Thursday, October 18, 2018

कबिता

लाहुर
उसको नाम रामकृपाल रे!
सुर्खेतबाट गाडिमा जादा भेटेको उसलाइ।
पातलो थियो उसको शरीर
सायद गरिबिले रगत चुसेको होला!
उसको पातलो शरिरमा थियो
काखि देखि तलसम्म च्यातिएको एउटा रातो सर्ट
मैले झन्डा सम्झिए मेरो देशको - रातो झन्डा
एउटा मैलो, थोत्रो झोला
काखि च्यापेको थियो उसले
सायद यो दशैलाइ खुसी बोकेर ल्याएको होला।
उसको नाम- रामकृपाल
उमेर - १९ वर्ष
घर - जाजरकोटको खोइ कुन ठाउँ भनेको थियो बिर्सिए।
बिबाहित उ
पढाइ - ७ क्लास सम्म पढेको।
उ तीन महिना अघि लाहुर गएको रे
धन कमाउनलाइ, दशै मनाउनलाइ
भन्थ्यो नेपालगन्जबाट घरका सबैलाइ कपडा किनेर ल्याएको छु।
यो दशैमा सबले नया लुगा लाउने अब।
उसले किन्यो होला सायद रातो साडी
आफ्नी श्रीमतिको लागि
बरु, केहि किन्यो किनेन उसले आफ्नो लागि?
साह्रै पढ्न थियो दाइ
घरमा वा आमालाइ हेर्ने कोहि नभएर बिहे गरेको
ऐले परिवार पाल्न इन्डिया गएर पैसा कमाउछु
उसले भावुक भएर भनेको थियो।
श्रीमतिको उमेर १७ वर्ष।
यो उमेरमा कतिपय केटाकेटीले आफुलाइ धान्न सक्दैनन
उसले ५ जनाको परिवार धानेकी छ।
उसले मख्ख पर्दै भनेको थियो
लब म्यारिज गरेको दाइ
मलाइ रामरी थाहा छ- उसको 'लव' शब्दको अर्थ के हो भनेर
उसले स्याउका भारी बोकेर
घासका भारी काटेर
यो दशै तिहार मनाउने पैसा ल्याएर आएको छ।
दशैमा एकछाक मासु खाने छ
तिहारमा दिदी बैनिलाइ दक्षिणा दिने छ
रोगी वा'लाई केही ट्याबलेट किन्ने छ।
अनि
तिहारको अर्को दिन
उ फेरि लाहुर हिड्ने छ।
फेरि उचाल्ने छ स्याउका भारी
अनि उचाल्ने छ जिम्मेवारीको भारी
उसलाई घासको भारिले भन्दा धेरै
जिम्मेवारीको भारिले थिचेको छ।
उ प्याज काटदा बरु कहिले रुदैन!
हरेक रात उ घर सम्झेर रुन्छ।
बरु हरेक दशै तिहारमा
रामकृपाल आफ्नो गाउँ फर्कन्छ।
तर हाम्रो आशा किनेर काठमाडौ गएका नेताले
कहिल्य आफ्नो गाउँ फर्कन जानेन।
                    - दैलेख
(यो कबिता होइन, यो बास्तबिकता हो। जून हरेक  मान्छेले बोकेको छ, कुनै दिन नेपालगन्ज देखि कर्णाली, भेरी तिरका ठाउँमा गाडिमा जादा कुनै उज्यालो अनुहारलाई सोधेर हेर्नू। यो कथा हरेक नेपालिको हो केबल ती मान्छेको होइन जसले समृद्धि दिने नाउमा हाम्रा सपनाहरु किनेका छ्न।)

Wednesday, October 10, 2018

कबिता

हराएको घर
छोडेर ह्वाङै कोठाको ढोका
तिमी त खबरै नगरि गएछौ।
म सिधै भित्र छिरे, कोठा खाली रहेछ।
लाग्यो यो मन पनि खाली छ।
फेरि छ्तमा उक्लिएर हेरे
पहेलो घर झनै खाली थियो।
मनमा यसै यसै नरमाइलो लाग्यो।
आज आउदैनन कोहि पुराना मान्छेहरु
वाइफाइको पासवोर्ड माग्नलाइ।
अनि म सुतिरहेको खाटमा टुसुक्क वसेर
मलाइ कसैले सोध्ने छैन
'ओइ घर कैले जाने हो' भनेर पनि।
केही खिल्ली चुरोटहरु जल्ने छैनन
बरु जल्ने छ्न केही मनहरु ।
प्रत्येक मिनेटमा ढोका ढकढ्क्याउन कोहि आउदैन आज त।
ढोका ढ्कढक्याउने हातहरु खोइ कहाँ सम्म पो पुगे होलान?
आज
केही थान अनुहारहरु हराएछ्न।
केही थान मुस्कानहरु हराएछ्न।
धेरै याद छोडेर।
ऐले नमज्जा लागि रहेछ मलाइ।
बेडिङका सामान।
किचेनका समान।
कपडा, किताब सव सव हराछ्न कोठाबाट।
कहिले सफा नगर्ने कोठा पनि
आज त उज्यालो भएछ- सायद कोठालाइ पनि दशै आएछ।
सचिबको इयर्फोन हराएछ।
ब्रहमाको आइफोन हराएछ।
सङमको ल्याबटप पनि भेटिन आज त।
सन्दिपको त अनुहारै हराएछ।
मलाइ अब एक पल पनि बस्न मन छैन यहाँ।
आज हामि वस्ने घर
एकदम एक्लो भएको छ
साह्रै सुनसान भएको छ।

Monday, October 8, 2018

कबिता

नचिनेकी बटुवा
कुन शहर होला?
कुन गाउँ होला?
कुन बाटो हिडेर कुन नदि तरेर
तिमी कुन आगनमा टेक्छौ होला?
मैले तिमिलाइ देखे जस्तै आज
तिमिले खोइ कस्लाइ पो देख्छौ होला?
सपनिहरुमा! आखाहरुमा।
गाजलको साटोमा खोइ को पो आउँछ होला
यसै यसै काउकुती लगाउन तिमिलाइ?
कहाँ पुगेर रोकिन्छ होला, तिमी चढेको गाडी
कहाँ पुगेर रोकिन्छ होला मेरो यो कबिता
कुन बस स्टेसनमा झरेर
कुन गल्लीहरु तरेर, पुग्छौ होला तिमी आफ्नो घर।
ए! नचिनेकी बटुवा
हिड्न लागेको गाडिको झ्यालबाट
त्यसरी टाउको निकालेर
तिमी नमुस्कुराइदिनु पर्ने!!!!!!

Tuesday, October 2, 2018

कबिता

अपबाद
उहिले जवानिमा थिए।
भर्खर IAAS छिरेको।
कालो चस्मा थियो आखामा
झोला छट्के भिरेको।
त्यहि दिन त हो
उसङको पहिलो भेट
कलेजको ठूलो गेट
आँखा गाजलु
मुस्कान लजालु
घुम्रेको कर्ली थियो कपाल
पहिलो नजरमै भयो प्यार
अनि मेरो हाल बेहाल।
पर पुगेर मुसुक्क हासेर
फर्केर थिइ हेरेकि उसले
म घायल भएर
त्यहि छेउमै उभिएर हेरिरहे
उ सानी सानी हुँदै गइ
उ पर पर टाढिदै गइ।
अनि हराएर गइ - बाटोको मोडबाट।
अर्को दिन फेरि देखे उसलाई
क्लास रुममा, पहिलो बेन्च।
आँखा ठुला, काला मृग झै।
बायो केमिस्ट्रीको क्लास
खोइ! के के रियाक्सन भए म भित्र?
सधै सधै उहीँ चाउचाउ कपाल बोकेर
मन्दिर वरिपरि, कलेज भरी
बाटो भरी, क्लास भरी, आँखा भरि,
यो मन भरि
कहाँ कहाँ देखिइन र उ?
तर हरेक भेटमा
उ कलि कम राम्री, अलि कम सुन्दर हुँदै गइ।
खोइ के कारण थियो, केही भ्रम भयो कि?
एक दिन
इकोनोमिक्सको क्लासमा
म्यामले Law of Diminishing marginal utility पढाउनु भयो।

Saturday, September 29, 2018

कबिता

आलु
लेयज
आलु चिप्स
नाम सुनेरै मुख रसाउछ।
आलुको समोसा
आलु चप्स।
वहाँ! जिब्रो भरि पानी आउँछ।
देउराली
आलु पराठा र चिया
आलु चनाको तरकारि
आहा! कती मीठो
आलु बहुउपयोगी छ।
उलाइ पनि मन पर्छ।
मलाइ पनि मन पर्छ।
जता पनि फिट। जता पनि हिट।
आलु सवलाइ मन पर्छ।
आलुमा कार्बोहाइड्रेड छ।
शक्तिशाली।
आलुले बलियो बनाउछ।
आलुले हास्न सिकाउछ।
आजकल
सबैको फोनमा देख्छु।
आलुको फोन आइरहन्छ।
आलु हानिकारक पनि छ।
आलुले मुटु दुखाउछ।
आलुमा करिब ८०% पानी हुन्छ।
आलुले आखामा आँसु बढाइदिन्छ।

Friday, September 28, 2018

कबिता

रहर
सजिलो थिएन आउनलाइ
केही थोपा आँसु, केही ओठ हासो
केही पाना अक्षर साहुलाइ बुझाएर
बदलामा मात्र एउटा सपना बोकेर आएको हु।
केही भारी बा आमाका आशिर्वाद बोकेर
सानी छोरिको केहि मुस्कान बोकेर
सानिकि आमाका केही भारी आँखा बोकेर
केही, साथी भाइका न्यास्रा अनुहार देखेर
म मात्र एउटा झोला बोकेर आएको हु।
यहाँ ठुला घरहरु छ्न।
चिल्ला मोटरहरु छ्न।
खाने मिठा परिकारहरु छ्न।
ठुला अस्पताल पनि छ्न।
सङै छ्न
दुई पाउ पैतलाहरु
केही आफ्ना अधुरा सपनाहरु
कहिले नभरिने रित्ता गोजिहरु
एउटा भोको पेट पनि छ क्यारे
केही रित्ता हातहरु रहेछ्न।
मलाइ रहर त पक्कै थिएन होला
यो शहरको
बरु थियो रहर आफ्नै घरको।
एउटा हात आफुले समाएर
भर्खर हिड्न थालेकि छोरिलाइ हिड्न सिकाउ।
उ थाक्दा आफ्नै काधमा राखेर गाउँ डुलाउ।
भर्खर उम्रदै गरेका उसका साना दातले
जाउलो ख्वाउदै गर्दा उसलाइ आफ्ना बुढा औलाहरु पनि टोकाउ।
रहर त मेरो पनि थियो होला?
उसलाइ ताते ताते भन्दै बोल्न सिकाउ।
उ लुकोस कतै म उसलाइ खोज्न जाउ।
उ रोइदेओस अनि म फकाउन जाउ।
सधै बजारबाट उसलाइ नया नया कपडा र खेलौना ल्याउ।
सङै वसेर बुढि आमाको दुधको गुण तिरौ।
बुढा बा को कम्जोर ढाडमा जैले मालिस गरिदिउ।
आमाका गाली सुनिरहौ।
बा को गर्जनमा डराइ रहु।
रहर त मलाइ पनि थियो होला?
यहाँ बा ले भन्दा पनि धेरै समयले डरायो।
आमाले भन्दा पनि धेरै साहुले करायो।
कैले घरबाट खुसी हरायो
कैले सुख हरायो, अनि हरायो गैरी खेत पनि ।
मलाइ जैले सताइरह्यो सपनाले पनि
मलाइ पिरोलि रह्यो पृयका आशुले पनि।
त्यसैले त म आएको हु यहाँ
केही सपना बोकेको छु
केही रहर पनि बोकेको छु।
केही पसिना बोकेको छु।
थोरै जवानी बोकेको छु।
छोरी
आज तिम्रो पहिलो जन्मदिन
तिमिलाइ संसारकै सुन्दर उपहार किनेर राखेको छु।
           २०७५-०६-११

Tuesday, September 25, 2018

कबिता

दुखाइ
हेर न मन दुखाइदिने मान्छे
यो मन नदुखेको त बर्षौ पुगेछ।
मन नदुख्दा त मलाइ
खोइ के के पो हुन्छ, मुटु नचलेको हो कि?
ऐठन परेको होकि, सासै पो रोकियो कि?
खोइ कस्तो न हुन्छ।
बेला बेलामा तिमी औशी पुर्णे पारेर
एकै छिन भए पनि समय निकालेर
यसै गरि मन दुखाउन आइदिनु मेरोमा।
दुखाइदिने मान्छेको अभावमा
आजकल यो मन पनि कठोर बन्न थालेछ।

पहिले त हामि नजिकै थियौ
भेट्दा खेरी पनि मन दुखाइ दिन्थ्यौ
छुट्टीएर जादा झन दुखाइ दिन्थ्यौ।
मैले तिमिलाइ मिस गरेकी छु भन्दाको पल
तिमिलाइ कती धेरै भेटन मन लागेको छ भन्दाको पल।
तिमिले त मलाई सम्झिनौ आजकल भन्दाको पल
कास तिमी ऐले म सङै हुन्थ्यौ भन्दाको पल।
तिमिलाइ के थाहा ?
मेरो मन कति धेरै दुख्थ्यो।
ऐले त टाढा छौ नि तिमी
भेट्न सम्भव न होला अब त
इन्स्टामा आफ्नो श्रीमान सङको फोटो हालेर भए पनि।
अथवा एक कल फोन, एउटा म्यासेज गरेर भए पनि!
यो मन दुखाइ दिनु ल!
मलाई तिमीले दुखाएको मन परिरहन्छ।
मलाइ तिम्रो दुखाइको लत भैसक्यो अब।

23-Sept. 2018

Saturday, September 22, 2018

एक्लो यात्रा

#आज
-ओहो! बाबु दारि सारी पालेर हँ ?( एक अन्कल)
- भान्जा कति लामो दारी पालेको?(माइजू)
- यसलाइ दारी पाल्न के ठिक लाग्ने रैछ खै?( बज्यै)
- अ बे तेरो त कपाल भन्दा पनि लामो दारि छ त? हा हा(दाइ)
- बाबू यस्तै दारी पाल्नु भयो भने कोहि केटिले हेर्दैनन है भन्ध्या छु।( भाउजू)

गोरुसिङेमा खाना नखाने निधो गरे पछि एउटा डिउ मगाएर पिउन थाले।
मलाइ अब भोकसङ जित्छु जस्तो लाग्न थाल्यो। तर मनमा कता कता अझै भय थियो। त्यसैले दुइटा डिउ खाइदिए।
अब त मेरो जित पक्का थियो।

-दिदी अम्लेट बनाइदिनुन?
हेर्दै बहिनी जस्ति देखिने दिदिले कराइमा हात चलाउदै भनिन- एउटा अन्डाको त बन्दैन भाइ,
२ वटाको भन बनाइदिन्छु।
मैले हास्दै जवाफ दिए- दिदी आजकल मान्छेलाइ जोडि पाउन गार्हो छ तपाईं अन्डाको जोडि बनाउन लाग्नु भयो?
मेरो कुरा सुनेर नजिकै बसेकी एउटि केटि म तिर हेर्दै मुसुक्क हासि।

म गाडिमा चढे।
मैले आँखा चिम्म गरे अँध्यारो देखे। मैले अँध्यारो देखेर आँखा चिम्म गरे।

एउटा अँध्यारो जङ्गल आयो। एउटा जङ्गल पछि अध्यारो आयो। केही यात्रीहरु झरे। अघि देखि मेरो छेउको सिटमा पसिना गन्हाइ रहेको एउटा टिसर्ट पनि झर्यो। म झ्याल तिरको सिटमा सरे।
एउटा हावाको झोक्का मेरो नाकमा ठोकिएर गयो।

फेसबुकमा ३ ओटा म्यासेज रहेछन।
१. दाइ कता पुग्नु भयो?
२. दाइ कहाँ नजिक पुग्नु भयो? खाना खानु भयो कि नाइ?
३. तिम्रो खुट्टा ठिकै त छ नि? खाना खायौ?
मैले अलि तल हेरे तिम्रो नामसङै हरियो लाइट बलिरहेको थियो।

त्यो पसिनाले भिजेको टिसर्ट झरे पछि। कोहि पछाडिबाट आयो। मेरो छेउको खाली सिटमा बस्यो। मैले हेर्ने कष्ट गरिन। म एकोहोरो मेरो भबिष्य नियाल्दै थिए झ्यालबाट बाहिर मैले देखे- केहि म जस्तै सुकेका रुखहरु र निष्पट अँध्यारो।

मेरो ध्यानलाई भङ गर्ने चेष्टा गर्दै एउटा आवाज आयो- लेज। खानु हुन्छ?
मैले झ्यालबाट मुन्टो भित्र ताने।
त्यो आवाज अघि खाना खाने ठाउमा हास्ने वाला केटिको रहेछ।
मैले २/४ वटा लेजका कप्टेरा झिकेर खाइदिए।
ड्राइभरले लाइट बाल्यो। फेरि निभायो।
फेरि बाल्यो, बालिरहयो। खै कुन प्यासेन्जरको मोबाइल खसेको रैछ।

'तपाईं पनि दार्ही ग्याङको मेम्बर हो कि क्या?'
उसले हास्दै सोधी।
मैले समर्थनमा मुन्टो हल्लाए!
ड्राइभरले बत्ती फेरि निभायो-मुलाङ काइभर।

-तपाइको नाम के हो?
- अनि घर कता नि?
-पढ्नु हुन्छ कि जागिरे हो?
- ऐले कता हिड्नु भएको?
उसले मोबाइल ह्याङ हुने गरि कोइसन सोधी।
म निदाए छु।
मलाइ सपनामा ऐठन पर्यो।
कोहि टाढाबाट कराएको आवाज आयो-                  कोहलपुर! कोहलपुर!
मैले आँखा खोले। सङै फेसबुक पनि खोले। २ बजेर १६ मिनेट गएको रहेछ। तिम्रो नामसङैको हरियो बत्ती खै कति बेला हराएछ। तिम्रो प्रोफाइल खोलेर हेरे तस्बिर हासिरहेकै थियो। लाग्छ त्यसले कैले हास्ने बिर्सने छैन।

गाडिमा एउटा गीत बज्दै थियो" टाढा टाढा जानू छ साथी एकफेर हासिदेउ"
झर्ने बेला मैले त्यो छेउको सिटलाइ हेरे। उसले हासेर मलाइ हेरि। उसले मलाइ हेरेर हासी।

म बाहिर निस्केर घर जाने बाटो छोपे। झ्यालबाट टाउको निकालेर छेउको सिटबाट कोहि करायो
- तपाईंको दारी दामि छ। मिस्टर दाह्री म्यान।
आवाजसङै सुन्दरसुदुरपश्चिम लेखेको गाडि गायब भयो।
मेरो सिटमा सायद अर्को कोहि आयो होला।

सडकमा झोला फालेर मैले फेसबुकमा हाम्रो कन्भर्सेसन हेरे।
अन्तिम म्यासेज 'हस' भन्ने रैछ, अर्को साइडमा लेखिएको थियो "आफ्नो ख्याल गर्नु" ।

#भोलि
घरमा अब फेरि त्यही डाइलगहरु दोहोरिने छ्न।
अब मैले उसले भनेका मेरा राम्रा दारीहरु काट्नै पर्ने हुन्छ।
18-July-207

कबिता - कालो प्रेम

रुक अपृय,
भातले ऐले हाम्रो मिलन हुन दिदैन।
मैले केही लेख्न नपाउदैन।
भान्साको कुकरमा सिटि लाग्छ।
दौडेर जान नपाउदै त्यो आफै बन्द हुन्छ।
पैले मलाइ भात पकाउन देउ।
ऐले
भात जल्यो भने कालो हुन्छ।
प्राय मान्छेलाइ कालो मन पर्दैन।
चाहे त्यो डढेको भात होस कि नडढेको काले अनुहार।
मैले कैले काहीँ जिस्केर काली भनिदिदा तिमि कति! मुर्मुरिन्छौ।
तर पनि नेलपोलिसले नङ कालै पारेर हिड्छौ।
सायद त्यो कालो प्रतिको माया होला।
रुक पृय!
मलाइ तरकारी पकाउन देउ।
ऐले तरकारी डढ्यो भने कालो हुन्छ।
मान्छेलाइ कालो तरकारी मन पर्दैन।
मान्छेलाइ कालो मान्छे मन पर्दौन।
आज म
मेरो कालो अनुहार बोकेर
तिमिलाइ कालो प्रेम गर्न आएको छु।
भन मेरि गोरि अपृय
के तिमी मलाइ कालो प्रेम गर्न सक्छ्यौ?
21-dec-2017

उ सङको लुम्बिनी यात्रा।

म अन्तिम सिट तिर छु।
गुरुले गीत बजाउछ, एक चेहेरे से मुझे प्यार हो गया- त्यो तिम्रै चेहेरा थियो।
सायद त्यो तिमी नै थियौ, जस्लाइ म हरेक रोम्यान्टिक गीतका रिलिक्सहरुमा खोज्थे।
सायद तिमी नै थियौ त्यो जसलाइ मैले हरेक मुभी हेर्दै गर्दा मेरै छेउमा खोज्थे।
सायद त्यो तिमी नै थियौ- जसलाइ नचाहेर पनि चाहिँ नै रहे।
त्यो तिमी थियौ जसको एउटा हात समाएर मैले जिन्दगीका हरेक यात्रामा हिड्न खोजेको थिए।
त्यो तिमी नै थियौ सायद जसको काधमा सुख दुख सबै भुलेर मैले निदाउन चाहेको थिए।
सायद।। सायद ।।। त्यो तिमि नै थियौ।
तर भनिन्छ नि चाहनु र पाउनु बिचमा केही माइल, केही इन्च , केही घन्टा , केही समयको फासला छ।
हो त्यो दुरि त्यो फसाला कटेर न म नै अगाडि आउन सके। न त तिमी।
दुरिले यती ठूलो हुरि ल्यायो कि - तिमीलाई र मलाइ यो पृथ्विका दुई बिपरित धुर्बमा पुर्याइदियो।
ऐले म एकदमै चिसो भएको छु।
त्यसपछी तिमि मेरो तिमी रहेनौ।
म तिम्रो  म रहिन।
हो केटि समय सार्है बलवान् छ।
कम्जोर तिमी रहेछौ ।म रहेछु। हामि रहेछौ।
हामिलाइ कैले बलवान् हुन आएन। हामिलाइ कैले खुसि हुन आएन।
हामी सायद खोलाका किनार हौ। जो बर्खामा भरिन्छ हिउदमा सुक्छ।
फेरि बर्खाले भर्ला नि भन्ने आशामा।
-लुम्बिनी,
ह्वाइट गुम्बा भरी भिड छ मान्छेहरुको।
जताततै कोलाहल, चिच्याहट, क्यामेराको आवाज
तर त्यो केही छिनको लागि मात्र।
मान्छेलाइ सबै भन्दा प्यारो त आफ्नै घर हुन्छ। त्यो ह्वाइट गुम्बा ऐले क्या एक्लो भयो होला
म पनि घर फर्किसके। मेरो घर कति खुसी छ किनकि बिहान छोडेका बचेरा साझ सम्झिएर फर्केका छ्न तर ह्वाइट गुम्बामा मान्छे अक्सर कैले फर्किदैनन।
म चहान्छु हाम्रो सम्बन्ध ह्वाइट गुम्बा जस्तै नबनोस।
केबल देखावटी मात्र। त्यो घरको के काम जहाँ परिवार बस्दैन?
म चहान्छु हामी बरु घर जस्तै बनौ।
कि सम्झेर बचेरा साझमा फर्कि आउन।
गाडी मान्छेले भरिएको छ। कोचाकोच होइन तर त्यति खाली पनि छैन।
म पछिल्लो सिट तिर कहि गएर बसे। तिम्रो नजिकै कतै।
तिमिले चाल पाइनौ। एउटा म भन्दा पनि लुरे खलासी उर्फ खले ब्रो तिमि छेउमै आयो भाडा माग्दै। चेन्ज सकिएछ।
मैले भने 'म दिन्छु हुदैन'? तिमी फर्कियौ म पछाडी थिए।
खले दाइ गयो। तिमी पनि झ्यालमा टाउको अड्याएर झ्याप भयौ।
हावाले तिम्रो कपाल उडाइ रह्यो। तिम्रो कपालले मेरो मन उडाइ रह्यो।
यु।सि।एम।एसमा गाडी रोक्दा म बिउझिए। तिमी पैल्यै कतै झरिसके छौ।
यात्राको नमज्जा यहि नीर लाग्छ मलाइ।
मन परेकाहरु खबरै नगरी कहि बिच बाटोमै झरिदिन्छ्न।
-चिया
चिया एउटा बिमारी हो।
एउटा लत। जसको कुनै उपचार छैन। देउराली हाम्रो अड्डा हो- च्याड्डा।
साझ प्राय चिया पिउनै पर्छ।
म खासै पानी पिउदिन। शरीरमा पानीको पुर्ती चियाले नै गर्छ होला सायद मलाइ कैले तिर्खा लाग्दैन।
चिया जस्तै अब मलाइ तिम्रो बानी पनि लाग्ला जस्तो छ।
म एकचोटि बानी परिसके पछि सजिलै छुटाउन सक्दिन।
चियाको कप त बरु रितिए पछि टेवलमै छोडिन्छ।
तिमी चियाको कप होइनौ।
तिमी प्रेमको सिल्ड हौ। जसलाइ पाउन जो कोहि चाहन्छ।
तर म प्रेमको कम्जोर खेलाडी हु। म तिमिलाइ अरुले जितेको हेर्न चाहन्न र सायद आफुले जित्न पनि सक्दिन होला।
तसर्थ। अब यो समय तिमिलाइ बिदाइ गर्ने हो।
तर बिदा हुनु पुर्ब एक कप चिया खाएर जाउ।
       27-Nov-2017

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...