Saturday, September 29, 2018

कबिता

आलु
लेयज
आलु चिप्स
नाम सुनेरै मुख रसाउछ।
आलुको समोसा
आलु चप्स।
वहाँ! जिब्रो भरि पानी आउँछ।
देउराली
आलु पराठा र चिया
आलु चनाको तरकारि
आहा! कती मीठो
आलु बहुउपयोगी छ।
उलाइ पनि मन पर्छ।
मलाइ पनि मन पर्छ।
जता पनि फिट। जता पनि हिट।
आलु सवलाइ मन पर्छ।
आलुमा कार्बोहाइड्रेड छ।
शक्तिशाली।
आलुले बलियो बनाउछ।
आलुले हास्न सिकाउछ।
आजकल
सबैको फोनमा देख्छु।
आलुको फोन आइरहन्छ।
आलु हानिकारक पनि छ।
आलुले मुटु दुखाउछ।
आलुमा करिब ८०% पानी हुन्छ।
आलुले आखामा आँसु बढाइदिन्छ।

Thursday, September 27, 2018

कबिता

रहर
सजिलो थिएन आउनलाइ
केही थोपा आँसु, केही ओठ हासो
केही पाना अक्षर साहुलाइ बुझाएर
बदलामा मात्र एउटा सपना बोकेर आएको हु।
केही भारी बा आमाका आशिर्वाद बोकेर
सानी छोरिको केहि मुस्कान बोकेर
सानिकि आमाका केही भारी आँखा बोकेर
केही, साथी भाइका न्यास्रा अनुहार देखेर
म मात्र एउटा झोला बोकेर आएको हु।
यहाँ ठुला घरहरु छ्न।
चिल्ला मोटरहरु छ्न।
खाने मिठा परिकारहरु छ्न।
ठुला अस्पताल पनि छ्न।
सङै छ्न
दुई पाउ पैतलाहरु
केही आफ्ना अधुरा सपनाहरु
कहिले नभरिने रित्ता गोजिहरु
एउटा भोको पेट पनि छ क्यारे
केही रित्ता हातहरु रहेछ्न।
मलाइ रहर त पक्कै थिएन होला
यो शहरको
बरु थियो रहर आफ्नै घरको।
एउटा हात आफुले समाएर
भर्खर हिड्न थालेकि छोरिलाइ हिड्न सिकाउ।
उ थाक्दा आफ्नै काधमा राखेर गाउँ डुलाउ।
भर्खर उम्रदै गरेका उसका साना दातले
जाउलो ख्वाउदै गर्दा उसलाइ आफ्ना बुढा औलाहरु पनि टोकाउ।
रहर त मेरो पनि थियो होला?
उसलाइ ताते ताते भन्दै बोल्न सिकाउ।
उ लुकोस कतै म उसलाइ खोज्न जाउ।
उ रोइदेओस अनि म फकाउन जाउ।
सधै बजारबाट उसलाइ नया नया कपडा र खेलौना ल्याउ।
सङै वसेर बुढि आमाको दुधको गुण तिरौ।
बुढा बा को कम्जोर ढाडमा जैले मालिस गरिदिउ।
आमाका गाली सुनिरहौ।
बा को गर्जनमा डराइ रहु।
रहर त मलाइ पनि थियो होला?
यहाँ बा ले भन्दा पनि धेरै समयले डरायो।
आमाले भन्दा पनि धेरै साहुले करायो।
कैले घरबाट खुसी हरायो
कैले सुख हरायो, अनि हरायो गैरी खेत पनि ।
मलाइ जैले सताइरह्यो सपनाले पनि
मलाइ पिरोलि रह्यो पृयका आशुले पनि।
त्यसैले त म आएको हु यहाँ
केही सपना बोकेको छु
केही रहर पनि बोकेको छु।
केही पसिना बोकेको छु।
थोरै जवानी बोकेको छु।
छोरी
आज तिम्रो पहिलो जन्मदिन
तिमिलाइ संसारकै सुन्दर उपहार किनेर राखेको छु।
           २०७५-०६-११

Tuesday, September 25, 2018

कबिता

दुखाइ
हेर न मन दुखाइदिने मान्छे
यो मन नदुखेको त बर्षौ पुगेछ।
मन नदुख्दा त मलाइ
खोइ के के पो हुन्छ, मुटु नचलेको हो कि?
ऐठन परेको होकि, सासै पो रोकियो कि?
खोइ कस्तो न हुन्छ।
बेला बेलामा तिमी औशी पुर्णे पारेर
एकै छिन भए पनि समय निकालेर
यसै गरि मन दुखाउन आइदिनु मेरोमा।
दुखाइदिने मान्छेको अभावमा
आजकल यो मन पनि कठोर बन्न थालेछ।

पहिले त हामि नजिकै थियौ
भेट्दा खेरी पनि मन दुखाइ दिन्थ्यौ
छुट्टीएर जादा झन दुखाइ दिन्थ्यौ।
मैले तिमिलाइ मिस गरेकी छु भन्दाको पल
तिमिलाइ कती धेरै भेटन मन लागेको छ भन्दाको पल।
तिमिले त मलाई सम्झिनौ आजकल भन्दाको पल
कास तिमी ऐले म सङै हुन्थ्यौ भन्दाको पल।
तिमिलाइ के थाहा ?
मेरो मन कति धेरै दुख्थ्यो।
ऐले त टाढा छौ नि तिमी
भेट्न सम्भव न होला अब त
इन्स्टामा आफ्नो श्रीमान सङको फोटो हालेर भए पनि।
अथवा एक कल फोन, एउटा म्यासेज गरेर भए पनि!
यो मन दुखाइ दिनु ल!
मलाई तिमीले दुखाएको मन परिरहन्छ।
मलाइ तिम्रो दुखाइको लत भैसक्यो अब।

23-Sept. 2018

Friday, September 21, 2018

एक्लो यात्रा

#आज
-ओहो! बाबु दारि सारी पालेर हँ ?( एक अन्कल)
- भान्जा कति लामो दारी पालेको?(माइजू)
- यसलाइ दारी पाल्न के ठिक लाग्ने रैछ खै?( बज्यै)
- अ बे तेरो त कपाल भन्दा पनि लामो दारि छ त? हा हा(दाइ)
- बाबू यस्तै दारी पाल्नु भयो भने कोहि केटिले हेर्दैनन है भन्ध्या छु।( भाउजू)

गोरुसिङेमा खाना नखाने निधो गरे पछि एउटा डिउ मगाएर पिउन थाले।
मलाइ अब भोकसङ जित्छु जस्तो लाग्न थाल्यो। तर मनमा कता कता अझै भय थियो। त्यसैले दुइटा डिउ खाइदिए।
अब त मेरो जित पक्का थियो।

-दिदी अम्लेट बनाइदिनुन?
हेर्दै बहिनी जस्ति देखिने दिदिले कराइमा हात चलाउदै भनिन- एउटा अन्डाको त बन्दैन भाइ,
२ वटाको भन बनाइदिन्छु।
मैले हास्दै जवाफ दिए- दिदी आजकल मान्छेलाइ जोडि पाउन गार्हो छ तपाईं अन्डाको जोडि बनाउन लाग्नु भयो?
मेरो कुरा सुनेर नजिकै बसेकी एउटि केटि म तिर हेर्दै मुसुक्क हासि।

म गाडिमा चढे।
मैले आँखा चिम्म गरे अँध्यारो देखे। मैले अँध्यारो देखेर आँखा चिम्म गरे।

एउटा अँध्यारो जङ्गल आयो। एउटा जङ्गल पछि अध्यारो आयो। केही यात्रीहरु झरे। अघि देखि मेरो छेउको सिटमा पसिना गन्हाइ रहेको एउटा टिसर्ट पनि झर्यो। म झ्याल तिरको सिटमा सरे।
एउटा हावाको झोक्का मेरो नाकमा ठोकिएर गयो।

फेसबुकमा ३ ओटा म्यासेज रहेछन।
१. दाइ कता पुग्नु भयो?
२. दाइ कहाँ नजिक पुग्नु भयो? खाना खानु भयो कि नाइ?
३. तिम्रो खुट्टा ठिकै त छ नि? खाना खायौ?
मैले अलि तल हेरे तिम्रो नामसङै हरियो लाइट बलिरहेको थियो।

त्यो पसिनाले भिजेको टिसर्ट झरे पछि। कोहि पछाडिबाट आयो। मेरो छेउको खाली सिटमा बस्यो। मैले हेर्ने कष्ट गरिन। म एकोहोरो मेरो भबिष्य नियाल्दै थिए झ्यालबाट बाहिर मैले देखे- केहि म जस्तै सुकेका रुखहरु र निष्पट अँध्यारो।

मेरो ध्यानलाई भङ गर्ने चेष्टा गर्दै एउटा आवाज आयो- लेज। खानु हुन्छ?
मैले झ्यालबाट मुन्टो भित्र ताने।
त्यो आवाज अघि खाना खाने ठाउमा हास्ने वाला केटिको रहेछ।
मैले २/४ वटा लेजका कप्टेरा झिकेर खाइदिए।
ड्राइभरले लाइट बाल्यो। फेरि निभायो।
फेरि बाल्यो, बालिरहयो। खै कुन प्यासेन्जरको मोबाइल खसेको रैछ।

'तपाईं पनि दार्ही ग्याङको मेम्बर हो कि क्या?'
उसले हास्दै सोधी।
मैले समर्थनमा मुन्टो हल्लाए!
ड्राइभरले बत्ती फेरि निभायो-मुलाङ काइभर।

-तपाइको नाम के हो?
- अनि घर कता नि?
-पढ्नु हुन्छ कि जागिरे हो?
- ऐले कता हिड्नु भएको?
उसले मोबाइल ह्याङ हुने गरि कोइसन सोधी।
म निदाए छु।
मलाइ सपनामा ऐठन पर्यो।
कोहि टाढाबाट कराएको आवाज आयो-                  कोहलपुर! कोहलपुर!
मैले आँखा खोले। सङै फेसबुक पनि खोले। २ बजेर १६ मिनेट गएको रहेछ। तिम्रो नामसङैको हरियो बत्ती खै कति बेला हराएछ। तिम्रो प्रोफाइल खोलेर हेरे तस्बिर हासिरहेकै थियो। लाग्छ त्यसले कैले हास्ने बिर्सने छैन।

गाडिमा एउटा गीत बज्दै थियो" टाढा टाढा जानू छ साथी एकफेर हासिदेउ"
झर्ने बेला मैले त्यो छेउको सिटलाइ हेरे। उसले हासेर मलाइ हेरि। उसले मलाइ हेरेर हासी।

म बाहिर निस्केर घर जाने बाटो छोपे। झ्यालबाट टाउको निकालेर छेउको सिटबाट कोहि करायो
- तपाईंको दारी दामि छ। मिस्टर दाह्री म्यान।
आवाजसङै सुन्दरसुदुरपश्चिम लेखेको गाडि गायब भयो।
मेरो सिटमा सायद अर्को कोहि आयो होला।

सडकमा झोला फालेर मैले फेसबुकमा हाम्रो कन्भर्सेसन हेरे।
अन्तिम म्यासेज 'हस' भन्ने रैछ, अर्को साइडमा लेखिएको थियो "आफ्नो ख्याल गर्नु" ।

#भोलि
घरमा अब फेरि त्यही डाइलगहरु दोहोरिने छ्न।
अब मैले उसले भनेका मेरा राम्रा दारीहरु काट्नै पर्ने हुन्छ।
18-July-207

कबिता - कालो प्रेम

रुक अपृय,
भातले ऐले हाम्रो मिलन हुन दिदैन।
मैले केही लेख्न नपाउदैन।
भान्साको कुकरमा सिटि लाग्छ।
दौडेर जान नपाउदै त्यो आफै बन्द हुन्छ।
पैले मलाइ भात पकाउन देउ।
ऐले
भात जल्यो भने कालो हुन्छ।
प्राय मान्छेलाइ कालो मन पर्दैन।
चाहे त्यो डढेको भात होस कि नडढेको काले अनुहार।
मैले कैले काहीँ जिस्केर काली भनिदिदा तिमि कति! मुर्मुरिन्छौ।
तर पनि नेलपोलिसले नङ कालै पारेर हिड्छौ।
सायद त्यो कालो प्रतिको माया होला।
रुक पृय!
मलाइ तरकारी पकाउन देउ।
ऐले तरकारी डढ्यो भने कालो हुन्छ।
मान्छेलाइ कालो तरकारी मन पर्दैन।
मान्छेलाइ कालो मान्छे मन पर्दौन।
आज म
मेरो कालो अनुहार बोकेर
तिमिलाइ कालो प्रेम गर्न आएको छु।
भन मेरि गोरि अपृय
के तिमी मलाइ कालो प्रेम गर्न सक्छ्यौ?
21-dec-2017

उ सङको लुम्बिनी यात्रा।

म अन्तिम सिट तिर छु।
गुरुले गीत बजाउछ, एक चेहेरे से मुझे प्यार हो गया- त्यो तिम्रै चेहेरा थियो।
सायद त्यो तिमी नै थियौ, जस्लाइ म हरेक रोम्यान्टिक गीतका रिलिक्सहरुमा खोज्थे।
सायद तिमी नै थियौ त्यो जसलाइ मैले हरेक मुभी हेर्दै गर्दा मेरै छेउमा खोज्थे।
सायद त्यो तिमी नै थियौ- जसलाइ नचाहेर पनि चाहिँ नै रहे।
त्यो तिमी थियौ जसको एउटा हात समाएर मैले जिन्दगीका हरेक यात्रामा हिड्न खोजेको थिए।
त्यो तिमी नै थियौ सायद जसको काधमा सुख दुख सबै भुलेर मैले निदाउन चाहेको थिए।
सायद।। सायद ।।। त्यो तिमि नै थियौ।
तर भनिन्छ नि चाहनु र पाउनु बिचमा केही माइल, केही इन्च , केही घन्टा , केही समयको फासला छ।
हो त्यो दुरि त्यो फसाला कटेर न म नै अगाडि आउन सके। न त तिमी।
दुरिले यती ठूलो हुरि ल्यायो कि - तिमीलाई र मलाइ यो पृथ्विका दुई बिपरित धुर्बमा पुर्याइदियो।
ऐले म एकदमै चिसो भएको छु।
त्यसपछी तिमि मेरो तिमी रहेनौ।
म तिम्रो  म रहिन।
हो केटि समय सार्है बलवान् छ।
कम्जोर तिमी रहेछौ ।म रहेछु। हामि रहेछौ।
हामिलाइ कैले बलवान् हुन आएन। हामिलाइ कैले खुसि हुन आएन।
हामी सायद खोलाका किनार हौ। जो बर्खामा भरिन्छ हिउदमा सुक्छ।
फेरि बर्खाले भर्ला नि भन्ने आशामा।
-लुम्बिनी,
ह्वाइट गुम्बा भरी भिड छ मान्छेहरुको।
जताततै कोलाहल, चिच्याहट, क्यामेराको आवाज
तर त्यो केही छिनको लागि मात्र।
मान्छेलाइ सबै भन्दा प्यारो त आफ्नै घर हुन्छ। त्यो ह्वाइट गुम्बा ऐले क्या एक्लो भयो होला
म पनि घर फर्किसके। मेरो घर कति खुसी छ किनकि बिहान छोडेका बचेरा साझ सम्झिएर फर्केका छ्न तर ह्वाइट गुम्बामा मान्छे अक्सर कैले फर्किदैनन।
म चहान्छु हाम्रो सम्बन्ध ह्वाइट गुम्बा जस्तै नबनोस।
केबल देखावटी मात्र। त्यो घरको के काम जहाँ परिवार बस्दैन?
म चहान्छु हामी बरु घर जस्तै बनौ।
कि सम्झेर बचेरा साझमा फर्कि आउन।
गाडी मान्छेले भरिएको छ। कोचाकोच होइन तर त्यति खाली पनि छैन।
म पछिल्लो सिट तिर कहि गएर बसे। तिम्रो नजिकै कतै।
तिमिले चाल पाइनौ। एउटा म भन्दा पनि लुरे खलासी उर्फ खले ब्रो तिमि छेउमै आयो भाडा माग्दै। चेन्ज सकिएछ।
मैले भने 'म दिन्छु हुदैन'? तिमी फर्कियौ म पछाडी थिए।
खले दाइ गयो। तिमी पनि झ्यालमा टाउको अड्याएर झ्याप भयौ।
हावाले तिम्रो कपाल उडाइ रह्यो। तिम्रो कपालले मेरो मन उडाइ रह्यो।
यु।सि।एम।एसमा गाडी रोक्दा म बिउझिए। तिमी पैल्यै कतै झरिसके छौ।
यात्राको नमज्जा यहि नीर लाग्छ मलाइ।
मन परेकाहरु खबरै नगरी कहि बिच बाटोमै झरिदिन्छ्न।
-चिया
चिया एउटा बिमारी हो।
एउटा लत। जसको कुनै उपचार छैन। देउराली हाम्रो अड्डा हो- च्याड्डा।
साझ प्राय चिया पिउनै पर्छ।
म खासै पानी पिउदिन। शरीरमा पानीको पुर्ती चियाले नै गर्छ होला सायद मलाइ कैले तिर्खा लाग्दैन।
चिया जस्तै अब मलाइ तिम्रो बानी पनि लाग्ला जस्तो छ।
म एकचोटि बानी परिसके पछि सजिलै छुटाउन सक्दिन।
चियाको कप त बरु रितिए पछि टेवलमै छोडिन्छ।
तिमी चियाको कप होइनौ।
तिमी प्रेमको सिल्ड हौ। जसलाइ पाउन जो कोहि चाहन्छ।
तर म प्रेमको कम्जोर खेलाडी हु। म तिमिलाइ अरुले जितेको हेर्न चाहन्न र सायद आफुले जित्न पनि सक्दिन होला।
तसर्थ। अब यो समय तिमिलाइ बिदाइ गर्ने हो।
तर बिदा हुनु पुर्ब एक कप चिया खाएर जाउ।
       27-Nov-2017

चियाका कुरा

उसले सन्केर फोन राखिदिइ।
मलाइ नमज्जा लाग्यो।
भित्रै देखि रुन मन लागेर आयो। म रोइदिए।
आँसुहरु झरिदिए। बर्बर्बर।
आशुहरु- परेला-गाला- दारी हुँदै टेवलको सेतो पानाभरी खसे। पाना भिज्यो। सङै म पनि।
केटो सुटुक्क आएर हेर्यो।
केही भन्नलाई मुख खोल्यो, भन्यो 'अलि उता गएर रोइ न यार। मेरो कापी भिज्यो।'
मैले कापी अलि पर सारिदिए।
उसले फेरि केहि भन्यो- जाम हिड देउराली च्या खान,
म जुरुक्क उठे।
देउरालिमा च्या खादै गर्दा त आइस।
मैले खान लागेको च्या खोसेर पिउन थालिस।
एकथोपा लिपिस्टिक च्याको कपमा खसेछ।
च्या पुरै चक्लेटी भैदियो।
मलाई चक्लेट मन पर्दैन। बरु तैले दुख फ्लेवरको लिपिस्टिक लाउने पर्ने नि। मलाइ दुख क्या मन पर्छ नि।
टेवलमा चुरोट छ।
मैले सलाइ कोरे।
चुरोट सल्काए।
सल्किदै गरेको चुरोट चियाको कप भित्र राखिदिए।
त्यसै कपमा मेरो एक टुक्रा मन पनि थियो।
         23-nov-2017

मनका कुरा

अपृय केटि।
तलाइ थाहा छ नि तेरो बारेमा।
मलाइ पनि थाहा छ तलाइ कपडा बुन्न खुब्बै मज्जा लाग्थ्यो।
त्यो दिन बजार कुनाको एउटा कपडा पसलबाट तैले र मैले २ डल्ला ऊनको धागो किनेर ल्याएका थियौ।
थाहा छ त्यो पसले ले तलाइ र मलाई देखेर जिस्काए झै  मुसुक्कै हासेर सोधेको थियो- ' भाउजू, दाइलाइ के बुनिदिन लाग्नु भयो?
त्यति बेला तैले केही बोलिनस।
धेर महिना पछि, मेरो जन्मदिनमा झिलमिले कागज भित्र बेरेर तैले सुटुक्क केही दिइस।
मलाइ थाहा थिएन त्यो झिलझिले भित्र के थियो- मैले झिलझिले खोलेर हेरे तैले भित्र पट्टि एउटा गुलाबी कलरको मफलर पठाएकि थिइस।
एक बर्ष जाडोको दिनमा।
घाम लागेको बेला म त्यही मफलर घाटिमा बेरेर एमालेको चुनाब चिन्ह तापिरहेको थिए।
चौर हरियो थियो। घाम पारिलो थियो। मफलर गुलाबी थियो।
तलाइ थाहा छ? त्यो दिन मलाइ तेरो लास्टै याद आएको थियो नि।
त्यो दिन म खुब चकचके भएको रहेछु। मैले एक, अर्को, गर्दा गर्दै धागोको धर्को फुकाउन लागेछु।
हेर्दा हेर्दै मफलरको एउटा छेउ उध्रीएर आधा भैसकेछ- सङै मेरो मन पनि।
म झसङ भए।
अनि थाहा छ केटि मैले मफलर बचाउन त्यो धागो आधाबाट काटेर गाठो पारिदिए।
तेरो र मेरो रिलेशन जस्तै। अनि त्यसपछी त के मलाइ त्यो धागो फाल्न मन लागेन। साझ घर फर्केर धागो झिल्झिले कागज भित्र बाधेर मुधुसमा हालिदिए।
आजकल जैले हेर्छु त्यो मफलर आधा छ।
म पनि आधा छु। त पनि आधा नै त होलेस नि है ?
कैले काहीँ आधा आधा जोडेर एक नहुने रैछ।
एक हुन एकमा एक नै जोड्न पर्छ।
अनि केटि। सुन न। मैले यो कुरा क्या बिर्सेथे है।
आज एउटा केटोले ठ्याक्कै उस्तै मफलर हालेको रैछ घाटिमा।
मैले भगवानसङ कामना गरे। त्यो केटाको मफलर कैले नउध्रीयोस।
ऐले म देउरालिमा छु। त पनि आइजा न।
आधा आधा कप चिया खाएर एक बनाउला अनि सङै फर्किउला के हुन्न?
        18-Nov 2017

छोटा कुरा😉

तिमी आकाश हौ।
त्यसैले त मैले कैले भन्न सकिन तिमी मात्र मेरि हुन पर्छ।
किनकी मलाइ थाहा छ आकाश सबैको हो। म तिम्रो जिन्दगीको आकाशको पर अरबौ प्रकाश बर्षको दुरिमा चम्कदै निभ्दै/ चम्कदै निभ्दै गरेको एउटा तारा जो सायद तिम्रो बार्दलिबाट सजिलै देख्न समेत सक्दैन।
मलाइ थाहा छ म जून होइन। भन्नेहरुले भनिरहे आकाश जूनको हो।
यदि म जून हुदो हु त नेपाली फिल्मको डाइलग चोरेर सायद म भन्न सक्ने थिए- तिमी मेरि हौ! मात्र मेरि।
आजकल आकाशमा पातलिदै छ अरे।
थाहा छैन तिमि कता कता पातलियौ? कहाँ कहाँ प्वाल परेको छ तिम्रो ?
कहाँ कहाँ पग्लियौ तिमी कहाँ कहाँ च्यातियौ?
पैले इन्द्रेणी जस्तै थियौ तिमी, ऐले रुक्मिणी भैछौ।
लाजले हो कि लालिले त्यो मैले ठम्याउन सकिन।
पृय आकाश,
कुनै दिन तिमिलाइ ऐना हेर्ने फुर्सद मिलेछ भने। तिम्रो दायाँ तिरको केश नजिकै जरुर हेर्नु त्यहा एउटा चन्द्रमा छ। त्यो भन्दा थोरै पर चम्केर मर्नै आटेको एउटा तारा छ- त्यो म नै हु।
         oct 16-2017

कविता

         रुख र चरी।
हजारौ बर्ष पुरानो एउटा बूढो रुख थियो।
एक दिन एउटा सुन्दर चरि आएर
रुख भन्दा पनि बूढो हागामा बसि
त्यही आफ्नो गुड बनाइ
हेर्दा हेर्दै बच्चा जन्माइ र गइ भुर्‍र उडेर।
रुखलाइ त चरिसङ प्रेम भएछ।
तर
रुख चरिको पर्खाइमा बस्नु पनि हुदैन।
चरिले हजारौ अरु रुख भेटाउछे।
चरिले अरु हजारौ चरा पनि भेटाउछे।
यति धेरै थाहा छ मलाइ तर
तिमी एकदिन उडेर आउने छौ
यहि आशा बोकेर
म रुख जस्तै कुरि बसेको छु तिमिलाइ।
हजारौ आधी तुफान सहेर।
- तिमी फर्केर आउछ्यौ नि है?

कविता

       सिपाही साथी
मेरो साथि उ सिपाही हो।
दिन रात देशको सुरक्षा गर्छ।
उ हर पल आफ्नो परिवारको सुरक्षा गर्छ।
उसले खत्रासङ जानेको छ,
जिन्दगी जिउने कला।
मैले पनि जानेको छु- परिक्षा पास गर्न चाहिने कुरा।
जिन्दगीका परिक्षामा उ जहिल्य फस्ट आउछ।
स्कुलमा परिक्षामा म जहिल्य फस्ट हुन्थे।
उसले व्यबहार जानेको छ।
उसले ब्यापार पनि जानेको छ।
उ हर दिन यो देशको सेवा गर्छ।
उ हर छिन आफ्नी आमाको सेवा गर्छ।
उसले सुरक्षा जानेको छ।
त्यसैले त पोहोर साल मात्र उसले बच्चै देखि प्रेम गरेकी 'साने' लाइ
दुलहि बनाएर, घुम्टो ओडाएर, बाजा बजाएर घर भित्र्याएको थियो।
उसले त आफ्नो प्रेमको पनि रक्षा गर्न जानेको रैछ।
उ दशै तिहारमा घर आउँछ।
वरिपरिका सबैलाइ नया लुगा ल्याइदिन्छ।
आमालाइ नया धोति, बा लाई नया कुर्ता पाइजामा।
बहिनिलाइ टिसर्ट पाइन्ट अनि सानेलाइ रातो साडी।
उसले कपडा किन्न पनि जानेको छ।
उसले खुसी किन्न जानेको छ।
उ कहिले काहीँ मेरो घर तिर पनि आउँछ।
स्कुलले दिएको सर्टिफिकेट झुन्ड्याइएको छ भितामा।
उ घरी भित्तामा हेर्छ। घरी मेरो अनुहारमा हेर्छ।
खोइ के सोच्छ।
सायद सोच्दो हो - बेरोजगार मुला।
उ गाउ भरि सबलाइ भेट्न जान्छ।
सबलाइ के के ल्याइदिन्छ।
उसले मलाइ पनि एउटा घडी ल्याएको रहेछ।
सिल्भर कलरको।
त्यही घडी हेरेर सोच्छु म - समयले मान्छेलाइ कहाँ पुर्याउदो रहेछ।
म बेरोजगार मनुवा हु।
म किताब पढिरहेको छु
जिन्दगी पढ्न अझै वाकी छ।
मेरो खल्तिहरुलाइ जहिले अभाव भैरहन्छ।
मेरा चाहनाहरुलाइ जहिले रित्तो खल्तिले थिचिदिन्छ।
जागिर पाउन कि अनुभव चाहिन्छ कि नेताको चिठ्ठी।
म सङ कुनै पनि छैन।
हरेक महिना साहुलाइ भाडा तिर्न मैले बा लाई सम्झनु पर्छ।
हरेक छाक खाना खान मैले आमालाइ सम्झनु पर्छ।
म रुख हुन सकिन।
मैले आफ्नै जिन्दगीलाइ अड्याउन सकिन।
उ बेला बेला फोन गरेर सोध्छ
के छ तेरो खबर?
केही सहयोग चाहिए निर्धक्क भन्नू ल
म त तेरो सानै देखिको साथी हो नि यार।
तैले धेरै पढ्नु पर्छ।
अझै माथी जानू पर्छ।
मैले पढ्ने मौका पाइन तर तलाइ देखेर खुसी लाग्छ।
मैले उसलाइ फोन गरेर
भन्न पनि त मिल्दैन नि- कुनै गणितका सुत्र नजाने सोध है म सिकाइदिउला नि।
उ त जङको सिपाही हो।
उसले बन्दुक चलाउन जानेको छ।
उसले जिन्दगी चलाउन जानेको छ।
उसलाइ थाहा छ
जिन्दगी चलाउने कुनै सुत्र गणितले दिदैन भनेर।
उ सिपाही हो।
उसले आफ्नो प्रेमको रक्षा गर्न जानेको छ।
            २०७५-०६-०४

Thursday, September 13, 2018

कबिता

         यादहरु
'होइन म ख्वाइदिन्छु के
आ गर न।'
मेरो प्रस्तावको बोली।
'नाइ म आफै खाइहाल्छु नि'
उसको अप्ठेरो माने झै आवाज।
मैले उसलाइ ख्वाउछु भनेर
पानी पुरिको आफै खाइदीए
छ्या तिमी त कस्तो छुच्चो'
एउटा रिसाए जस्तो भाव।
'बाहुनि तिम्रो नाक त चुच्चो '
हाम्रो संयुक्त हासो।
त्यो पानी पुरिको ठेला
कुनै कफि सप भन्दा कम भएको थिएन।
उसको साथले
जहिले जता पनि स्पेशल बनाइदिन्छ।

पुरिका डल्लाहरी रितिदै गए
हाम्रा यादहरु झन थपिदै गए।
कोहि आफू रितिएर
कतै कसैलाइ भरिदिनु
प्रेम त्यही त हो नि, होइन र?
मलाइ पिरो भयो
उसको स्वा! स्वा! बोलि
पानी खाउन त।
मैले पानिको बोतल थमाइ दिएथे।
नाइ म त चक्लेट खाने हो।
त्यो पनि क्याडवरी
एउटा मन्द मुस्कान सहितको इच्छा।
उता उसको हातको क्याडवरि सकिदै थियो।
यता हाम्रो यात्रा सकिन आट्यो।
'एक छिन नजाउन के'
मेरो आग्रहको बोली
'नाइ अब नगए त घरमा मार्छन मलाइ'
उसको त्रसित बोली।
'तिम्रो घर सम्म जान्छु नि त पुर्याउन तिमिलाइ'
मेरो अनुरोधको बोलि
'घर सम्म त अब जन्ति लिएरै आउनु कान्छा'
उसको मजाकिलो बोली।
त्यो दिन त्यो चोक।
मलाई त्यही छोडेर तिमी आफ्नो घर फर्कियौ।
मैले आफुलाइ आज सम्म पनि
त्यो चोक देखि मेरो घर फर्काउन सकेको छैन।

Friday, September 7, 2018

एउटा यात्रा!!

म अन्तिम सिट तिर छु। गुरुले गीत बजाउछ, एक चेहेरे से मुझे प्यार हो गया- त्यो तिम्रै चेहेरा थियो।
सायद त्यो तिमी नै थियौ, जस्लाइ म हरेक रोम्यान्टिक गीतका रिलिक्सहरुमा खोज्थे।
सायद तिमी नै थियौ त्यो जसलाइ मैले हरेक मुभी हेर्दै गर्दा मेरै छेउमा खोज्थे।
सायद त्यो तिमी नै थियौ- जसलाइ नचाहेर पनि चाहिँ नै रहे।
त्यो तिमी थियौ जसको एउटा हात समाएर मैले जिन्दगीका हरेक यात्रामा हिड्न खोजेको थिए।
त्यो तिमी नै थियौ सायद जसको काधमा सुख दुख सबै भुलेर मैले निदाउन चाहेको थिए।
सायद।। सायद ।।। त्यो तिमि नै थियौ।
तर भनिन्छ नि चाहनु र पाउनु बिचमा केही माइल, केही इन्च , केही घन्टा , केही समयको फासला छ।
हो त्यो दुरि त्यो फसाला कटेर न म नै अगाडि आउन सके। न त तिमी।
दुरिले यती ठूलो हुरि ल्यायो कि - तिमीलाई र मलाइ यो पृथ्विका दुई बिपरित धुर्बमा पुर्याइदियो।
ऐले म एकदमै चिसो भएको छु।
त्यसपछी तिमि मेरो तिमी रहेनौ।
म तिम्रो  म रहिन।
हो केटि समय सार्है बलवान् छ।
कम्जोर तिमी रहेछौ ।म रहेछु। हामि रहेछौ।
हामिलाइ कैले बलवान् हुन आएन। हामिलाइ कैले खुसि हुन आएन।
हामी सायद खोलाका किनार हौ। जो बर्खामा भरिन्छ हिउदमा सुक्छ।
फेरि बर्खाले भर्ला नि भन्ने आशामा।
-लुम्बिनी,
ह्वाइट गुम्बा भरी भिड छ मान्छेहरुको।
जताततै कोलाहल, चिच्याहट, क्यामेराको आवाज
तर त्यो केही छिनको लागि मात्र।
मान्छेलाइ सबै भन्दा प्यारो त आफ्नै घर हुन्छ। त्यो ह्वाइट गुम्बा ऐले क्या एक्लो भयो होला
म पनि घर फर्किसके। मेरो घर कति खुसी छ किनकि बिहान छोडेका बचेरा साझ सम्झिएर फर्केका छ्न तर ह्वाइट गुम्बामा मान्छे अक्सर कैले फर्किदैनन।
म चहान्छु हाम्रो सम्बन्ध ह्वाइट गुम्बा जस्तै नबनोस।
केबल देखावटी मात्र। त्यो घरको के काम जहाँ परिवार बस्दैन?
म चहान्छु हामी बरु घर जस्तै बनौ।
कि सम्झेर बचेरा साझमा फर्किउन।
गाडी मान्छेले भरिएको छ। कोचाकोच होइन तर त्यही खाली पनि छैन।
म पछिल्लो सिट तिर कहि गएर बसे। तिम्रो नजिकै कतै।
तिमिले चाल पाइनौ। एउटा म भन्दा पनि लुरे खलासी उर्फ खले ब्रो तिमि छेउमै आयो भाडा माग्दै। चेन्ज सकिएछ।
मैले भने 'म दिन्छु हुदैन'? तिमी फर्कियौ म पछाडी थिए।
खले दाइ गयो। तिमी पनि झ्यालमा टाउको अड्याएर झ्याप भयौ।
हावाले तिम्रो कपाल उडाइ रह्यो। तिम्रो कपालले मेरो मन उडाइ रह्यो।
यु।सि।एम।एसमा गाडी रोक्दा म बिउझिए। तिमी पैल्यै कतै झरिसके छौ।
यात्राको नमज्जा यहि नीर लाग्छ मलाइ।
मन परेकाहरु खबरै नगरी कहि बिच बाटोमै झरिदिन्छ्न।
-चिया
चिया एउटा बिमारी हो।
एउटा लत। जसको कुनै उपचार छैन। देउराली हाम्रो अड्डा हो- च्याड्डा।
साझ प्राय चिया पिउनै पर्छ।
म खासै पानी पिउदिन। शरीरमा पानीको पुर्ती चियाले नै गर्छ होला सायद मलाइ कैले तिर्खा लाग्दैन।
चिया जस्तै अब मलाइ तिम्रो बानी पनि लाग्ला जस्तो छ।
म एकचोटि बानी परिसके पछि सजिलै छुटाउन सक्दिन।
चियाको कप त बरु रितिए पछि टेवलमै छोडिन्छ।
तिमी चियाको कप होइनौ।
तिमी प्रेमको सिल्ड हौ। जसलाइ पाउन जो कोहि चाहन्छ।
तर म प्रेमको कम्जोर खेलाडी हु। म तिमिलाइ अरुले जितेको हेर्न चाहन्न तर आफुले जित्न पनि सक्दिन।
तसर्थ। अब यो समय तिमिलाइ बिदाइ गर्ने हो।
तर बिदा हुनु पुर्ब एक कप चिया खाएर जाउ।
नोट:-ऐले रातिको ४ बजेको छ। मलाइ धेरै लेख्न मन थियो। तर मन भागेर तेरै छेउमा पुगिसकेछ।

कबिता - तिमी गए पछि त!

तिमी गए पछि त
मलाइ आफ्नै कोठा पनि बिरानो लाग्छ।
तिमी गए पछि त।
मलाई म छु जस्तो नै लाग्दैन तिमी हुदाको जस्तो।
कहाँ हुदो रहेछ र
तिमी गए पछि त।
हिजो रातभर के न के कुराले सताइ रहयो।
कहाँ पुग्यौ होला?
यो मन देखि टाढा, यो ठाउँ देखि टाढा
छेवैको सिटमा
खोइ को पो पर्यो होला?
तिमि त्यो मान्छेसङ बोल्यौ कि बोलिनौ होला?
यस्तै यस्तै
तर धेरै कुराहरु खेलिरहे मनमा।
मेरो मन रसियाको फुटवल स्टेडियम भन्दा पनि
धेरै भरियो।
तिमी गए पछि त।
राती खोइ कति बजे पो हो
मुङ्लिनको जाममा अड्किए भनेथ्यौ,
तिमी निदाउन सक्यौ होला कि
सकिनौ होला?
लागेथ्यो एकपटक फोन गरि हेरौ
तर गरिन, खोइ किन हो।
मलाइ थाहा छैन।
रात भरिमा मलाइ कति पटक सम्झियौ होला?
यात्रा भरिमा म छेवैमा छु भनेर खोइ कति पटक कल्पियौ होला?
मैले जस्तै हाम्रा पुराना कुराहरु
खोइ के के सम्झियौ होला?
हामी कसरी भेटिएथ्यौ, के के भनेर बोलेथ्यौ?
के के पो सम्झियौ होला।
गला सुक्दा छेवैको पानीको बोतलबाट
घुटुक्क पानी पियौ होला।
साच्चै तिमिले मलाइ के के भनेर सम्झियौ होला।
तिमी गए पछि त
मेरा झ्यालका पर्दा कति सम्म नखुल्ने होलान।
ग्यासको चुलो खोइ कति दिन सम्म नबल्ने होला।
एका बिहानै मलाइ चिया खा! न भन्दै खोइ कस्ले उठाउने होला।
तिमी गए पछि त।
घरको सानो बिरालो पनि म्याउ गर्दै मेरो कोठामा आउदैन होला?
आपको रुख माथी बसेर काग कराउदैन होला?
म पुगेर कल गर्छु ल
भन्दै थियौ जाने बेलामा।
म फोन कुरेर रात भरी बसिरहे तिम्रो।
जाने बेलामा लाएको कलेजी रङको लिपिस्टिक ऐले सम्म त खुइलियो होला।
आखाको गाजल खोइ हरायो कि हराएन।
अझै तिम्रो फोन आएन।
तिमी गए पछि
तिमी भए जस्तो नहुने रहेछ।
तिमी गए पछि त!!!!

एक रात

ऐले रातको १ बजिसक्यो।
म रुम छोडेर हिडेको १२ बजे हो। बस यसै निस्किदिए निस्कदा यति टाढा पुगिन्छ झै लागेको थिएन। तर पुगे। जिन्दगी न हो नसोचेका, नचाहेका धेरै कुरा भैदिन्छ्न।
एउटा हातमा हात भरी नअटाउने मोबाइल छ। अर्को हात खाली छ।
जसरी बाहिनो छाती गरुङो छ। दाहिने छाती हल्का छ।
म बेला बेला देव्रे साइड तिर ढ्ल्के हिड्छु। त्यो गरुङो छातिलाइ ग्र्याभिटेले तानेको होला सायद। नचाहदै पनि यस्तो हुन्छ। जाबो २५० ग्राम न हो।
जिन्दगीमा भने नि केही कुरा यसै भैदिन्छ।
कैले टाउको दुख्छ - टाउको भारि हुन्छ।
कैले छाती दुख्छ - मन भारी हुन्छ।
UCMS मा कृकेट चलिरहेछ। चारै तिर उज्यालो छ। बत्ती छ्न। मान्छे छ्न।
मेरो मनमा युद्ध चलिरहेछ। चारै तिर पिडाहरु छ्न। घाउहरु छन। यादहरु छ्न। बस मान्छे, ती कतै छैनन।
मेरो जाबो फिस्टे मन।
मेडिकल कलेजको माथि, ठूलो रातो अक्षरमा इमर्जेन्सी भनेर लेखेको छ।
रातो त खतराको चिन्ह हो रे।
रातो प्रेमको चिन्ह हो रे।
म ढोका खोल्दै थिए। गार्ड देखियो, सोध्यो - कता जान लागेको।
मैले भने - उ त्या भित्र इमर्जेन्सीमा।
उसले फेरि प्रश्न गर्यो- किन?
मैले भने - मुटु दुख्या छ।
गार्ड - के ले?
म - मायाले।
सायद गार्ड पनि आजित हुदो हो माया बाट मलाइ धक्ल्दै भन्यो - अब वरिपरि देखे भने मैले जान्या छु।
मैले जान्या छु? - उसले जानेको छ तर के? मैले थाहा पाइन।
अब कहाँ जाने? को छ जसले यो मुटुको ब्यथा निको पार्न सक्छ?
को हो त्यो? कहाँ छ त्यो? मलाइ केही थाहा छैन।
ऐले म UCMS पछाडिको बाटो भैरहवा जाँदै छु।
किन हो थाहा छैन वस जादैछु।
बाटो कच्ची छ। हिजो परेको पानीले पुरै हिलो छ।
मलाई हिलो देखि डर छैन। मलाइ अँध्यारो देखि पनि डर छैन। म हिलोमा यसै हिडिदिन्छु। खुट्टा फोहोर छ मेरो।
माटो लागेको छ। मन घायल छ मेरो - खोइ के पो लागेको छ।
वाटो भरी कुकुर छ्न। मरन्च्यासे, दुब्ला, पातला, फोहोरी कुकुरहरु। मलाइ हेरिरहेका छ्न।
सायद सोचे होलान - फोहोरि मान्छेहरु अरुको मन दुखाउछ्न।
म वाटो भरी खोइ के बर्बराए ऐले याद छैन।
एउटा घर अगाडि म जोरले चिच्याए। त्यो घरको कुकुर झन जोरले भुक्यो।
मैले मोबाइलको लाइट बालेर हेर, त्यो घरको पर्खालमा लेखेको रहेछ ' मान्छे देखि सावधान मान्छेहरु मन दुखाउन सिपालु हुन्छ्न।'
म झस्किएर मेरो मन छामे। मेरो मन त्यहा थिएन।
मेरो बाहिनो छाती ऐले हलुका थियो। म बायाँ ढल्किएर हिडेको पनि थिइन।

अरे मेरो मन कता खस्यो? म अत्तालिए। म झस्किए। म बहुलाए। मैले खोजे तर मेरो मन वरिपरि कतै थिएन।
अब म निरास भए। अँध्यारो बाटोमा मेरो अँध्यारो अनुहार धन्न कसैले देखेन। सोचेर खुसी पनि भए।
अध्यारोको फाइदा यहि त होनि - अध्यारोमा यहाँ कसैले कसैलाइ देख्दैन/ चिन्दैन।
अब मैले मन खोज्न छोडिसकेको छु। मलाइ त्यस्ता दुख्ने मन चाहिएको छैन।
म अगाडी बढ्छु।
अब सुनौली जाने हाइवे आइसकेको छ।
मलाइ खोइ के कुराको याद आउँछ म फोन हेर्छु।
मलाइ बोल्न मन लाग्यो यसै नम्बर थिच्न थाले।
कति धेरै नम्बर मिलेने। नम्बर मिल्ने कतिले फोनै उठाएनन।
मैले फेरि मन मारे।
म हाइवेको बिच्चै बाट हिडेको छु। ऐले गाडिहरु त्यति धेरै आउदैनन।
मलाइ रुन मन लाग्छ। तर रुदिन।
 मेरो खुट्टाको चप्प्ल छोएर केही तरल मेरो खुट्टासम्म आइपुग्यो अरे! सडक त भिजेको छ। तर आज पानी परेन फेरि यो सडक कसरी भिज्यो।
अलि अगाडि सडकको बत्तिको उज्यालो छ।
मुन्तिर एउटा केही बस्तु थिचिएको छ र त्यहाबाट रगत जस्तो केही निस्किएर पुरै सडक गिलो बनाएको रहेछ।
मैले नजिकैबाट के रहेछ भनि हेरे। झसङ्ग भए। मेरो आत्मा डरायो।
मैले मेरा आखामा बिश्वास गर्न सकिन।
त्यो मेरै मुटु थियो। जुन केही बेर अघि खोइ कता हराएको थियो।
त्यो म भन्दा अगाडि त्यहा कसरी पुग्यो।
म आश्चर्यमा परे। मेरो दिमाग रन्थनियो।
मैले मेरो मुटुलाइ टिपे त्यो अझै धड्किरहेको रहेछ।
मेरो मुटु तल एउटा कागज जस्तोमा केही लेखिएको थियो।
मैले ल्याम्प पोस्टको उज्यालोमा पढे - त्यहा
राता अक्षरमा एउटा नाम लेखिएको थियो,
   'मुनरिया'

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...