Friday, April 24, 2020

स्वीकार

जति सजिलो छ 
ब्लक गर्नलाइ 
कास त्यति नै सजिलो हुदो हो 
तिमि अर्कै कि भइ सक्याै भनेर स्विकार गर्नलाइ।

Constellations

They say, 
The patterns of those Constellations 
Decide our common future. 
We will be 'WE' or Just 'You and Me'. 
I wonder if, 
Our Constellations were made for each other.

जन्मदिन

कुनै दिन हामि 
एक अर्काको जन्मदिनमा 
शुभकामना दिनलाइ 
मध्यरात कुरेर बस्थ्याै। 

आज हामिलाइ
एक अर्काको जन्मदिन समेत याद छैन। 
समयले यसरि पनि त फन्को मार्दो रहेछ।

Saturday, April 11, 2020

याद

मलाइ सबै याद छ।
जस्तो कि
तिम्रो अङ्गालोको न्यानोपना
तिम्रा आँशुहरुको चिसोपना
तिम्रो हाँसोको कहानि
तिम्रा कसमहरुको ओजन।

जस्तो कि
तिम्रो कपालको सुगन्ध
तिम्रा ओठको कलर
तिम्रो स्याम्पुको ब्राण्ड
तिम्रो जिवन शैलिको ताैल पनि


कैले त लाग्छ कास
मलाइ याद नहुहो हो यी सबै कुराहरु
आजकल
जता ततै तिमि देख्न थालेको छु।
जता ततै तिमि खोज्न थालेको छु।

Monday, December 2, 2019

बहुलठ्ठि मन!!!

दुई बर्ष भयो। मोबाइलको प्याटर्न फेरेको छैन।
आज एउटा घटना भयो, म भाइहरु सङ बसेर केही बेथुक गफ गर्दै थिए।
बिचमा मोबाइल खोल्न मन लाग्यो, तर मरि गए पनि प्याटर्न याद आएन। दुई चार पटक कोसिस गरे मिलेन। फेरि तीस सेकेन्ड पछि प्याटर्न हाने अह मिल्दै मिलेन। अन्तमा मोबाइल रिसेट गर्नु पर्यो।
मैले जिन्दगीमा यती मीठो बिर्सनुको अनुभव आज सम्म गरेको थिइन। आहा हामिले चाहेका कुरा यति सजिलै बिर्सन सकिने भए कति रमाइलो हुदो हो जिन्दगी।
साच्चै ती मान्छेहरु लक्कि हुन जसले सजिलै बिर्सन सक्छ्न ती।
दुई दिन अघि फेसबुकमा एउटा फ्रेन्ड रिक्वेस्ट आएको थियो। हिजो बिहान हेरु कि नहेरुको दोधारमा हेरेरै छोडे।
सारी र चुरा पोते लगाएको फोटोमा उ हद भन्दा पनि राम्री देखिकी थिइ।
प्रोफाइलमा अझै खोतलि हेरे, पाँच बटा फोटो उसको श्रीमान सङको पनि रहेछ।
ती फोटोहरुमा ऊ निक्कै खुसी देखिएकी थिइ।
बिहे हुनु केही दिन अघि मैले सोधेको थिए - खुसी त छौ नि?
उसले अनुहार बिगार्दै भनेकी थिइ - अहँ।
खैर, खुसि हुनु वा दुखी हुनु भनेको समय अनुसार परिबर्तन हुन सक्ने कुरा हो तर म भने खुसी र दुखि एकै समयमा हुनु सक्छु। यो कुरा थाहा पाए पछि
आमाले एउटा हातले चुलोमा पोते घुमाउदै भन्थिन 'त अस्ता मान्छे कहिल्य खुसी हुन सक्दैनन'
अ भन्न बिर्सेछु त्यो फ्रेन्ड रिक्वेस्ट पठाउने मान्छे मेरो जिन्दगीको पहिलो क्रस हो।
उसलाइ मेरो जिन्दगी ज्रेबाक्रस बनाउछु भनेर सोचेको थिए दुइ साल पहिले उसले रेडक्रसमा काम गर्ने सङ भागेर बिहे गरि।
त्यस पछि मेरो जीवन जेब्राक्रस बिनाको सडक झै भयो। जसलाइ जता मन लाग्यो कुल्चेर गए। गह्रौ ट्रकहरु पनि गुडे सडक भरी खाल्डा खुल्डी बने।
जिन्दगीले खुब झ्याक्न थाल्यो।
घाउ परेको मेरो जिन्दगीलाई मल्हम पट्टि बाधन जरुरी थियो।
डाक्टर खोज्दै जादा बाटोमा नर्स भेटियो।
उसलाइ भेटे पछी धेरै हिड्ने चाहाना पनि भएन र जागर पनि थिएन।
सडकका घाउहरु बिस्तारै भरिन थाले। उसले औषधिले राम्रै काम गरेको थियो।
दिन भरि क्लास हुन्थ्यो उसको। साझ रुम फर्किने बित्तिकै भिडियो कल गरेर दिन भरिका बृतान्त सुनाउथी म सङ।
कहिल्य काहीँ म अन नभए भने एउटा लामो मेसेज छोडेर जान्थी।
जेठी छोरी भएकाले साझ घरको काम गर्नु पर्ने उसलाई। यसो कामवाट फुर्सद मिल्यो भने कल गरिहाल्थी।
मलाइ उसको दैनिकी लगभग कण्ठस्त थियो।
उसको लाइक्स डिस्लाइक्स, उसको मिल्ने साथिहरु सबको बारेमा जानकारी थियो।
जस्तो कि उसको मन पर्ने रङ पहेलो, मन पर्ने खाजा म:म। मन पर्ने ठाउँ पोखरा। आइसक्रीम र पानी पुरी प्राय जसो उसको स्टकमा हुन्थे। म सङ बोल्दा खाने गर्थी।
म प्राय माइ डे मा खाने कुराको फोटो राखी रहन्थे। उ जैले भन्थि 'मलाई खोइ' मेरो रेडिमेट जवाफ हुन्थ्यो 'अब भेट' हुदा।
उसको नाइट ड्युटी पर्दा कति धेरै रात म अनिदो बसेको छु। उसको त मानौ लत लागेको थियो मलाई ।
एकछिन नबोल्दा छ्टपटि हुने स्तिथी थियो। त्यस सालको दशैमा केहि हप्ता म सम्पर्क बिहिन थिए।
एकदिन फेसबुक खोलेर हेर्दा उसको इङेजमेन्टको फोटो उसको प्रोफाइलमा देखे। मन खिन्न भयो।
केटो एम बि बि एस डक्टर रहेछ।
त्यो साल मङ्सिरमा उसको बिहे भयो। एकदिन फेसबुकमा मैले चक्लेटको फोटो राखेको थिए। उसले कमेन्ट गरेकि रहिछे 'मलाइ खोइ' ?
मैले ' उसैसङ माग जो सङ तिमि छौ' यति भनेर उसलाइ अनफ्रेन्ड गरिदिए।
मेरो बिग्रेको नसिब, इन्सटामा आज बिहानै उसको बिहेको भिडियो देखे।
ऊ मेरो जिन्दगीको दोस्रो क्रस थिइ। मैले चाहेको थिए उ मेरो जिन्दगीको रेडक्रस होस भनेर।
मेरा घाउहरुमा मलहम लगाइदिने मान्छे। म दुखी हुदा पनि मुस्कान दिने मान्छे।
मेरा खुसीहरुमा हासिदिने मान्छे। मेरो नौरास्यतामा हौसला दिने मान्छे।
हो मैले चाहेको थिए।
बिर्सन सक्नु एउटा कुरा बिर्सन खोज्नु अर्को कुरा। मान्छे यि दुइ बिच्चको प्राणि हो। नबिर्सनु हुने कुरा अक्सर बिर्सन्छ। बिर्सन खोजेको कुरा बिर्सन सक्दैन। 


जस्तो कि मैले बिर्सन सकेको छैन माथि भनेका धेरै कुराहरु।

Monday, October 14, 2019

तिमि

मेरा दुखहरुको
घटाउ गरिदिने मान्छे।
मेरा खुसिहरुको
गुणान गरिदिने मान्छे।
मेरो हासोहरुमा
हासो थपिदिने मान्छे।
मेरो आशुहरुको
भाग लगाइदिने मान्छे।
मैले खाए नखाएको
टिपोट गरिदिने मान्छे।
मेरो सन्चो बिसन्चोको
रिपोर्ट हेरिदिने मान्छे।
मेरा उतार चडावहरुमा
सङै उभिदिने मान्छे।
मेरो हर्षहरुमा
हर्षित भैदिने मान्छे।
मेरो दशैको टीका जमरा तिमी।
मेरो तिहारको मखमली माला तिमी।
मेरो भबिष्यको बर्तमान तिमी।
एक तिमी र मात्र तिमी।💕

Tuesday, September 24, 2019

मन

मन अल्झिन 
महाजाल नै चाहिदैन सधै।
कैले काहि, 
बल्छी मै पनि अल्झिन्छ यो मन। 
कसैको एक मुस्कानमा 
कसैको एक हेराइमा 
कसैको एक बोलिमा मात्र 
बर्षौ सम्हालेर राखेको यो मन
अल्झिदिन्छ बस अल्झिदिन्छ।

Sunday, July 21, 2019

तिता मिठा कुरा

उन ताका ऊ मेरि सबै भन्दा ठूलि क्रस थिइ।
मेरो सासमा सास मिलाइदिने। मेरो आशमा आश मिलाइदिने। बर्खा सिंह र मोस्ट्ली सेन उति खास थिएनन उ बेला जति ऊ थिइ।
एक तरिकाले सोच्ने हो भने - ऊ मेरो घरै छेउमा फूल्ने साझी फूल जस्तै थिइ। अध्यारोमा फूल्ने। उज्यालोमा हराउने।
सायद पारिजातको फूल पो हुदि हो। मैले चिन्न नसकेको पो हुला कि¿
जुन फूल भए पनि उसको सुगन्धले मेरो मनै रोमान्चित पारिदिन्थ्यो।
हामी कुनै रोम्यान्टिल वेस सिरिजका कपल जस्तै थियौ।
स्वतन्त्र, उन्मुग्द, बेफिकर खोइ यस्तै यस्तै।

कहिले केटाकेटी जस्तै थिइ ऊ - जिद्दि। उसका हरेक भनेका कुरा मान्नु पर्ने। उसका चाहनाहरु पूरा हुनै पर्ने।
कहिले परिपक्क थिइ ऊ- समझदार।
मलाइ अङालोमा बाधेर फकाउदै भन्थी ' म छु नि लाटा, किन टेन्सन लिन्छौ'?

उसका हरेक हर्कतहरुको बानी परेको थियो। जस्तो कि एउटै छाता ओडेर हिड्नु। साझ खाना खाए पछि एक राउन्ड गफ गर्दौ हिड्नु। खाना/ खाजा खान सङै जानू। खाना थप्न परेमा एक जनाले ल्याएर आउनु।
एक अर्काले थाहा नपाउने गरि क्यान्डिड फोटो खिच्दिनु।
यस्तै यस्तै कति धेरै। ऐले सम्झन फिटिक्क पनि मन छैन।

साथिको एउटा बानि फरक थियो। उसलाइ अलि राम्रो केटा जो देख्यो उसलाई 'क्रस' वनाइ हाल्ने।
मलाइ आएर बयान गर्थी उसको, यो केटा त कति राम्रो, क्या जेन्टल मेन, यसको हासो यति मीठो, यस्को यो यस्तो, यो उस्तो आदि आदि। यस्तै यस्तै।
म त्यो पनि सम्झन फिटिक्क मन छैन।

यसरी नै हो समय बितेको। हाम्रो हासोहरु झन बढ्न थाले। हाम्रो साथ झनै नजिकिन थाल्यो। एउटा वा दुइटा पोज दिएर उसलाइ कहिल्य सन्तुष्टि मिल्थेन।
उसको फोटोहरुले उता मेरो फोनको ग्यालरी भरिन थाल्यो। उसका यादहरु यता मेरो मस्तिष्क भरिन थाल्यो। कति बिचित्र है, अचेल मान्छेको मन र फोनको ग्यालरि उस्तै उस्तै लाग्ने के।

गाउँ घरमा चिनीलाइ सार्है महङ्गो पर्ने त्यसैले उता हुदा चिया भन्दा बेसि दूध नै खाइन्थ्यो।
आजकल बिस्तारै दुइटा कुराको लत लागेको थियो - उ सङको चिया र उसको।
बिहान, दिउँसो र साझ हाम्रो चिया पिउने नियम जस्तो थियो। कैले काहीँ चिया पिउन कै लागि कलास बङ समेत गर्थ्यौ।
धन्यवाद! चिया तिमिले साथ छोडेका छैनौ।

खोइ कुन चै गीतकारले एउटा गीत लेखेका छ्न
'थाहै नपाइ कस्तो कस्तो माया बसेछ, धुदा पनि जादै नजाने'
हो मलाइ पनि ठ्याक्कै यस्तै भएको थियो। गीतमा भने जस्तै।
हो,माया वसेको थियो उसङ। गाढा वाला माया। न आँसु न पानीले पखाल्न सकिने वाला माया। एकतर्फी माया।
तर सारुख खानले ' ए दिल हे मुस्किल' मा भनेको जस्तो मोस्ट ब्युटिफूल फिलिङ्स इन द वोल्ड भएन त्यो माया।
फिल्म र फिल्म बाहिरको मायामा केही त फरक हुदो रहेछ।

धेरै कोसिस गरे! एकदम धेरै! शब्दले नबोक्न सक्ने कोशिस।
मलाइ भन्नू थियो कि कति धेरै प्रेम गरेको छु उसलाइ।
तर भन्न सकिन! केहि बाधकहरु आए। केही बाध्यताहरु थिए।
कोसिस नगरेको होइन तर त्यसरि भन्न सकिन जसरी मैले फिल गरेको थिए। जसरि उसलाइ प्रेम गरेको थिए।
भ्यालेनटाइनको अघिल्लो दिन हिम्मत जुराएर उसलाइ म्यासेज गरे, मात्र यति लेखेको थिए ' I don't know how but I'm in love with you'
धेरै बेर पछि मेरो म्यासेजमा उसको seen देखे।
रिप्लाइ आएन।

अर्को दिन 'द इन्डिङ प्वाइन्ट क्याफे' मा उसलाइ हाम्रै क्लासको एउटा अर्को केटासङ मस्किदै कफि खाइरहेको देखे।
साझ फेसबुकमा उसको स्टेट देखे 'गट माइ भ्यालेन्टाइन'
मेरो म्यासेजको तल लेखिएको थियो' यु क्यान्नट रिप्लाइ टु दिस कन्भर्सेसन।'

Wednesday, July 17, 2019

बिर्सनु!!

धेरै समय भएछ। केही नलेखेको वा भनौ लेख्न मन नलागेको कि त लेख्न बिर्सिएको मलाइ थाहा छैन।
बिर्सनु पनि एउटा कला हो। अस्ट्रेलिया गएको साथिले नेपाल बिर्से जस्तो।
बिर्सनु पनि एउटा कला हो।
जिन्दगीमा धेरै कुरा विर्सन सकिन्छ, जस्तो कि कसैको जन्मदिन, झरेको एउटा फूल, परिक्षामा आएको कम वा बढी नम्बर, आफुलाइ मन परेका मान्छेहरु, आफुलाइ मन नपरेका मान्छेहरु।
बिर्सन नसकिने के नै पो छ र यहाँ ? तै पनि तिमिले कसरी बिर्सन सक्छौ मलाइ? भनेर सोध्दा, सास अटकिन्छ एक पल्ट।
सास अटकिनु पनि विर्सनु न हो।
नदिको धारले बगर काटेर बिर्सी जानू।
तिमिले पनि मन चोरेर फिर्ता गर्न बिर्सिजानु।
यी दुबै उस्तै कुरा हुन।

अघि पनि भने बिर्सनु पनि एक कला हो।
आउनुस हामी एक अर्कालाइ बिर्सन अभ्यास गरौ।
जय! बिर्सवाद✊✊

जानै मन थिएन!

जानै मन थिएन।
अह! छुट्टिन मनै थिएन।
तिम्रो न्यानो अङालोको स्पर्शबाट
मलाइ निस्कनै मन थिएन।

तिम्रो हात माथि हात राखेर
घन्टौ मायाका कुरा गर्नु थियो।
छातिमा टाउको अड्याएर
तिम्रो धड्कनको आवाज सुन्दै
सुनाउन मन थियो
प्रेमका अमर गीतहरु।

लजाउदै चिम्म गरेका तिम्रा आखामा
सुस्तरी चुम्बन गर्दै
देखाउनु थियो हाम्रो सुन्दर भबिष्यको सपना।

तिमिले
अब त जाउ न भन्दा।
मलाइ छुट्टिनै मन थिएन।
तिम्रो न्यानो अङालोको स्पर्शबाट।

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...