Saturday, November 3, 2018

कबिता

मरेर जानेहरु
कहा जान्छ्न होला
यी मरेर जानेहरु?
कुन दुनिया छ त्यस्तो
जो सुन्दर छ यो जिन्दगी भन्दा पनि।
कुन संसार हो कुन्नी
जहाँ गए पछि कोहि फर्कदैन कहिल्य।
आफन्तका चीत्कार भन्दा पनि गह्रौ
के हुदो हो त्यहा?
पृयसिको सिउदो भन्दा पनि रङिन
कुन चिज होला त्यहा?
कुन साहसले होला
यसरि सजिलै तोडेर जान्छ्न
सातै जुनि सङै जिउला भन्ने बाचा कसम पनि।
के मोह छ होला त्यहा
जिन्दगी भन्दा पनि ठुलो
कुन सङित हो त्यस्तो
कुन सुर, कुन तालले होला?
सजिलै भुलाइदिन्छ
मुटुले धडकदा निकाल्ने मधुर गीतको भाका।
हामिले बुढेसकाल सम्ममा
- खिचिने सेल्फिहरु
- गाइने गीतहरु
- हासिने हासोहरु
- गरिने झगडाहरु
- जिउने यो जिन्दगी
सब सव अधुरा रहने भए अब त।
ए मरेर जाने मान्छे
जसरि छोडेका थियौ यो जिन्दगी
त्यसरी नै छोडेर त्यो दुनिया पनि
एक पटक त फर्केर आइदेउ तिमी
तिमी बिना यो जिन्दगी
मलाइ ले नै एक्लो लाग्न थालिसकेको छ।
                 -दैलेख।

कबिता

जून लागेको रात
आज जून लागेको छ।
आकाश उज्यालो छ।
तिम्रो सिउदो त झन धेरै चम्किएको होला?

अध्यारोमा बसेर
तिमिलाइ सम्झेर।
खोइ के के पो लेखिरहेको छु।
आज तिम्रो बिहेको पहिलो रात
तिमी र तिम्रो श्रीमान सङै बसेर
मोतिको उज्यालो कोठा भित्र
सायद ऐले आफ्नो सुन्दर भबिष्य लेख्दै हौला।

                          -दैलेख

कबिता

रुखको कथा
अब त जोडिन मनै छैन मलाइ
जोडिदा के के हुन्छ मलाइ थाहा छैन र ?
पोहोर सालमात्र
मलाई पलङ बनाइदिन्छु भनेर
मेरो जिन्दगी सिध्याएथ्यो एउटा मान्छेले।
हाम्रो आकार मिलेन भनेर
मेरो हागा नै काटिदियो
कट! कट! कट! कट!
मलाई कति असह्य दुखेथ्यो।
फेरि खोइ के मिलेन भनेर हो
मलाई दुई टुक्रा पारिदियो पापिले।
ऐले,
मेरो आधा मुट पलङको एउटा भागमा छ।
अर्को आधा मुटु पलङको अर्कै तिर छ।
तिमी सङ्लो मुटु भएको मान्छे
आएर थिचिदिन्छौ मेरो आधा मुटु पनि
मलाइ कति धेरै दुख्छ तिमिलाई के थाहा।
धारिलो सम्बन्धको आरिमा रेटिनु पर्छ।
ठुला वचनको हतौडाले
आफ्नै मनमा गाड्नु पर्छ फलामे काटी
र तिमी रुन पनि पाउदैनौ।
अब त मलाइ जोडिन मनै छैन।
मलाइ थाहा छैन र
जोडिन के के सहनु पर्छ भनेर।

कबिता

रहर
सजिलो थिएन आउनलाइ
केही थोपा आँसु, केही ओठ हासो
केही पाना अक्षर साहुलाइ बुझाएर
बदलामा मात्र एउटा सपना बोकेर आएको हु।
केही भारी बा आमाका आशिर्वाद बोकेर
सानी छोरिको केहि मुस्कान बोकेर
सानिकि आमाका केही भारी आँखा बोकेर
केही, साथी भाइका न्यास्रा अनुहार देखेर
म मात्र एउटा झोला बोकेर आएको हु।
यहाँ ठुला घरहरु छ्न।
चिल्ला मोटरहरु छ्न।
खाने मिठा परिकारहरु छ्न।
ठुला अस्पताल पनि छ्न।
सङै छ्न
दुई पाउ पैतलाहरु
केही आफ्ना अधुरा सपनाहरु
कहिले नभरिने रित्ता गोजिहरु
एउटा भोको पेट पनि छ क्यारे
केही रित्ता हातहरु रहेछ्न।
मलाइ रहर त पक्कै थिएन होला
यो शहरको
बरु थियो रहर आफ्नै घरको।
एउटा हात आफुले समाएर
भर्खर हिड्न थालेकि छोरिलाइ हिड्न सिकाउ।
उ थाक्दा आफ्नै काधमा राखेर गाउँ डुलाउ।
भर्खर उम्रदै गरेका उसका साना दातले
जाउलो ख्वाउदै गर्दा उसलाइ आफ्ना बुढा औलाहरु पनि टोकाउ।
रहर त मेरो पनि थियो होला?
उसलाइ ताते ताते भन्दै बोल्न सिकाउ।
उ लुकोस कतै म उसलाइ खोज्न जाउ।
उ रोइदेओस अनि म फकाउन जाउ।
सधै बजारबाट उसलाइ नया नया कपडा र खेलौना ल्याउ।
सङै वसेर बुढि आमाको दुधको गुण तिरौ।
बुढा बा को कम्जोर ढाडमा जैले मालिस गरिदिउ।
आमाका गाली सुनिरहौ।
बा को गर्जनमा डराइ रहु।
रहर त मलाइ पनि थियो होला?
यहाँ बा ले भन्दा पनि धेरै समयले डरायो।
आमाले भन्दा पनि धेरै साहुले करायो।
कैले घरबाट खुसी हरायो
कैले सुख हरायो, अनि हरायो गैरी खेत पनि ।
मलाइ जैले सताइरह्यो सपनाले पनि
आफ्नो ठानेनन मलाइ कहिल्य आफ्नाले पनि 
त्यसैले त म आएको हु यहाँ
केही सपना बोकेको छु
केही रहर पनि बोकेको छु।
केही पसिना बोकेको छु।
थोरै जवानी बोकेको छु।
छोरी
आज तिम्रो पहिलो जन्मदिन
तिमिलाइ संसारकै सुन्दर उपहार किनेर राखेको छु।
           २०७५-०६-११

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...