Wednesday, July 17, 2019

ऊ!!!!


मलाइ थाहा छ।
उ मेरो सबै थोक छ।
मेरो हासोमा हासो थपिदिने मान्छे।
मेरो दुखमा सम्हाली दिने मान्छे।

मेरा आँसु पुछी दिने मान्छे।
मेरो जीवन रङाइदिने मान्छे।

तर कैले काहीँ भयानक डर लाग्छ उसलाइ देखेर पनि
किनकी मलाइ थाहा छ।

उ मेरो सब थोक हो।
तर त्यही एकथोक होइन जुन मैले होस भनेर चाहेको थिए।

कैले काहीँ मन चसक्क पार्न।
जहिले 'तँ ' भनेर बोल्ने मान्छे
'के छ त तिम्रो खबर' भनेर सोध्छे।

मानौ, सधै आएर अङालोमा बाधिने मान्छेले टाढैबाट नमस्ते गरे जस्तो।
           - कृष्णप्रसाद अर्याल

No comments:

Post a Comment

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...