Monday, January 11, 2021

कविता

 म जुन हु तिम्रो

सङ्सारको कुनै कुनामा जाउ तिमी
म पछ्याउँदै आउला तिमिलाइ

आफ्नो बरण्डा देखि हेर तिमी
वा रातिको लामो दुरिमा
गाडिको झ्यालबाट हेर
म त्यही हुने छु तिम्रो माथी
बनेर सितको थोपा
बर्षिरहेको हुनेछु।

तिमि सोधौले अरे!
म रातिमा मात्र किने देखिन्छु भनेर
अँध्यारो रात, तिम्रा नराम्रो दिनहरु हुन
असफलता मिलेको बेला
जिन्दगीले पिरोलेको बेला
म त्यही हुनेछु तिमिलाइ वाटो देखाउन
म शीत वनेर तिम्रो आँसु रोइरहेको हुनेछ।
- २०७७/९/२२ 

No comments:

Post a Comment

म भुलि जाने याद जस्तो, म कस्तुरीको सुवास जस्तो। डुल्दै डुल्दै म हराएको वाटो जस्तो म चिप्लो रातो माटो जस्तो। म भुलि जाने याद जस्तो, म अभागिको...