Wednesday, January 16, 2019

कबिता - जिन्दगी र घर

एउटा हातमा कमण्डल
र अर्को हातमा त्रिशुल बोकेर
म जिन्दगी खोज्न हिडेको मान्छे।

आज
हजारौ पैतलाको यात्रा पछि
बुझ्न थालेको छु।
मैले जिन्दगी त त्यही छोडेर हिडेछु
जहाँ मेरो अनुहार पढिदिने
मेरि अनपढ आमा थिइन।
मेरो हौसला बनिदिने
मेरो बलिया बा थिए।
सङै बसेर चिया पिइदिने मेरा सङगती थिए।

जहाँ दुख थियो।
संघर्ष थियो।
र पनि आफ्नो भन्ने कोहि थियो।
जहाँ मेरो परिवार थियो
त्यहि मेरो संसार थियो।

म जिन्दगी बुझ्न यती टाढा पुगेछु।
मेरो जिन्दगी त्यही थियो
जहा मेरो घर थियो।
२०७५/१०/०२

4 comments:

  1. aba Jindagi vetna ghar janxau ki
    ghar vetna Jindagi farkanxau
    WA
    ghar ani jindagilaai Nimantranaa
    pathauxau?
    Dherai ramro xa!

    ReplyDelete

सपना

 एउटा फूल फुलेको छ अग्लो पर्खाल भित्रको फराकिलो घरको फराकिलो बगैंचामा एक झल्को  हेर्न मात्र भए पनि बनाउनु छ एउटा धरहरा  त्यो पर्खाल भन्दा अग...