Tuesday, December 27, 2022

मेरो दारीमा ऊ

दार्हि लामा भैसकेका छन। झुस्स परेका. थाहा छैन पछिल्लो पटक कैले हो काटेको पनि, समय बितिसक्यो।
कपाल पनि झरेको झर्यै गर्छ, कोशिस नगरेको होइन रोक्नलाइ तर भन्छन नि केहि कुरा हाम्रो नियन्रणमा हुदैन चाहे त्यो कपाल होस या समय रफतार  एकै छ दुबैको।
समय समयमा समयको कुरा आइरहन्छ। समय यस्तै त छ नि साथी रेडियोमा बजेको भि टेनको गीत जस्तो- मन परे सुनिरहु लाग्ने मन नपरे पनि बदल्न नमिल्ने। आज थोरै समयको कुरा गराैन है?

त्यो समयमा म जम्मा जम्मि ४९ किलो मात्र थिए। ऐना अगाडि उभिएर नियाल्थे म आफैलाइ,मेरो शरिरका हड्डिहरु प्रस्ट देखिन्थे ऐनामा। यदि यो फिल्ड छोडेर म मेडिकल तिर गाको भए के थाहा म आफ्नै शरिरलाइ हेरेर ओस्टियोलोजि पढिरहेको पो हुन्थे कि? थाहा छैन मलाइ। खैर! मेरो कलेज देखि केहि पर मैदान छ एउटा शान्त, सुन्दर र हरियाली मैदान नदि किनारमा। म त्यहि मैदानमा छु ऐले। मेरो शरिर लमतरान्न परेर सतेको छ घाँसमा र हरिरहेछन मेरा आँखाले आकाशमा बादलहरुको बिचित्र नाटक। म कैले काँहि सोच्छू मान्छेहरुलाइ झगड्न  के बादलले सिकायो होला त ?
केहि टुक्रा बादललाइ हावाको झोक्काले क्रमस नजिक ल्याउदै छ। सुस्त सुस्त बगिरहेछ हावा, हावाको सिरेटो मेरो कानमा सुस्तरि केहि भनेर जान्छ। हावाको आवाज अबोध बालक जस्तो छ। मैले धेरै कोशिस गरे बुझ्नलाइ तर खोइ के पो भनेर गयो हावा, फेरि फर्केर आउछ आउदैन।
म फेरि आकाश तर्फ नै हेर्छु ऐले बादलका टुक्रा धेरै नजिक आइसकेका छन। मलाइ थाहा छ अब बादलमा बन्ने छ एउटा आक्रिति र म खोज्ने छु तिमिलाइ बादलको त्यहि आक्रिति भित्र। तिमि फरक पनि त छैनाै नि बादल भन्दा, कति पनि। तिम्रो सुकोमल थीयो अनुहार , तिमि पनि सिपालु थियाै शान्त पार्नलाइ मेरो रिस। यदि आज तिमि यहाँ हुदि हाै  त थाहा छ, मैले तिमिलाइ निक नेम के दिने थिए? - बादल!
के मन पर्दो थियो होला तिमिलाइ मैले दिएको नाम? सायद तिमिले भन्दि हाै - " तिमिलाइ त  निक नेम दिन नि आउदैन उल्लु, केटिको नाम पनि बादल हुन्छ त कहि?"
बरु जून भन न! जून, के म जून जस्तै राम्रि छैन र?  यहि आवाज मेरो कानमा गुन्जियो,
मलाइ लाग्यो तिमि छेवैमा छाै मेरो, तर तिमि त्यहा छैनाै वास्तबिक्ता त्यहि त हो नि।

आकाशमा हावाको बहाब बड्न थाल्यो, नजिएका  बादलका टुक्रा फेरि टाढिन थाले, एक्कासि बादल मडारिन थाल्यो मैले भनेको थिए नि, समय समयमा समय समय यस्तै भैदिन्छ।
बर्सातका केहि थोपा अनुहारमा परिसकेका छन तर पनि यहाँबाट उठन मन छैन मलाइ । केहि जोडि परेवा मेरै माथिबाट उडिरे गए, सायद बर्सात छल्नलाई होला।
यहि बादल र बर्सातको जस्तो थियो नि हाम्रो प्रेम पनि। म कहिल्यै निर्णायक भइन प्रेममा। मन परायौ पनि तिमिले, प्रेम प्रस्ताव गर्यौ पनि तिमिले, र छोडेर गयौ पनि तिमि म बर्सात भएर पछ्याइ रहे तिमि हिडेका पाइलाहरु, तिमिले निर्देशित गरेका दिशाहरुमा हावाले उडाएर लैजाने बादलको  एउटा टुक्रा जस्तै।
यति भनिरहदा मैले तिमिलाई प्रेम गरेकै होइन भन्न् खोजेको होइन। मैले त प्रेम गरेको हो, तिमिलाई देखेको पहिलो दिन देखि नै कलेजको गेटबाट छिरेर ई-रिक्साकोबाट झर्दै गर्दा तिमिलाई देखे पछि एउटा अप्रत्यासित जस्तो आफ्नोपना महशुस गरेकै हो। ती गर्मिका दिनमा चिसो हावाले छोएर जादा दिने सितलता जस्तो, वा धेरै पछि तिमिले र मैले एउटै प्लेटबाट खाने देउरालीको विर्यानीले दिने आनन्द जस्तो।
कलेजको पहिलो दिन भाग्यवस भनौ वा दुर्भाग्यवस भनौ तिमि म बसेकै बेन्चको दायाँ पट्टिको सिटमा आएर बस्यौ। आफुले मन पराएको मान्छे नजिकै बस्दा एकदमै असजिलो महशुस हुदो रहेछ मेरो जिन्दगीको नयाँ अनुभव थियो त्यो।
रुररल सोसियोलोजीको क्लास थियो त्यो, सरले नबुजिदो लवजमा समाजमा हुने बिहेका प्रकार पढाइरहदा तिमि ठुलो ठुलो स्वरले सरको हो मा हो थपिरहेकि थियौ। थाहा छैन त्यो बखत के पो चलेको थियो तिम्रो मस्तिस्कमा मैले चाहिँ सोचेको थिए तिमि र म बिहेको जग्यमा तिमि मेरै दाहिने तर्फ बसेको। त्यो दिन २ पटक सम्म मलाई छोइरहने  तिम्रो बाहिने हातको कुइनोको खुब सम्झना आउछ मलाइ, दोस्रो पटकमा तिमिले भनेकि थियौ "सरि है झुक्केर लाग्यो" डोन्ट माइन्ड 'इट्स ओके' मैले भनेको थिए। कस्तो मजाकिलो दुर्भाग्य पुर्ण सम्योग यो हाम्रो जिन्दगीको पहिलो  र अन्तिम कुरा सरिबाट सुरु भएर सरिमा नै अन्त्य भयो।

अर्को दिन हर्टिकल्चरको पहिलो क्लासमा सबै जनाको परिचय भयो। त्यो दिन तिमि म भन्दा अघिल्लो बेन्चमा थियौ। तिम्रो परिचय पछि मैले परिचय दिए, त्यो क्लास यसै सकियो त्यो दिन तिम्रो नाम थाहा भयो मलाई तिमिले मेरो कुरा के कति सुन्यौ मलाई थाहा छैन। त्यहि दिउसो क्यान्टिनमा पनि भेट भयो तिमिसङ कलेजको सानो सङ्सारमा हामी ठोकिने बाटोहरु, ति घुम्तिहरु जता जतै थिए। हामी पनि केहि कुराको प्रवाह नगरि स्वत्नत्र नदि झै बग्दै हिडिरह्यौ मोदहरुमा, किनाराहरुमा तिमि र म नजिक हुनुको पनि एउटा अनौठो छ कहानी खोइ किन हो यहाँ लेखिरहन मन छैन। 
ती पुराना दिनहरु फर्केर हेर्दा  म आज बाँचेको जिन्दगी निरस लाग्छ तर अब बास्तबिक्तामा बाँच्नुको विकल्प पनि त छैन नी। कालान्तरमा भविष्य सोच्ने मैले त्यो प्रेमको भविष्यको बारेमा किन केहि सोचिन होला? तिमिसङ् किन कहिल्य केहि भनिन होला भन्ने लाग्छ मलाई। देशको  राजधानीमा हुर्केको तिमि, मेरो लागि सबै कुरामा पर्फेक्ट मान्छे  तिमि सायद मलाई कहिल्य लागेन होला एकदिन छुट्टिनु पनि पर्छ। मलाई लागिरहन्छ प्रायः सबै कुरामा तिमि भन्दा अव्बल कहिल्य पनि हुन नसक्ने मान्छे म, तिमिले म'मा के देखेर मन परायौ होला?
तिमिलाई देख्न पाउदिन आज म र पनि त्यो बेलाको तिम्रो आँखाबाट मलाई म' हेर्न मन छ।


No comments:

Post a Comment

म भुलि जाने याद जस्तो, म कस्तुरीको सुवास जस्तो। डुल्दै डुल्दै म हराएको वाटो जस्तो म चिप्लो रातो माटो जस्तो। म भुलि जाने याद जस्तो, म अभागिको...