Wednesday, July 17, 2019

ऊ!!!!


मलाइ थाहा छ।
उ मेरो सबै थोक छ।
मेरो हासोमा हासो थपिदिने मान्छे।
मेरो दुखमा सम्हाली दिने मान्छे।

मेरा आँसु पुछी दिने मान्छे।
मेरो जीवन रङाइदिने मान्छे।

तर कैले काहीँ भयानक डर लाग्छ उसलाइ देखेर पनि
किनकी मलाइ थाहा छ।

उ मेरो सब थोक हो।
तर त्यही एकथोक होइन जुन मैले होस भनेर चाहेको थिए।

कैले काहीँ मन चसक्क पार्न।
जहिले 'तँ ' भनेर बोल्ने मान्छे
'के छ त तिम्रो खबर' भनेर सोध्छे।

मानौ, सधै आएर अङालोमा बाधिने मान्छेले टाढैबाट नमस्ते गरे जस्तो।
           - कृष्णप्रसाद अर्याल

एक्स!

माइ डे मा कैले काहीँ आफनै फोटो अपलोड गर्छु।
कपाल झरेर आधाउधि जस्तो भएको छ।
झट्ट हेर्दा आफ्नै ज्यानको टाउकोमा फर्सि हालेको जस्तो देखिन्छ।आफ्नो फोटो हेर्दा 'हाहा'रियाक्ट गरु गरु हुन्छ।😂😂

उसले कैले काहीँ तिनै फोटोमा 'लब' रियाक्ट गर्छे। क्या अच्चम लाग्छ भने नि, बिस्वास नलागेर फेरि एक पटक रिचेक गर्छु। म्यासेन्जरमा रातो दिल देख्छु, लाग्छ उसले इमोजी होइन धडकदै गरेको आफ्नै दिल झिकेर म्यासेन्जरमा पठाएकि हो।

सधै भन्ने गर्थी तिम्रो मनलाई माया गरेकि हु। रुपलाई होइन।
मलाइ पनि होकि होकि झै लाग्छ। फेरि सोच्छु मैले पनि दुनियाको फोटोमा दिल टास्दै त हिड्छु नि।
ह्या! होइन होला।
उसको प्रोफाइल खोल्छु। प्रोफाइलमा उसको र उसको डाक्टर श्रीमानको फोटो छ। सिउदो रातै हुने गरि सिन्धुरले रङाएको फोटो। मलाइ रातो रङ्ग देखि नफरत हुन थाल्छ।
फेरि उसको त्यही आवाज गुन्जिन मनमा, मैले तिम्रो मन हेरेर प्रेम गरेकी हु। रुप होइन।
                        इति!!!

मिलन चोक!

If you truly Love someone Distance, Age, height, cast, Money doesn't matter.

कुनै समय कुनै धनी या त कुनै काल्पनिक मान्छेले कुनै फिल्मका लागि कि त आफ्नो पुस्तक हिट बनाउन लेखेको डायलग होला पक्कै यो।
किनकी कालान्तरमा मिलन चोकमा टिकिरहन सक्ने को छ र यहाँ?

नारानिको सिरेटोले टुच्च छोएर जान्छ। ठिक उसै गरि जसरि हरेक भेटमा प्रेमिकाले आफ्नो ओठ्ले प्रेमिको निधार छोएर जान्छे। नारानी कुनै प्रेमिका भन्दा कम कहाँ छे र?

एउटा पातलो सुइटर छ, जस्ले हाड छाला छेक्छ।
यहाँ मायामा मान्छेले माया मात्र कहाँ देख्छ?

हिजो रात पनि सुत्न सकिन। निद्रा नलागेर हो वा निदाउन नचाहेर हो। मलाइ थाहा छैन।
धन्न केही कुरा त छ्न जो मेरो चाहना अनुरुप भैदिन्छ्न। अनिद्रा धन्यवाद छ तिमिलाइ।
चार महिना पछि हिजो उसको फेसबुकले रात भरि ग्रीन सिगनल देखाइ रहयो।
मनमा आशाका बिरुवाहरु बर्षातको हरियो दुबो जस्तै गरि मौलाउन लागे।
यस्तो लाग्यो कि हामी पुराना कुराहरु सबै भुलेर फेरि नया सुरुवात गर्ने छौ।
हाम्रो जिन्दगीको! हाम्रो प्रेमको सुरुवात।
म फेरि उसैगरी 'ए जुनकीरी भनेर बोलाउने छु' उसलाइ।
ऊ रिसाको इमोजी पठाउदै भन्ने छ - अ!भन! मुर्दार।
हामी फेरि ससाना झगडामा प्रेम खोज्ने छौ। स-सना पलहरुमा जिन्दगी जिउने छौ।
रातहरु छोटा हुने छन। फेरि यो मोबाइलसङ प्रेम हुनेछ मलाइ। आजकलको जस्तो रिसाएर बेला बेला फोनलाइ यता उता मिल्काउने छैन।
माया गरेर मुसार्दै राख्ने छु फोनलाइ मेरो छातिको बायाँ खल्तिमा।
मनमा फेरि नया उर्जा आयो। फेरि नया आशा पलायो।
तर मलाइ थाहा छ यो सब मेरो मिथ्याको काल्पना मात्र हो।
तर लाग्यो कल्पनामा बाच्नुको पनि आफ्नै मज्जा हुने रहेछ यार............
सत्य त यो हो कि कालान्तरमा मिलन चोकमा टिकिरहेने त को छ र यहाँ?
सबलाइ आफ्नै घर फर्किन हतार भएको छ।

मेरो बिर्सने बानी छ!

मेरो बिर्सने बानी छ।
जस्तो कि कसैका जन्मदिनहरु
कसैका एनिभर्स डे हरु
कसैका शुभ नामहरु
मेरो बिर्सने बानी छ।

कसैलाइ सम्झनु होस
वा कसैलाइ कल ब्याक गर्नु होस
म्यासेजको रिप्लाइ गर्नु होस
मेरो बिर्सने बानी छ।

तर
सक्दिन बिर्सन ती मान्छेहरुलाइ
जसलाइ बिर्सनै पर्ने छ।
यादहरु बाट, जिन्दगी बाट।

औलाहरु!

पहिलो भेटमा
हतारिदै हात मिलाउन आउने औलाहरु।
बिदाइमा हल्लिने औलाहरु
तिम्रो म्यासेजको रिप्लाइ दिन हतारिने औलाहरु।
यी हरेक औलाको आफ्नै कथा छ।

गितारको तारमा
सुलुत्त दौडिने औलाहरु
बासुरिको प्वाललाई
खोल्दै बन्द गर्ने औलाहरु
तिम्रा सुन्दर कोमल औलाहरु
मेरा कुरुप काठे औलाहरु

पृयसिको बदनमा दौडिने औलाहरु
मायालु अङालोमा बाधिने औलाहरु
एउटै बाटो हिड्दा ठोकिन आउने औलाहरु
तिम्रो केशमा अल्झिने मेरा औलाहरु

सुनको औँठी बोकेका तिम्रा औलाहरु
अदुश्य औँठी लगाएका मेरा औलाहरु
ढुङ्गा र ढोकाको कुनामा ठोकिने औलाहरु

मलाइ यी सबै औला मन पर्छ्न, सिवाय
अर्कौको लगनको औँठी बोकेका तिम्रा औलाहरु।

कबिता- बा!

जून जस्तै धपक्क बलेको
अनुहार छ बुवाको।
आँसु बगेर हो कि पसिनाले हो
गाला छेउमा परेका छ्न केही खोपिल्टाहरु।

मानौ सुर्य साहु हो।
चन्द्र्मा बुबा हुन
र म छोरो हु पृथ्वी।

गरिबिले च्यातिएका केही जोर लुगा छ्न शरिरमा।
जिन्दगीले दिएको गरुँगो टोपी छ शिरमा।

ग्रहण लाग्छ कैले काहि त्यो फरक कुरा हो।
नत्र मेरा वा'ले मलाइ कहिल्य अँध्यारो हुन दिएनन्।

बूढो प्रेम

मलाइ केटाकेटी जस्तो प्रेम गर्न आएन! आएन त के गर्नु अब- मैले बुढा बुढिले जस्तो प्रेम गर्न थाले।
परिपक्व वाला। अनुभवी प्रेम।
उसले बारम्बार भन्छे - तिमी त मलाइ माया नै गर्दैनौ।
म भन्छु - प्रेम गर्छु नि त।
आँखा ठुला पार्दै मलाइ सोध्छे उ- माया र प्रेम फरक कुरा हो र? यदि हो भने तिमी मलाइ प्रेम पनि गर्दैनौ।
ऊ केटाकेटी जस्तो जिद्दी छे- ऊ मलाइ केटाकेटी वाला प्रेम गर्छे। चन्चले प्रेम।

म भन्दा कान्छा/ कान्छी सबैको बिहे भैसक्यो गाउँमा, कतिले छोराछोरी जन्माइसके। ऊनिहरु आफ्ना केटाकेटीलाई केटाकेटी वाला प्रेम गर्छन।
केटाकेटीहरुलाइ एकछिन पनि एक्लै छोड्न हुदैन। सधै समाइ राख्नु पर्छ, डुलाइ राख्नु पर्छ। आफ्नै काखमा सुताउनु पर्छ। आफ्नै छातिमा उठाउनु पर्छ।
केटाकेटी वाला प्रेममा धेरै लगानी छ र म बेरोजगार छु।
केटाकेटी वाला प्रेम अलि बढी आशावादी प्रेम हो। भबिष्यको ठुलै आशा राखेर बर्तमानमा प्रेम गर्नु पर्छ।
एउटा टुप्पि पालेका मान्छेले मलाइ खुसुक्क कानमा आएर भनेका थिए - 'आशा हि परम् दुखम्।'
त्यसदिन देखि मलाइ केटाकेटी वाला प्रेम खासै मन पर्न छोडेको हो।

बुढाबुढी वाला प्रेम साह्रै सस्तो छ र पनि महङ्गो छ।
यस्तो प्रेम कोशौ टाढा बाट पनि गर्न मिल्छ 'आइ मीन लङ डिस्टेन्स रिलेशनशिप।' जस्तो।
एउटा भक्तले भगवानसङ गरेको प्रेम।
यस्तो प्रेम यो सङ्सारमा नभएकासङ पनि गर्न मिल्छ। जस्तो केही बर्ष पैले एउटा गाडि एक्सिडेन्टमा यो संसार त्यागेकि एउटा केटिलाइ कुनै प्रेमिले प्रेम बहुत गरेको जस्तो।
यस्तो प्रेममा केहि आसु र सम्झनाको लगानी हुन्छ तर बदलामा धेरै कुरा आउँछ।
बुढाबुढिवाला प्रेमले बर्तमानलाइ प्रेम गर्छ। हिजो के थियो? भोलिको के भरोसा?

ए! मेरि केटाकेटी वाला प्रेम गर्ने मान्छे- आउ हामी पनि एकपटक बुढाबुढी वाला प्रेम गरेर हेरौ।

Tuesday, March 26, 2019

बादल

कहि त छे होला ऊ
केही पैतला हिडेर, केही पहाड उक्लेर
केही मन उछिनेर
सायद पुगिन्छ होला उसको गाउँ।

घरै आगनमा पानी भर्दै पधेरिमा
नया बटुवा देखेर
अच्चमित हुँदै आखामा
केही त भाव नचाउछे होला उसले
केही मुस्कान त लजाउछे होला उसले।

कस्ले सिकायो होला उसलाइ
यती मीठो गरि लजाउन
कस्ले पो सिकायो होला उसलाइ
ठिक्क मिलेका आखामा
गाजल लगाउन
उसले त हिन्दी सिरिएल पनि हेरेकि छैन।

बादल गर्जेर आकाशमा
चिम्म आँखा कान बन्द गरेकि होला
केही डर केही हासो पक्कै ओठमा भरेकि होला।

मलाइ छोएर जाने हावाले
उसलाइ छोयो कि छोएन होला
मलाइ बिछ्ट्टै रुझाउने पानीले
उसको तन रुझायो कि रुझाएन।

धेरै बिति सक्यो समय
अझै मलाइ बाडुल्की आएन
कि घात गर्यो यो बाडुल्किले
कि त उसलाइ साच्चै मेरो याद आएन।

- पक्लिहवा २०७५/१२/१२

Saturday, March 2, 2019

एउटा भ्रमको अन्त्य!!

बाटोमा एक्लै हिड्दा प्राय: चिच्याएर गीत गाउने बानी छ। चिच्याउनु पनि यति धेरै कि मैले चिहान नजिकै चिच्याए भने गाइगोठका चराहरु आवाज सुनेर तर्सिन्छ्न।
चिच्याउनुको पनि आफ्नै मज्जा छ साहेव। चाहे त्यो रहर लागेर होस वा केही कुराको फ्रस्टेसन निकाल्न होस। स्वर त सुरिलो छैन र पनि कानमा इयरफोन लाएर गाउदा अरिजित सिंह भन्दा कम मिठो सुनिदैन मेरो स्वर।
यसरी नै हो मैले आफुलाइ राम्रो गाउछु भन्ने दर्जामा राखेको छु।
आफुलाइ भ्रममा राख्न सक्नु चुनौतिको कुरा रहेछ। अझ झन त्यस्तो बेलामा जब सत्यताको भनक पैले नै लागिसकेको हुन्छ।
'प्रेम पनि त एक भ्रम हो' वहाले यस्तै भन्नू हुन्छ।
अचेल म वहालाई प्रेम गर्न थालेको छु। सायद यो पनि भ्रम नै होला मेरो, भ्रम नै सहि- यो छोटो जिन्दगिमा भ्रमिक प्रेमले दिने खुसी म किन ब्यर्थ गुमाउ?

मेरो स्वरको इन्टेन्सिटी झन झन बढेको छ। मैले आज फोन बोकेर हिडेको छैन। आफ्नै सुरमा दिमागमा आएका विभिन्न हिन्दी गीतका केही केही टुक्काहरु जोड जोडले चिच्याएर गाउदै हिडेको छु।
बेला बेला आलाप लिन्छु जुन झन बेसुरा हुँदै गएका छ्न र पनि मैले लिन छोडेको छैन।
अब म एक छिन रोकिए - मेरो नाकलाइ एलर्जी भयो। केही मिटर पर तिन जना केटिहरु भैसिको नजिकै गएर फोटो खिचिरहेका छ्न।
' यो भन्दा पनि राम्रो भैंसी छ घरमा जति फोटो खिचे पनि हुन्छ , जाने हो? मैले भन्न मन छ तर भन्दिन।
तिनिहरुको शरीरबाट पर्फ्युमको बास्ना एकदम गनाइरहेछ। मलाइ यो बास्ना देखि एलर्जी छ। मैले नाक थुने। कदम अलि छिटो बढाए र अलि पर पुगे पछि तिनिहरुलाइ फर्केर हेर।
कालो ड्रेस लाउने केटिले टड्कारो आखाले हेरेकी रैछ, मलाइ लाज लाग्यो म छिटो छिटो हिडेर अलप भैदिए।

जिन्दगीमा कति अजिब भ्रमहरु हुन्छ्न। यदि जिन्दगी भ्रम नै हो भने, सायद म चिच्याएर गित गाउदै हिडेको पनि भ्रम पो हो ? मलाइ पर्फ्युम देखि एलर्जी हुनु, त्यो कालो ड्रेस लाउने केटिले टड्कारो आखाले हेर्नू, मैले तिमिलाई चिन्नु र प्रेम गर्नु- यी सबै सबै कुराहरु भ्रम हुन पनि त सक्छन।
सायद हामिले देखेको सपना पो हो कि हामिले बाचेको यो जिन्दगी?
कि त सायद हाम्रो जिन्दगी कसैले बनाएको फिल्म पो हो कि?
 
मान्छे किन  जन्मन्छ र जन्मे पछि फेरि किन मर्छ? यति ठूलो ब्रह्माण्डमा पृथ्वीमा मात्र किन छौ हामी?
वा हामिले जनावरलाई पाले जस्तै कसैले पालेको पो हो कि हामिलाइ?
यो आकास भन्दा पर के छ होला?
किन दिन उज्यालो र रात अँध्यारो हुन्छ होला?
त्यो अन्धकार पर के छ होला? - कुनै जीवन? शुन्यता कि त अरु नै केहि जस्को कल्पना हामिले अझै पनि गर्न सकेका छैनौ?
यो ब्रह्माण्ड, यो पृथ्वी, हो हावा यो पानि। तिमि, म यो शरीर यो प्रेम - सबै भ्रम पो हो कि? कुनै मिठो सपना।
जिउ सिरिङ हुन्छ सम्झदा पनि। कस्तो आश्चर्य।

आज ५६ घण्टा जति भैसक्यो।
वहाँको मौन ब्रतमा हुनु हुन्छ। धर्तिले पनि त झरी पाउन असार कुरेको छ।
प्रेम गर्छु भनेको दिनबाट धेरै कुरा फेरिदै जान्छ्न।
जस्तो कि बोलिरहन पर्ने। भेटिरहन पर्ने। रिसाइ रहनु पर्ने, फकाइ रहनु पर्ने। त्यो अघि पनि त हामी नजिक हुन्छौ। बोलेका हुन्छौ। हासेका हुन्छौ। ठूलो कुरा त हामी खुसी हुन्छौ।
एउटा बाक्यले जिन्दगी उथल पुथल कसरी गर्न सक्छ?
सायद यो पनि त मेरो भ्रम हुन सक्छ।
वहाले भन्नू भएको थियो प्रेम भ्रम हो भनेर। म पनि यहि भ्रम पालेर बसेको छु मैले वहालाई प्रेम गरेको छु।

२०७५/११/१८

Friday, March 1, 2019

शुन्य

कतै दुर बसेर कोइलिले गीत गाए जस्तो।
जस्तो कि रातले जूनसङ पिरती लाए जस्तो।

फकाउन जान्दिन म र पनि फकाए जस्तो।
रिसाउन्न भन्दा भन्दै पनि तिमी रिसाए जस्तो।

सितल हावाले छातिमा बोकि याद तिम्रो ल्याए जस्तो
मानौ रातले जूनसङ पिरती लाए जस्तो।

कोहि कहि कतै त छ ऊ
हो त्यही मान्छे फर्केर आए जस्तो।

धेरै भैसक्यो तिमिले पनि बिर्सिएको मलाइ
बस यत्ती कुरा मैले सझाए जस्तो।

पिरती भन्न पनि आखिर के नै हो र साथी
मान्छे आउदैन फर्केर बस याद मात्र आए जस्तो।

२०७५/११/१७

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...