प्यारी पुनु
फेसबुक भरी छरिएका छन
तिम्रो मेहन्दीका फोटोहरु
तिम्रो खुसीका पलहरु
कुनै पल आफैले चुमेका ती हातरुमा
अरु कसैको नामको मेहन्दी लागेको हेरिरहदा
बहुत मन दुख्दो रहेछ।
म सोचिरछु
आखिर कस्तो हुनु पर्थ्यो म
के के कुरा नपुगेर हो म मा
यसरी टाढिएका छौ हामी।
यदि यो जिन्दगी सिनेमा भैदिए
फरक हुन सक्थ्यो कि परिस्थिति
हामी त बास्तबिकतामा बाचेको मान्छे
अब बदलिन सक्दैन हाम्रो भाग्य।
चियाघरको मटकामा लेखेको तिम्रो नामको
फुट्योकी माटोको भाडो
उस्तै गरि फुटेको छ भाग्य मेरो।
प्यारी पुनु
यो अन्तिम हो
आज देखि लेख्ने छैन
तिम्रो लागि कविता
किनकी तिम्रो भाग्य
अरु कसैसङ लेखिसकेको छ।
गाउने छैन तिमिलाइ मन पर्ने गीत
तिमिलाइ मन पर्ने आवाज अब फेरिसकेको छ।
जलाइदेउ है
हामीले साटेका उपहारहरु
यसै ठूलो जिम्मेवारीको भारी छ तिमिसङ
कसरी सकौले यादको भारी बोकेर
डोलि चडेर बिदाइ हुन तिमी
मेटाइदेउ हामीले साटेका यादहरु पनि
यो संसारमा सबै भन्दा गरुङ्गो याद त रहेछ।
म हुने छैन अब यादमा अब
म हुने छैन तिम्रो बातमा अब
म हुने छैन तिम्रो मुस्कानमा अब
हुन्छ कि भेट हाम्रो चिहानमा अब
पुनु यति कुरा याद गर ल!
भोलि
तिमी अन्मिएर बिदाइ हुँदै
कारको ढोका खोलेरे हेर्दा
तिम्रो छेउको अर्को सिटमा
दुलाहको भेषमा वसेको मान्छे म होइन है।
तिमी दिन भरको कामले
थकित भएर साझ घर फर्किदा
तिम्रो निधाए चुमेर,
खुट्टामा तेल लगाइदिन्छु भन्ने मान्छे म होइन है।
तिम्रो खुसीमा हासिदिने
तिम्रो दुखमा सम्हाली दिने मान्छे म होइन है।
ए अल्छी कति सुतेको उठन अब त
भन्दै तिमिले कराउने मान्छे म होइन है
तिमिलाइ पिजडा देखि मुक्त पारेर
यो समाजको घेरा चिर्दै
खुल्ला आकाशमा उड्न सिकाउने मान्छे
म होइन है।
तिम्रो मेहन्दिको रङ
तिम्रो सिन्दुरको रङ
कहिल्यै नमेटियोस
मलाइ अर्को जूनीमा पनि
तिम्रो हुन मन छैन
तिमिलाइ वैबाहिक जिबनको
शुभकामना पुनु।
🍁🍁
Thursday, May 11, 2023
Sunday, May 7, 2023
फूल!!
खाली खाली लाग्छ
तिमि बिना बाँचेको यो समय
मन्दिर पुग्नु अगाडि चुडिएछ है फूल
तिमि बिना बाँचेको यो समय
मन्दिर पुग्नु अगाडि चुडिएछ है फूल
कस्तो विड्म्बना हाम्रो
ठोकिरहन्छ नजर
बोल्न सकिदैन
काटिरहन्छन वाटोहरु
रोक्न सकिदैन।
तिमीलाई सम्झेर
तिमिलाई बिर्सन लेखेका कविताहरुले
जिस्क्याइरहन्छन मलाई
डायरीको पानाबाट
जून उपहार दिएकि थियौ तिमिले
मेरो जन्मदिनमा।
तिमिलाइ लाग्दो हो म खुसी छु
तिमिले जति आँशु मैले पनि रोएको छु
तिमिले जति पीर मैले पनि बोकेको छु
मलाई अझै याद छ।
तिम्रा न्याना औलाहरुको स्पर्श
तिम्रो कपालको सुगन्ध
तिम्रो नेल पोलिसको रंग
म सिंगो आफू तिमिमा वाँचेको छु।
तिमीलाई लाग्दो हो, मलाई केहि याद छैन
स्वासले हावालाई विर्सन सक्छ र कहि?
कस्तो अच्चम छ है।
खुसी दिने कुराले पनि
पीडा कसरी दिन सक्छन ?
समय भन्दा ठूला हाम्रा सपनाहरु
हराएछन इन्द्रेणीको रङ्ग जस्तै
समुन्द्र जस्तै गहिरा भावनाहरु
उडे छन पानीको वाफ जस्तै
यो प्रेमको खुल्ला आकाशमा
म खोजीरहेछु तिमिलाई
त्यहि छुट्टिएको बाटोमा
म पर्खिरहेछु तिमिलाई
तिमि प्रेमको फूल लिएर आउनु है !!!!
तिमि र म !!!
सायद नभेटिनु पर्थ्यो कि
तिमि र म?
वा भेटिए पनि नबोलि हिड्नु पर्थ्यो कि?
ल बोली नि हाल्यौ अरे
मन नलगाउनु पर्थ्यो कि?
उत्खनन गर्दै जादा भेटिन सक्छन गल्तीहरु
उत्खनन गर्दै जादा मेटिन सक्छ्न चाहनाहरु
यसो गरौ न बरु
हामी आजलाइ बाचौ,
भोलिलाइ फेरि भोलि छ्दै छ नि, हुदैन?
म सपनाको राजकुमार होइन तिम्रो
म यथार्थको मदजुर हु।
म बाहना गरिरहौला तिमिसङ बोल्ने
म कोशिस गरिरहौला तिमिलाइ भेट्ने
तिमी हुदैन हुदैन भन्दै बोलिदेउ
तिमी एकदमै व्यस्त छु भनेर पनि भेटिदेउ।
म अँध्यारो रातीमा हेरिरहुला तिम्रो घर तिर
तिमी यता तिर फर्केर बत्ती बालिदेउ
म पठाउला तिम्रो घर माथि निस्केको जुनको फोटो
अनि भनुला 'हेर त आज तिमिलाइ हेर्न जुन तिम्रै घर माथी निस्किएछ'
तिमी लजाए झै गरिदेउ।
हो म सफल छैन तिमी जति
तर डर लाग्दैन असफलता देखेर
जिन्दगीको मापन केले गरिन्छ र?
मलाइ त जिन्दगी बाच्न मात्र आउँछ।
जिन्दगी बित्ने रहरले त हो, होइन र
तिमी मेरो रहर बनिदेउ
नभेटिनु पर्थ्यो हामी भेटिहाल्यौ
नचिनिनु पर्थ्यो हामी चिनिहाल्यौ
म लिन आउला तिमिलाइ डोलि लिएर
तिमी हुन्छ भनिदेउ
तर भने नि
म तिम्रो सपनाको राजकुमार होइन
म यथार्थको मजदुर हु।


पशुपतिको मृत्यु उत्सवमा!!🍁
फेरि लेखौ कि एउटा कविता
हाम्रो त्यो भेटको
पशुपतिको आरती, त्य मृत्यु उत्सवको पल
खोइ किन नियालेर हेरेकी थियौ तिमिले मलाइ
मेरा नजर पनि ठोकिए तिमिमा
मेरो मन अल्झिएछ क्यारे
बादल जस्तै बेरीएको तिम्रो कर्ली कपालमा।
भक्तजहरुको धुन गुन्जीयो 'जय होस'
हामी झसङ भएका थियौ
सम्हालेर आफैलाइ फेरि मग्न भयौ आरतीमा।
मलाइ थाहा छैन
तिमिले लुकेर हेर्यौ कि हेरिनौ मलाई
तर छलेर तिम्रो नजर फर्की फर्की हेरिरहे तिमिलाइ
मलाई तिमि त्यो पल
सुन्दर लागेको थियो त्यो साझ भन्दा पनि
मधुर लागेको थियो शिवको भजन भन्दा पनि
मलाइ सुन्दर लागेको थियो त्यो मृत्यु उत्सव पनि।
म झस्किएर हेर्दा
सबै लागेका थिए आफ्नो बाटो
मैले खोजेको थिए तिमिलाइ वरिपरि
मेरा नजरले भेटे सम्म
त्यो मृत्यु उत्सवको कोलाहलमा ए सोल्टिनी
खोइ कुन भिडमा हरायौ तिमी।
तर छैनौ हराएको तिमी मेरो सम्झनाबाट
फेरि कुनै दिन
म आउला तिमिलाइ खोज्दै खोज्दै
मृत्युु उत्सव मनाउने बाहनामा
त्यो दिन तिमी ए सोल्टिनी
मलाइ पर्खिरहनु है
गौशालाको त्यो माइक्रो स्टायन्डमा।

हाम्रो त्यो भेटको
पशुपतिको आरती, त्य मृत्यु उत्सवको पल
खोइ किन नियालेर हेरेकी थियौ तिमिले मलाइ
मेरा नजर पनि ठोकिए तिमिमा
मेरो मन अल्झिएछ क्यारे
बादल जस्तै बेरीएको तिम्रो कर्ली कपालमा।
भक्तजहरुको धुन गुन्जीयो 'जय होस'
हामी झसङ भएका थियौ
सम्हालेर आफैलाइ फेरि मग्न भयौ आरतीमा।
मलाइ थाहा छैन
तिमिले लुकेर हेर्यौ कि हेरिनौ मलाई
तर छलेर तिम्रो नजर फर्की फर्की हेरिरहे तिमिलाइ
मलाई तिमि त्यो पल
सुन्दर लागेको थियो त्यो साझ भन्दा पनि
मधुर लागेको थियो शिवको भजन भन्दा पनि
मलाइ सुन्दर लागेको थियो त्यो मृत्यु उत्सव पनि।
म झस्किएर हेर्दा
सबै लागेका थिए आफ्नो बाटो
मैले खोजेको थिए तिमिलाइ वरिपरि
मेरा नजरले भेटे सम्म
त्यो मृत्यु उत्सवको कोलाहलमा ए सोल्टिनी
खोइ कुन भिडमा हरायौ तिमी।
तर छैनौ हराएको तिमी मेरो सम्झनाबाट
फेरि कुनै दिन
म आउला तिमिलाइ खोज्दै खोज्दै
मृत्युु उत्सव मनाउने बाहनामा
त्यो दिन तिमी ए सोल्टिनी
मलाइ पर्खिरहनु है
गौशालाको त्यो माइक्रो स्टायन्डमा।


Subscribe to:
Posts (Atom)
घर
घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...
-
प्यारी पुनु फेसबुक भरी छरिएका छन तिम्रो मेहन्दीका फोटोहरु तिम्रो खुसीका पलहरु कुनै पल आफैले चुमेका ती हातरुमा अरु कसैको नामको मेहन्दी लागेको...
-
भेट हुँदा सधै मुस्कुराउने मान्छे! एक दिन मुस्कुराएन भने। के गरि बाच्ने होला यदि कालै आएन भने। हुन्छ छोरा दुइ चार बोरा चामल पठाइदिउला यो बर्ख...
-
रुख र चरी। हजारौ बर्ष पुरानो एउटा बूढो रुख थियो। एक दिन एउटा सुन्दर चरि आएर रुख भन्दा पनि बूढो हागामा बसि त्यही आफ्नो गुड बन...