Thursday, October 18, 2018

कबिता

लाहुर
उसको नाम रामकृपाल रे!
सुर्खेतबाट गाडिमा जादा भेटेको उसलाइ।
पातलो थियो उसको शरीर
सायद गरिबिले रगत चुसेको होला!
उसको पातलो शरिरमा थियो
काखि देखि तलसम्म च्यातिएको एउटा रातो सर्ट
मैले झन्डा सम्झिए मेरो देशको - रातो झन्डा
एउटा मैलो, थोत्रो झोला
काखि च्यापेको थियो उसले
सायद यो दशैलाइ खुसी बोकेर ल्याएको होला।
उसको नाम- रामकृपाल
उमेर - १९ वर्ष
घर - जाजरकोटको खोइ कुन ठाउँ भनेको थियो बिर्सिए।
बिबाहित उ
पढाइ - ७ क्लास सम्म पढेको।
उ तीन महिना अघि लाहुर गएको रे
धन कमाउनलाइ, दशै मनाउनलाइ
भन्थ्यो नेपालगन्जबाट घरका सबैलाइ कपडा किनेर ल्याएको छु।
यो दशैमा सबले नया लुगा लाउने अब।
उसले किन्यो होला सायद रातो साडी
आफ्नी श्रीमतिको लागि
बरु, केहि किन्यो किनेन उसले आफ्नो लागि?
साह्रै पढ्न थियो दाइ
घरमा वा आमालाइ हेर्ने कोहि नभएर बिहे गरेको
ऐले परिवार पाल्न इन्डिया गएर पैसा कमाउछु
उसले भावुक भएर भनेको थियो।
श्रीमतिको उमेर १७ वर्ष।
यो उमेरमा कतिपय केटाकेटीले आफुलाइ धान्न सक्दैनन
उसले ५ जनाको परिवार धानेकी छ।
उसले मख्ख पर्दै भनेको थियो
लब म्यारिज गरेको दाइ
मलाइ रामरी थाहा छ- उसको 'लव' शब्दको अर्थ के हो भनेर
उसले स्याउका भारी बोकेर
घासका भारी काटेर
यो दशै तिहार मनाउने पैसा ल्याएर आएको छ।
दशैमा एकछाक मासु खाने छ
तिहारमा दिदी बैनिलाइ दक्षिणा दिने छ
रोगी वा'लाई केही ट्याबलेट किन्ने छ।
अनि
तिहारको अर्को दिन
उ फेरि लाहुर हिड्ने छ।
फेरि उचाल्ने छ स्याउका भारी
अनि उचाल्ने छ जिम्मेवारीको भारी
उसलाई घासको भारिले भन्दा धेरै
जिम्मेवारीको भारिले थिचेको छ।
उ प्याज काटदा बरु कहिले रुदैन!
हरेक रात उ घर सम्झेर रुन्छ।
बरु हरेक दशै तिहारमा
रामकृपाल आफ्नो गाउँ फर्कन्छ।
तर हाम्रो आशा किनेर काठमाडौ गएका नेताले
कहिल्य आफ्नो गाउँ फर्कन जानेन।
                    - दैलेख
(यो कबिता होइन, यो बास्तबिकता हो। जून हरेक  मान्छेले बोकेको छ, कुनै दिन नेपालगन्ज देखि कर्णाली, भेरी तिरका ठाउँमा गाडिमा जादा कुनै उज्यालो अनुहारलाई सोधेर हेर्नू। यो कथा हरेक नेपालिको हो केबल ती मान्छेको होइन जसले समृद्धि दिने नाउमा हाम्रा सपनाहरु किनेका छ्न।)

Wednesday, October 10, 2018

कबिता

हराएको घर
छोडेर ह्वाङै कोठाको ढोका
तिमी त खबरै नगरि गएछौ।
म सिधै भित्र छिरे, कोठा खाली रहेछ।
लाग्यो यो मन पनि खाली छ।
फेरि छ्तमा उक्लिएर हेरे
पहेलो घर झनै खाली थियो।
मनमा यसै यसै नरमाइलो लाग्यो।
आज आउदैनन कोहि पुराना मान्छेहरु
वाइफाइको पासवोर्ड माग्नलाइ।
अनि म सुतिरहेको खाटमा टुसुक्क वसेर
मलाइ कसैले सोध्ने छैन
'ओइ घर कैले जाने हो' भनेर पनि।
केही खिल्ली चुरोटहरु जल्ने छैनन
बरु जल्ने छ्न केही मनहरु ।
प्रत्येक मिनेटमा ढोका ढकढ्क्याउन कोहि आउदैन आज त।
ढोका ढ्कढक्याउने हातहरु खोइ कहाँ सम्म पो पुगे होलान?
आज
केही थान अनुहारहरु हराएछ्न।
केही थान मुस्कानहरु हराएछ्न।
धेरै याद छोडेर।
ऐले नमज्जा लागि रहेछ मलाइ।
बेडिङका सामान।
किचेनका समान।
कपडा, किताब सव सव हराछ्न कोठाबाट।
कहिले सफा नगर्ने कोठा पनि
आज त उज्यालो भएछ- सायद कोठालाइ पनि दशै आएछ।
सचिबको इयर्फोन हराएछ।
ब्रहमाको आइफोन हराएछ।
सङमको ल्याबटप पनि भेटिन आज त।
सन्दिपको त अनुहारै हराएछ।
मलाइ अब एक पल पनि बस्न मन छैन यहाँ।
आज हामि वस्ने घर
एकदम एक्लो भएको छ
साह्रै सुनसान भएको छ।

Monday, October 8, 2018

कबिता

नचिनेकी बटुवा
कुन शहर होला?
कुन गाउँ होला?
कुन बाटो हिडेर कुन नदि तरेर
तिमी कुन आगनमा टेक्छौ होला?
मैले तिमिलाइ देखे जस्तै आज
तिमिले खोइ कस्लाइ पो देख्छौ होला?
सपनिहरुमा! आखाहरुमा।
गाजलको साटोमा खोइ को पो आउँछ होला
यसै यसै काउकुती लगाउन तिमिलाइ?
कहाँ पुगेर रोकिन्छ होला, तिमी चढेको गाडी
कहाँ पुगेर रोकिन्छ होला मेरो यो कबिता
कुन बस स्टेसनमा झरेर
कुन गल्लीहरु तरेर, पुग्छौ होला तिमी आफ्नो घर।
ए! नचिनेकी बटुवा
हिड्न लागेको गाडिको झ्यालबाट
त्यसरी टाउको निकालेर
तिमी नमुस्कुराइदिनु पर्ने!!!!!!

Tuesday, October 2, 2018

कबिता

अपबाद
उहिले जवानिमा थिए।
भर्खर IAAS छिरेको।
कालो चस्मा थियो आखामा
झोला छट्के भिरेको।
त्यहि दिन त हो
उसङको पहिलो भेट
कलेजको ठूलो गेट
आँखा गाजलु
मुस्कान लजालु
घुम्रेको कर्ली थियो कपाल
पहिलो नजरमै भयो प्यार
अनि मेरो हाल बेहाल।
पर पुगेर मुसुक्क हासेर
फर्केर थिइ हेरेकि उसले
म घायल भएर
त्यहि छेउमै उभिएर हेरिरहे
उ सानी सानी हुँदै गइ
उ पर पर टाढिदै गइ।
अनि हराएर गइ - बाटोको मोडबाट।
अर्को दिन फेरि देखे उसलाई
क्लास रुममा, पहिलो बेन्च।
आँखा ठुला, काला मृग झै।
बायो केमिस्ट्रीको क्लास
खोइ! के के रियाक्सन भए म भित्र?
सधै सधै उहीँ चाउचाउ कपाल बोकेर
मन्दिर वरिपरि, कलेज भरी
बाटो भरी, क्लास भरी, आँखा भरि,
यो मन भरि
कहाँ कहाँ देखिइन र उ?
तर हरेक भेटमा
उ कलि कम राम्री, अलि कम सुन्दर हुँदै गइ।
खोइ के कारण थियो, केही भ्रम भयो कि?
एक दिन
इकोनोमिक्सको क्लासमा
म्यामले Law of Diminishing marginal utility पढाउनु भयो।

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...