जसरी छाडेर जान्छ
खोलाले आफ्नै छालहरु
मयुरले आफ्नै चालहरु।
जसरी छाडेर जान्छ एक परदेशिले
भर्खर जन्मिएकि आफ्नी सानी छोरी
यदि छोडेर नै जानु छ भने त
किन गर्नु प्रेम
किन गर्नु यी यावत दुखहरु
सायद छोडेर जानू त्यति सजिलो पनि हुदैन क्यारे
निदाएको आँखा बिउझिए जस्तो।