Sunday, May 7, 2023

तिमि र म !!!



सायद नभेटिनु पर्थ्यो कि
तिमि र म?
वा भेटिए पनि नबोलि हिड्नु पर्थ्यो कि?
ल बोली नि हाल्यौ अरे
मन नलगाउनु पर्थ्यो कि?
उत्खनन गर्दै जादा भेटिन सक्छन गल्तीहरु
उत्खनन गर्दै जादा मेटिन सक्छ्न चाहनाहरु
यसो गरौ न बरु
हामी आजलाइ बाचौ,
भोलिलाइ फेरि भोलि छ्दै छ नि, हुदैन?
म सपनाको राजकुमार होइन तिम्रो
म यथार्थको मदजुर हु।
म बाहना गरिरहौला तिमिसङ बोल्ने
म कोशिस गरिरहौला तिमिलाइ भेट्ने
तिमी हुदैन हुदैन भन्दै बोलिदेउ
तिमी एकदमै व्यस्त छु भनेर पनि भेटिदेउ।
म अँध्यारो रातीमा हेरिरहुला तिम्रो घर तिर
तिमी यता तिर फर्केर बत्ती बालिदेउ
म पठाउला तिम्रो घर माथि निस्केको जुनको फोटो
अनि भनुला 'हेर त आज तिमिलाइ हेर्न जुन तिम्रै घर माथी निस्किएछ'
तिमी लजाए झै गरिदेउ।
हो म सफल छैन तिमी जति
तर डर लाग्दैन असफलता देखेर
जिन्दगीको मापन केले गरिन्छ र?
मलाइ त जिन्दगी बाच्न मात्र आउँछ।
जिन्दगी बित्ने रहरले त हो, होइन र
तिमी मेरो रहर बनिदेउ
नभेटिनु पर्थ्यो हामी भेटिहाल्यौ
नचिनिनु पर्थ्यो हामी चिनिहाल्यौ
म लिन आउला तिमिलाइ डोलि लिएर
तिमी हुन्छ भनिदेउ
तर भने नि
म तिम्रो सपनाको राजकुमार होइन
म यथार्थको मजदुर हु।

No comments:

Post a Comment

म भुलि जाने याद जस्तो, म कस्तुरीको सुवास जस्तो। डुल्दै डुल्दै म हराएको वाटो जस्तो म चिप्लो रातो माटो जस्तो। म भुलि जाने याद जस्तो, म अभागिको...