सामान्य सपनाहरु

यो कस्तो जिन्दगी हाम्रो जहाँ सपना पनि सपना जस्तो देख्न सकिँदैन।

सपनाहरु यहाँ बिपना जस्ता छ्न। परिस्थिले, समयले अनि जिम्मेवारीले थिचेर बनाएको लेप जस्तो आखामा आएर टासिदिन्छन सपना यहाँ । हरेक पटक कसैले मेरो उद्देश्य के हो? मलाइ जिन्दगीमा के गर्नु छ भनेर सोध्यो भने कति पनि नहिच्किचाइ दुइटा मात्र कुरा आउँछन 'यार जिन्दगीमा एउटा गतिलो घर बनाउन पाए, बा आमालाई प्लेनमा चडाएर निर्धक्क काठमाडौ वा पोखरा यस्तै कुनै ठाउँ घुमाउन पाए " मलाइ लाग्छ यी सपना मेरा मात्र हैनन म जस्तै मद्यम बर्गमा जन्मिएका खाली खुट्टा माटोमा धसारेर हिडेका धेरै युवाको सपना हो। मलाइ थाहा छ यो। कति सस्ता छ्न हाम्रा सपनाहरु जुन पैसाले किन्न सकिन्छ। कति घातक छन हाम्रा सपनाहरु जसलाइ पूरा गर्न यो जिन्दगी हासी हासी फालिदिन सक्छौ हामी चाहे त्यो खाडीको तातो घाममा होस वा जम्बु कस्मिर तिरको चिसो हिउँ मा लड्दा लड्दै होस। साना सपनाको अघि यो ठूलो जिन्दगी पनि केही नहुदो रहेछ। तर यी सपनाहरु सजिलै कसैको अगाडि भन्न सकिँदैन। यो कस्तो विवस्ता होला हाम्रो। अनि म सजिलै झुट बोलिदिन्छु । तर बास्तबिकता यहि हो हाम्रो, आजका अधिकास युवाको सपना भनेकै जाबो एउटा घर बनाउनु छ अनि कसरी हुन्छ समाजको रुपान्तरण कसरी होला यो देशको बिकास। यहि सपनाको भारी बोकेर गरिब युवा खाडिमा हिड्छ्न अलिधनी अस्ट्रेलिया, युरोप, क्यानडा र अमेरिका। यो देश यसै रित्तिएको हैन। ड्राइभरले गाडी रोक्छ। म सोच्मग्न मुन्द्रा देखि अलि बाहिरिन्छु। पिसाबले च्यापेको छ एकदमै। गाडिको कोलियामा झर्ने यात्रुको भिड छ। म त्यही भिड्मा अलि अलि च्यापिदै अलि अलि पिसिदै ढोकाबाट बाहिर निस्कन्छु। मेरो जिन्दगीले मलाइ च्यापिन अभ्यस्त बनाएको छ। गाडी लामो समयको लागि रोकियो, सायद खाना खान होला। नेपालमा बसमा यात्रा गर्दा मेरो एउटा नियम छ 'कसैले फ्री मा ख्वाए पनि खाना (भात) नखाने" सायद जिन्दगीमा मैले इमानदारीता पुर्वक मानेको नियम यहि एउटा हो। यात्रुहरु खाना खान थाले म छेउको पसलमा पसेर एक कप चिया☕️ भने अनि एउटा चिसो बेन्चमा बसेर चिया पर्खिरहे। एकछिनमा चिया आयो। मैले चियाको कप तिर हेरे अनि चिया ल्याउने साउनीको अनुहारमा हेरे दुबै उस्तै लाग्यो। त्यो चिया हेर्दै नमिठो थियो। एलदम सेतो मानौ साहुनीले आफुले लगाएको अलिकति पाउठरको धुलो हालेर ल्याएकी हुन। चिया पकाउनु एउटा कला हो। चिया पकाउन एकदम सजिलो छ तर मीठो चिया पकाउन एकदम गाह्रो। चिया पकाउनु र केटि फकाउनु उस्तै हो भन्छ्न दुबै कुरामा धैर्यता चाहिन्छ। खैर! पैसा तिरेर किनेको चिया नखाइ यसै छोड्न पनि मनले मानेन फेरि राती भोक लाग्ला कि भन्ने पिर। धादिङको जाडो उस्तै त्रिशुलीको सिरेटो उस्तै। मैले चिया पिउन सुरु गरे। बाहिर चिसो छ। बरु बस भित्रै गएर बस्ने निर्णय गरे। सिटमा यसै पल्टिरहदा प्यास लागे जस्तो भयो झोलाबाट पानीको बोतल झिकेर पिउदै गर्दा अलिकती पानी छातीको बाहिने पट्टि पोखियो छाला झन चिसो भयो अनि दिमागमा एउटा पुरानो घटनाको याद आयो जुन यसप्रकार थियो: SLC दिएर प्लस टु पढ्दा मलाइ एकजना केटि खुब मन पर्थिन तर हाम्रो फ्याक्ल्टी फरक थियो। फ्याक्ल्टी फरक भए पछि बिल्डिङ पनि फरक उस्तो देख्नै गाह्रो हुने। उसको बिल्डिङ तिर रसायन बिज्ञानको ल्याब थियो हप्तामा एक पटक ल्याब जादा यहि उनिहरुको छिटो छुट्टी नभएको भए उसलाइ देखिने त्यही ५% चान्स हुन्थ्यो। त्यही पनि मेरो लागि ठूलो थियो। म गाउँ बाट पहिलो पट्क बजार पढ्न गएको बजारका स्कुल कलेजको खासै मेसो थिएन सुरुमा पछि यसो बुझ्दै जादा तेस्रो घन्टी पछि ५ मिनेट जतिको ब्रेक हुने रहेछ कलेजमा त्यही समयमा पानी पिउन जाने ट्यवाइलेट जाने गर्दा रहेछ्न सबै जना। एकदिन साथीले पानी पिउन जाम भनेर कर गर्यो मैले पनि हुन्छ नि त जाउ भनेर धारामा जादा त्यो केटिसङ धारामा भेट भयो। त्यस पछि देखि करिब एक महिना जति त्यो समयमा म निरन्तर धारामा पानी पिउने निहुमा जान थाले। उ प्राय उसको साथीसङै आउथी मलाइ केही भन्ने वा बोल्ने हिम्मत थिएन बस उसलाइ लुकेर हेर्थे अनि आफ्नै कक्षा फर्कन्थे। नेपालगन्ज गर्मीको मौसम, एकदिन उसले आफ्नो साथीलाइ छ्याप्छु भनेर फालेको एक अन्जुली पानी झुक्किएर मेरो बाहिने छातीमा आएर पोखियो। सब जना गल्ल हासे म लाजले रातो पिरो भए। उ अलिकती ग्लानी मान्दै हासी र त्यो दिन उसको नाम थाहा पाए मैले। त्यो पानीको शितलता आज फेरि मैले मेरो छातीमा महसुस गरे। केही पलहरु जिन्दगीभर याद आइरहन्छन भलै त्यो मान्छे याद आओस न आओस ........................................................

Comments

Popular posts from this blog

पुनु तिमिलाई शुभकामना!

कबिता- चिया प्रेम

सिन्दुर नलगाउ है