बहुलठ्ठि मन!!!


दुई बर्ष भयो। मोबाइलको प्याटर्न फेरेको छैन।
आज एउटा घटना भयो, म भाइहरु सङ बसेर केही बेथुक गफ गर्दै थिए।
बिचमा मोबाइल खोल्न मन लाग्यो, तर मरि गए पनि प्याटर्न याद आएन। दुई चार पटक कोसिस गरे मिलेन। फेरि तीस सेकेन्ड पछि प्याटर्न हाने अह मिल्दै मिलेन। अन्तमा मोबाइल रिसेट गर्नु पर्यो।
मैले जिन्दगीमा यती मीठो बिर्सनुको अनुभव आज सम्म गरेको थिइन। आहा हामिले चाहेका कुरा यति सजिलै बिर्सन सकिने भए कति रमाइलो हुदो हो जिन्दगी।
साच्चै ती मान्छेहरु लक्कि हुन जसले सजिलै बिर्सन सक्छ्न ती।
दुई दिन अघि फेसबुकमा एउटा फ्रेन्ड रिक्वेस्ट आएको थियो। हिजो बिहान हेरु कि नहेरुको दोधारमा हेरेरै छोडे।
सारी र चुरा पोते लगाएको फोटोमा उ हद भन्दा पनि राम्री देखिकी थिइ।
प्रोफाइलमा अझै खोतलि हेरे, पाँच बटा फोटो उसको श्रीमान सङको पनि रहेछ।
ती फोटोहरुमा ऊ निक्कै खुसी देखिएकी थिइ।
बिहे हुनु केही दिन अघि मैले सोधेको थिए - खुसी त छौ नि?
उसले अनुहार बिगार्दै भनेकी थिइ - अहँ।
खैर, खुसि हुनु वा दुखी हुनु भनेको समय अनुसार परिबर्तन हुन सक्ने कुरा हो तर म भने खुसी र दुखि एकै समयमा हुनु सक्छु। यो कुरा थाहा पाए पछि
आमाले एउटा हातले चुलोमा पोते घुमाउदै भन्थिन 'त अस्ता मान्छे कहिल्य खुसी हुन सक्दैनन'
अ भन्न बिर्सेछु त्यो फ्रेन्ड रिक्वेस्ट पठाउने मान्छे मेरो जिन्दगीको पहिलो क्रस हो।
उसलाइ मेरो जिन्दगी ज्रेबाक्रस बनाउछु भनेर सोचेको थिए दुइ साल पहिले उसले रेडक्रसमा काम गर्ने सङ भागेर बिहे गरि।
त्यस पछि मेरो जीवन जेब्राक्रस बिनाको सडक झै भयो। जसलाइ जता मन लाग्यो कुल्चेर गए। गह्रौ ट्रकहरु पनि गुडे सडक भरी खाल्डा खुल्डी बने।
जिन्दगीले खुब झ्याक्न थाल्यो।
घाउ परेको मेरो जिन्दगीलाई मल्हम पट्टि बाधन जरुरी थियो।
डाक्टर खोज्दै जादा बाटोमा नर्स भेटियो।
उसलाइ भेटे पछी धेरै हिड्ने चाहाना पनि भएन र जागर पनि थिएन।
सडकका घाउहरु बिस्तारै भरिन थाले। उसले औषधिले राम्रै काम गरेको थियो।
दिन भरि क्लास हुन्थ्यो उसको। साझ रुम फर्किने बित्तिकै भिडियो कल गरेर दिन भरिका बृतान्त सुनाउथी म सङ।
कहिल्य काहीँ म अन नभए भने एउटा लामो मेसेज छोडेर जान्थी।
जेठी छोरी भएकाले साझ घरको काम गर्नु पर्ने उसलाई। यसो कामवाट फुर्सद मिल्यो भने कल गरिहाल्थी।
मलाइ उसको दैनिकी लगभग कण्ठस्त थियो।
उसको लाइक्स डिस्लाइक्स, उसको मिल्ने साथिहरु सबको बारेमा जानकारी थियो।
जस्तो कि उसको मन पर्ने रङ पहेलो, मन पर्ने खाजा म:म। मन पर्ने ठाउँ पोखरा। आइसक्रीम र पानी पुरी प्राय जसो उसको स्टकमा हुन्थे। म सङ बोल्दा खाने गर्थी।
म प्राय माइ डे मा खाने कुराको फोटो राखी रहन्थे। उ जैले भन्थि 'मलाई खोइ' मेरो रेडिमेट जवाफ हुन्थ्यो 'अब भेट' हुदा।
उसको नाइट ड्युटी पर्दा कति धेरै रात म अनिदो बसेको छु। उसको त मानौ लत लागेको थियो मलाई ।
एकछिन नबोल्दा छ्टपटि हुने स्तिथी थियो। त्यस सालको दशैमा केहि हप्ता म सम्पर्क बिहिन थिए।
एकदिन फेसबुक खोलेर हेर्दा उसको इङेजमेन्टको फोटो उसको प्रोफाइलमा देखे। मन खिन्न भयो।
केटो एम बि बि एस डक्टर रहेछ।
त्यो साल मङ्सिरमा उसको बिहे भयो। एकदिन फेसबुकमा मैले चक्लेटको फोटो राखेको थिए। उसले कमेन्ट गरेकि रहिछे 'मलाइ खोइ' ?
मैले ' उसैसङ माग जो सङ तिमि छौ' यति भनेर उसलाइ अनफ्रेन्ड गरिदिए।
मेरो बिग्रेको नसिब, इन्सटामा आज बिहानै उसको बिहेको भिडियो देखे।
ऊ मेरो जिन्दगीको दोस्रो क्रस थिइ। मैले चाहेको थिए उ मेरो जिन्दगीको रेडक्रस होस भनेर।
मेरा घाउहरुमा मलहम लगाइदिने मान्छे। म दुखी हुदा पनि मुस्कान दिने मान्छे।
मेरा खुसीहरुमा हासिदिने मान्छे। मेरो नौरास्यतामा हौसला दिने मान्छे।
हो मैले चाहेको थिए।
बिर्सन सक्नु एउटा कुरा बिर्सन खोज्नु अर्को कुरा। मान्छे यि दुइ बिच्चको प्राणि हो। नबिर्सनु हुने कुरा अक्सर बिर्सन्छ। बिर्सन खोजेको कुरा बिर्सन सक्दैन। जस्तो कि मैले बिर्सन सकेको छैन माथि भनेका धेरै कुराहरु।

Comments

Popular posts from this blog

पुनु तिमिलाई शुभकामना!

कबिता- चिया प्रेम

सिन्दुर नलगाउ है