Tuesday, March 26, 2019

बादल

कहि त छे होला ऊ
केही पैतला हिडेर, केही पहाड उक्लेर
केही मन उछिनेर
सायद पुगिन्छ होला उसको गाउँ।

घरै आगनमा पानी भर्दै पधेरिमा
नया बटुवा देखेर
अच्चमित हुँदै आखामा
केही त भाव नचाउछे होला उसले
केही मुस्कान त लजाउछे होला उसले।

कस्ले सिकायो होला उसलाइ
यती मीठो गरि लजाउन
कस्ले पो सिकायो होला उसलाइ
ठिक्क मिलेका आखामा
गाजल लगाउन
उसले त हिन्दी सिरिएल पनि हेरेकि छैन।

बादल गर्जेर आकाशमा
चिम्म आँखा कान बन्द गरेकि होला
केही डर केही हासो पक्कै ओठमा भरेकि होला।

मलाइ छोएर जाने हावाले
उसलाइ छोयो कि छोएन होला
मलाइ बिछ्ट्टै रुझाउने पानीले
उसको तन रुझायो कि रुझाएन।

धेरै बिति सक्यो समय
अझै मलाइ बाडुल्की आएन
कि घात गर्यो यो बाडुल्किले
कि त उसलाइ साच्चै मेरो याद आएन।

- पक्लिहवा २०७५/१२/१२

Saturday, March 2, 2019

एउटा भ्रमको अन्त्य!!

बाटोमा एक्लै हिड्दा प्राय: चिच्याएर गीत गाउने बानी छ। चिच्याउनु पनि यति धेरै कि मैले चिहान नजिकै चिच्याए भने गाइगोठका चराहरु आवाज सुनेर तर्सिन्छ्न।
चिच्याउनुको पनि आफ्नै मज्जा छ साहेव। चाहे त्यो रहर लागेर होस वा केही कुराको फ्रस्टेसन निकाल्न होस। स्वर त सुरिलो छैन र पनि कानमा इयरफोन लाएर गाउदा अरिजित सिंह भन्दा कम मिठो सुनिदैन मेरो स्वर।
यसरी नै हो मैले आफुलाइ राम्रो गाउछु भन्ने दर्जामा राखेको छु।
आफुलाइ भ्रममा राख्न सक्नु चुनौतिको कुरा रहेछ। अझ झन त्यस्तो बेलामा जब सत्यताको भनक पैले नै लागिसकेको हुन्छ।
'प्रेम पनि त एक भ्रम हो' वहाले यस्तै भन्नू हुन्छ।
अचेल म वहालाई प्रेम गर्न थालेको छु। सायद यो पनि भ्रम नै होला मेरो, भ्रम नै सहि- यो छोटो जिन्दगिमा भ्रमिक प्रेमले दिने खुसी म किन ब्यर्थ गुमाउ?

मेरो स्वरको इन्टेन्सिटी झन झन बढेको छ। मैले आज फोन बोकेर हिडेको छैन। आफ्नै सुरमा दिमागमा आएका विभिन्न हिन्दी गीतका केही केही टुक्काहरु जोड जोडले चिच्याएर गाउदै हिडेको छु।
बेला बेला आलाप लिन्छु जुन झन बेसुरा हुँदै गएका छ्न र पनि मैले लिन छोडेको छैन।
अब म एक छिन रोकिए - मेरो नाकलाइ एलर्जी भयो। केही मिटर पर तिन जना केटिहरु भैसिको नजिकै गएर फोटो खिचिरहेका छ्न।
' यो भन्दा पनि राम्रो भैंसी छ घरमा जति फोटो खिचे पनि हुन्छ , जाने हो? मैले भन्न मन छ तर भन्दिन।
तिनिहरुको शरीरबाट पर्फ्युमको बास्ना एकदम गनाइरहेछ। मलाइ यो बास्ना देखि एलर्जी छ। मैले नाक थुने। कदम अलि छिटो बढाए र अलि पर पुगे पछि तिनिहरुलाइ फर्केर हेर।
कालो ड्रेस लाउने केटिले टड्कारो आखाले हेरेकी रैछ, मलाइ लाज लाग्यो म छिटो छिटो हिडेर अलप भैदिए।

जिन्दगीमा कति अजिब भ्रमहरु हुन्छ्न। यदि जिन्दगी भ्रम नै हो भने, सायद म चिच्याएर गित गाउदै हिडेको पनि भ्रम पो हो ? मलाइ पर्फ्युम देखि एलर्जी हुनु, त्यो कालो ड्रेस लाउने केटिले टड्कारो आखाले हेर्नू, मैले तिमिलाई चिन्नु र प्रेम गर्नु- यी सबै सबै कुराहरु भ्रम हुन पनि त सक्छन।
सायद हामिले देखेको सपना पो हो कि हामिले बाचेको यो जिन्दगी?
कि त सायद हाम्रो जिन्दगी कसैले बनाएको फिल्म पो हो कि?
 
मान्छे किन  जन्मन्छ र जन्मे पछि फेरि किन मर्छ? यति ठूलो ब्रह्माण्डमा पृथ्वीमा मात्र किन छौ हामी?
वा हामिले जनावरलाई पाले जस्तै कसैले पालेको पो हो कि हामिलाइ?
यो आकास भन्दा पर के छ होला?
किन दिन उज्यालो र रात अँध्यारो हुन्छ होला?
त्यो अन्धकार पर के छ होला? - कुनै जीवन? शुन्यता कि त अरु नै केहि जस्को कल्पना हामिले अझै पनि गर्न सकेका छैनौ?
यो ब्रह्माण्ड, यो पृथ्वी, हो हावा यो पानि। तिमि, म यो शरीर यो प्रेम - सबै भ्रम पो हो कि? कुनै मिठो सपना।
जिउ सिरिङ हुन्छ सम्झदा पनि। कस्तो आश्चर्य।

आज ५६ घण्टा जति भैसक्यो।
वहाँको मौन ब्रतमा हुनु हुन्छ। धर्तिले पनि त झरी पाउन असार कुरेको छ।
प्रेम गर्छु भनेको दिनबाट धेरै कुरा फेरिदै जान्छ्न।
जस्तो कि बोलिरहन पर्ने। भेटिरहन पर्ने। रिसाइ रहनु पर्ने, फकाइ रहनु पर्ने। त्यो अघि पनि त हामी नजिक हुन्छौ। बोलेका हुन्छौ। हासेका हुन्छौ। ठूलो कुरा त हामी खुसी हुन्छौ।
एउटा बाक्यले जिन्दगी उथल पुथल कसरी गर्न सक्छ?
सायद यो पनि त मेरो भ्रम हुन सक्छ।
वहाले भन्नू भएको थियो प्रेम भ्रम हो भनेर। म पनि यहि भ्रम पालेर बसेको छु मैले वहालाई प्रेम गरेको छु।

२०७५/११/१८

Friday, March 1, 2019

शुन्य

कतै दुर बसेर कोइलिले गीत गाए जस्तो।
जस्तो कि रातले जूनसङ पिरती लाए जस्तो।

फकाउन जान्दिन म र पनि फकाए जस्तो।
रिसाउन्न भन्दा भन्दै पनि तिमी रिसाए जस्तो।

सितल हावाले छातिमा बोकि याद तिम्रो ल्याए जस्तो
मानौ रातले जूनसङ पिरती लाए जस्तो।

कोहि कहि कतै त छ ऊ
हो त्यही मान्छे फर्केर आए जस्तो।

धेरै भैसक्यो तिमिले पनि बिर्सिएको मलाइ
बस यत्ती कुरा मैले सझाए जस्तो।

पिरती भन्न पनि आखिर के नै हो र साथी
मान्छे आउदैन फर्केर बस याद मात्र आए जस्तो।

२०७५/११/१७

Tuesday, February 26, 2019

हा।मि

तिम्रो आँखा मै बस्न चाहन्थे
परेली भएर।
तिम्रो ओठमै बस्छु भनेथे
लिपिस्टिक भएर।

तिमी सङै बस्छु झै लागेको थियो
एउटै सिङ्गो आकाश भएर
एउटै जून एउटै घाम भएर पनि
फेरि किन यसरी टाढियौ हामी?

एउटै हाम्रो धर्ती भएर पनि
बहने एउटै हावा भएर पनि
हामिले श्वास फालेको हावाले
किन छुदैन होला एकअर्कालाइ?
किन भन्दैन होला उसलाइ
मैले कति सम्झेको छु भनेर पनि?

इन्द्रणिको दुई कुना जस्तै भएर
पृथ्वीको दुई ध्रुब जस्तै भएर
किन यसरी टाढिनु पर्यो हामी?

हामिलाइ त बस्नु थियो
एउटै फूलका दुई पत्र भएर।
एउटै बिउका दुई फक्लेटा भएर।
जसरी चलेको छ मुटु
दुई कुना भएर।
मलाइ त  तिम्रो मुटु भएर बाच्नु थियो।
  
    २०७५/११/१३

Thursday, February 21, 2019

तिमि

कहि पारी तिर तिमी छौ,
एउटा शहर छ।
अनि त्यो शहरमा तिम्रो पनि एउटा घर छ।

तिमिले अचेल मलाइ।
गाउले भनेर सम्बोधन गर्छौ रे।

तिमी शहरिया मान्छे
तिमिले मेरो गाउलाइ
कोक पठायौ।
फ्यान्टा पठायौ।
बियर, भोड्का के के पठाएनौ र?

हाम्रै तमाखु सस्तोमा किनेर
हामिलाइ महङ्गो चुरोट पठायौ।
हाम्रै गहुँ, चामल सस्तोमा किनेर
हामिलाइ महङ्गोमा चाउचाउ पठायौ।

तिमिलाइ हरेक कुरा
तोडमोड गरेर बेच्ने बानी परेको छ।
सुनन!
मैले मेरो दिल पठाएको छु।
त्यस्लाई टुक्रा पारेर नबेचिदिनु ल!

Tuesday, January 29, 2019

कबिता - लिएर जानु

यदि जानू नै छ भने तिमिलाइ
केही छोडेर नजानू।
जस्तो तिम्रा पद चापहरु, तिम्रा सम्झना हरु।

यदि जानू नै छ भने तिमिलाइ
लिएर जानू
तिमिलाइ संसारकै सुन्दर देख्ने
मेरा यी आँखा
जस्तो कि बजार देखि गल्लिहरुसम्म
तिमिले समाएर हिडेका मेरा हातहरु।

यदि जानू नै छ भने तिमिलाइ
लिएर जानू
तिम्रा जोकहरुमा हासिदिने
मेरा हासोहरु
सङै यात्रा गरेका यी एक जोडि गोडाहरु।

यदि जानु नै छ भने तिमिलाइ
लिएर जानू
तिमिले चुमेका यी ओठहरु
हामिले सास फेरेको यो वायु

यदि जानु नै छ भने तिमीलाइ
लिएर जानू
यो मुटु पनि
मलाइ अब मुटु बिना नै वाच्ने चाहना छ।

२०७५/१०/१५
प्युठान

Wednesday, January 16, 2019

कबिता - जिन्दगी र घर

एउटा हातमा कमण्डल
र अर्को हातमा त्रिशुल बोकेर
म जिन्दगी खोज्न हिडेको मान्छे।

आज
हजारौ पैतलाको यात्रा पछि
बुझ्न थालेको छु।
मैले जिन्दगी त त्यही छोडेर हिडेछु
जहाँ मेरो अनुहार पढिदिने
मेरि अनपढ आमा थिइन।
मेरो हौसला बनिदिने
मेरो बलिया बा थिए।
सङै बसेर चिया पिइदिने मेरा सङगती थिए।

जहाँ दुख थियो।
संघर्ष थियो।
र पनि आफ्नो भन्ने कोहि थियो।
जहाँ मेरो परिवार थियो
त्यहि मेरो संसार थियो।

म जिन्दगी बुझ्न यती टाढा पुगेछु।
मेरो जिन्दगी त्यही थियो
जहा मेरो घर थियो।
२०७५/१०/०२

Thursday, January 3, 2019

कबिता- चिया प्रेम

कुनै दिन तिमी र म
एउटै टेबलको २ कुनामा वसेर
चिया पिउदै
आँखा जुधाउदै गर्दा।
यो सोच्नु पर्थ्यो कि
यी आँखाहरु पनि थाक्छन
यी कपहरु पनि रितिन्छ्न।
दूध, पानी र चिया पत्तिमा
चिनी अडिए जसरी
कहाँ जोडिन्छन चियामा मनहरु
अचेलका मनहरु त
क्यापोचिनो र एक्सप्रेसो हुन।
मानौ तिम्रो रुप झै
तिम्रो मन दूध चिया हो।
मेरो मन फिक्का चिया।
एका बिहानै दुध बेच्न आउने
रामुदाइको साइकलमा अडिएको
दुधको भाडो जस्तो
कहाँ अन्डिन्छ र यो माया अचेल
यो माया त
मोटर बाइकको पछाडी अडिनलाइ बनेको हो।
         २०७५/९/२०

Wednesday, December 26, 2018

कबिता

परिक्षामा प्रश्न पढिसके पछि
लेखौ भनेको उतर भुलेको जस्तो।
वा मानौ
राती चार्जमा हालेको फोनको
पलगको स्विच अन गर्नु भुले जस्तो।
यती सजिलो कहाँ हुन्छ र
कुनै मान्छे भुल्न।
पेन्सिलले कापिमा लेखेको नाम
इरेजरले मेटाए जस्तो।
वा
बालुवामा लेखेको नाम
एक छालले बगाएर मेटाए जस्तो।
कहाँ हुदो रहेछ र सजिलो
कोहि मान्छेको याद मेटाउनलाइ।
मान्छे भुल्न त
नदिले किनारा नछोएर बहनु पर्छ
नया बर्षले रितु नफेरेर सकिनु पर्छ।
कुनै दिन
हामिले सास फेर्न बिर्सनु पर्छ।

Sunday, December 23, 2018

कबिता

श्री
हृदयनिवासी
तपाईं।
केही कुरा भन्नू छ, मलाइ।
केही कुरा सम्झाउनु छ तिमिलाइ।
केही समस्याहरु।
केही गुनासाहरु।

मलाई सुनाउनु थियो
कि कसरी तिमिलाई देखे पछि
पहिलो नजर मै प्रेममा परेको थिए म।

हास्दा अलिकती बाहिर निस्किने
तिम्रा दाह्राहरुमा।
अलिकति, काजल पोतिएका ति आखाहरुमा
अलिकती,भर्खर र्यापर खोलिएको जस्तो
चक्लेटी ओठको रङहरुमा।
अलिकती, सधै हसिलो देखिने त्यो मुहारमा
म यसै यसै फिदा भएको थिए।

मलाइ भन्नू थियो
जेब्राक्रसबाट सङै बाटो काट्दै गर्दा तिमिले मेरो हात समाएकि थियौ।
त्यसै दिन देखि तिमी मेरो क्रस भयौ।
तिमिले केही फिल गर्यौ? गरिनौ थाहा छैन।
तर
म खुब नभर्स भएको थिए त्यो पल।
र सोच्न भ्याएको थिए
जिन्दगीका सारा उकालाहरु
म कति सजिलै काटिदिने थिए।
यदि तिमिले यसरी नै मेरो हात समाइदियौ भने।

हावामा फर्फराइदिने तिम्रा केशहरुमा
ठुला आखाले टटकारो हेरिदिने तिम्रा नजरहरुमा
साधारण जस्तै लाग्ने तिम्रा असाधारण जोकहरुमा
मैले आफैलाइ हराइदिए छु।

आफैलाइ हराएर पनि
तिमिलाइ खोज्ने चेस्टा गरिरहे।
सायद मैले यहि भूल गरिरहे।

ऐले समय धेरै फेरिएको छ
तिम्रो मन भन्दा पनि धेरै।
ऐले दुरि धेरै बढेको छ।
त्यो मन र यो मनको भन्दा पनि धेरै।
ऐले म धेरै सम्हालिएको छु।
भूकम्प पछिको बसन्तपुरको मन्दिर भन्दा पनि धेरै।

भयो अब त यसरी
माया गरे झै गरि नबोलाइदेउ मलाइ।
हरेक बिहान, हरेक साझ
नसोधिदेउ मेरो खबर, मलाइ कस्तो छ भनेर?
मैले खाना खाए कि खाइन, म उठे कि उठिन भनेर?
मेरा अल्छी लाग्दा बानिहरुमा- गाली नगर मलाइ।
मेरा मुर्ख्याइँ लाग्दा कुराहरुमा- रिसाउने नगर मलाइ।
मलाइ हेरेर- आँखा नझिम्क्याउ, मुस्कान नदेखाउ।
मैले रिप्लाइ नगर्दा तिम्रो म्यासेज- मलाइ इमोश्नल नबनाउ
नसोधे, म कहाँ जाँदै छु, म के गर्दै छु भनेर।
किनकी तिमिलाइ थाहा छैन
मेरो मनको दुखाइ सरेर कता कता पुग्छ भनेर।

तिमी कुनै सुन्दर बगैचाको सुन्दर फूल हौ।
तिम्रा जिउने जिन्दगिहरु धेरै छ्न।
तिम्रो केयर गरिदिनेहरु पनि धेरै छ्न।
तिमिसङै हासिदिने हरु, तिम्रा आँसु पुछिदिनेहरु
धेरै धेरै छ्न, मलाइ थाहा छ।
तर
म मरुभूमिको क्याकटस हु।
शरीरमा काडा उमारेर मेरो जिन्दगी बचाइरहेछु।
मलाई एक्लै एक्लै बाच्नु छ मेरो जिन्दगी
मलाइ एक्लै रुनु छ, एक्लै हास्नु छ।

तर
तिमिले यसै गरिरह्यौ भने
मलाई फेरि पनि प्रेम हुन सक्छ तिमिसङ,
र तिमिलाइ फेरि पनि प्रेम हुने छैन मसङ।

२०७५/०८/२९

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...