थियो। जस्तो कि एउटै छाता ओडेर हिड्नु। साझ खाना खाए पछि एक राउन्ड गफ गर्दौ हिड्नु। खाना/ खाजा खान सङै जानू। खाना थप्न परेमा एक जनाले ल्याएर आउनु।
एक अर्काले थाहा नपाउने गरि क्यान्डिड फोटो खिच्दिनु।
यस्तै यस्तै कति धेरै। ऐले सम्झन फिटिक्क पनि मन छैन।

साथिको एउटा बानि फरक थियो। उसलाइ अलि राम्रो केटा जो देख्यो उसलाई 'क्रस' वनाइ हाल्ने।
मलाइ आएर बयान गर्थी उसको, यो केटा त कति राम्रो, क्या जेन्टल मेन, यसको हासो यति मीठो, यस्को यो यस्तो, यो उस्तो आदि आदि। यस्तै यस्तै।
म त्यो पनि सम्झन फिटिक्क मन छैन।

यसरी नै हो समय बितेको। हाम्रो हासोहरु झन बढ्न थाले। हाम्रो साथ झनै नजिकिन थाल्यो। एउटा वा दुइटा पोज दिएर उसलाइ कहिल्य सन्तुष्टि मिल्थेन।
उसको फोटोहरुले उता मेरो फोनको ग्यालरी भरिन थाल्यो। उसका यादहरु यता मेरो मस्तिष्क भरिन थाल्यो। कति बिचित्र है, अचेल मान्छेको मन र फोनको ग्यालरि उस्तै उस्तै लाग्ने के।

गाउँ घरमा चिनीलाइ सार्है महङ्गो पर्ने त्यसैले उता हुदा चिया भन्दा बेसि दूध नै खाइन्थ्यो।
आजकल बिस्तारै दुइटा कुराको लत लागेको थियो - उ सङको चिया र उसको।
बिहान, दिउँसो र साझ हाम्रो चिया पिउने नियम जस्तो थियो। कैले काहीँ चिया पिउन कै लागि कलास बङ समेत गर्थ्यौ।
धन्यवाद! चिया तिमिले साथ छोडेका छैनौ।

खोइ कुन चै गीतकारले एउटा गीत लेखेका छ्न
'थाहै नपाइ कस्तो कस्तो माया बसेछ, धुदा पनि जादै नजाने'
हो मलाइ पनि ठ्याक्कै यस्तै भएको थियो। गीतमा भने जस्तै।
हो,माया वसेको थियो उसङ। गाढा वाला माया। न आँसु न पानीले पखाल्न सकिने वाला माया। एकतर्फी माया।
तर सारुख खानले ' ए दिल हे मुस्किल' मा भनेको जस्तो मोस्ट ब्युटिफूल फिलिङ्स इन द वोल्ड भएन त्यो माया।
फिल्म र फिल्म बाहिरको मायामा केही त फरक हुदो रहेछ।

धेरै कोसिस गरे! एकदम धेरै! शब्दले नबोक्न सक्ने कोशिस।
मलाइ भन्नू थियो कि कति धेरै प्रेम गरेको छु उसलाइ।
तर भन्न सकिन! केहि बाधकहरु आए। केही बाध्यताहरु थिए।
कोसिस नगरेको होइन तर त्यसरि भन्न सकिन जसरी मैले फिल गरेको थिए। जसरि उसलाइ प्रेम गरेको थिए।
भ्यालेनटाइनको अघिल्लो दिन हिम्मत जुराएर उसलाइ म्यासेज गरे, मात्र यति लेखेको थिए ' I don't know how but I'm in love with you'
धेरै बेर पछि मेरो म्यासेजमा उसको seen देखे।
रिप्लाइ आएन।

अर्को दिन 'द इन्डिङ प्वाइन्ट क्याफे' मा उसलाइ हाम्रै क्लासको एउटा अर्को केटासङ मस्किदै कफि खाइरहेको देखे।
साझ फेसबुकमा उसको स्टेट देखे 'गट माइ भ्यालेन्टाइन'
मेरो म्यासेजको तल लेखिएको थियो' यु क्यान्नट रिप्लाइ टु दिस कन्भर्सेसन।'

No comments:

Post a Comment

म भुलि जाने याद जस्तो, म कस्तुरीको सुवास जस्तो। डुल्दै डुल्दै म हराएको वाटो जस्तो म चिप्लो रातो माटो जस्तो। म भुलि जाने याद जस्तो, म अभागिको...