Sunday, April 26, 2020

मैनबत्ती

एउटा मैनबत्तिलाइ
-कसैले बलिरहेको देख्छ.
-कसैले जलिरहेको देख्छ
-कसैले गलिरहेको देख्छ।

त्यो मैनबत्ती र दिल उस्तै उस्तै हो,
ऊ क्रस हुदा दिल बल्छ!
गलफ्रेन्डले भैसके पछी दिल गल्छ
अनि
भुपु भैसके पछी दिल जल्छ।

Friday, April 24, 2020

स्वीकार

जति सजिलो छ 
ब्लक गर्नलाइ 
कास त्यति नै सजिलो हुदो हो 
तिमि अर्कै कि भइ सक्याै भनेर स्विकार गर्नलाइ।

Constellations

They say, 
The patterns of those Constellations 
Decide our common future. 
We will be 'WE' or Just 'You and Me'. 
I wonder if, 
Our Constellations were made for each other.

जन्मदिन

कुनै दिन हामि 
एक अर्काको जन्मदिनमा 
शुभकामना दिनलाइ 
मध्यरात कुरेर बस्थ्याै। 

आज हामिलाइ
एक अर्काको जन्मदिन समेत याद छैन। 
समयले यसरि पनि त फन्को मार्दो रहेछ।

Saturday, April 11, 2020

याद

मलाइ सबै याद छ।
जस्तो कि
तिम्रो अङ्गालोको न्यानोपना
तिम्रा आँशुहरुको चिसोपना
तिम्रो हाँसोको कहानि
तिम्रा कसमहरुको ओजन।

जस्तो कि
तिम्रो कपालको सुगन्ध
तिम्रा ओठको कलर
तिम्रो स्याम्पुको ब्राण्ड
तिम्रो जिवन शैलिको ताैल पनि


कैले त लाग्छ कास
मलाइ याद नहुहो हो यी सबै कुराहरु
आजकल
जता ततै तिमि देख्न थालेको छु।
जता ततै तिमि खोज्न थालेको छु।

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...