Friday, October 29, 2021

सवाल

सुर्यमुखिले सुर्यलाइ पछ्याए जस्तै

जिन्दगीभर कहाँ पछ्याउन सकिएला र तिमिलाइ 
बरु म तिम्रै छेउमा गुलाब बनेर फुलिदिउला। 
या त तिमी फुल्ने गमला बनिदिउला! 
ढकमक्क फुलिरहनु तिमी म तिम्रो भार सहिरहुला। 

अथवा म हावा बनेर
तिमिलाइ पछ्याइरहुला
तिम्रा कोशिका भरी फिजारिएर 
तिम्रो मुटुबाट सन्चालित भएर 
म पुगुला तिम्रो शरीर भरी 
वा तिमिलाइ शितलता दिन बहिरहुला तिम्रै वरिपरि म! 

अथवा कलकल बग्ने पानी बनेर
तिमि फुल्ने खेतबारि भिजाइदिउला 
तिमिले बोक्ने गाग्री भरिदिउला 
तिमिले पिउने चियाको रङ फिजाइदिउला 
तिमिले भन्छौ भने। 

अथवा तिमिलाइ प्रेम गरिरहने 
म प्रेमी बनेर हटाइरहुला बाधा अड्चन 
थपिरहुला खुसिका पल 
प्रेमको बर्सात बनेर 
भिजाइरहुला तिम्रो मन 
बनेर फूल गुलाबको सिउरिरहुला तिम्रो केशमा
वा बनेर तिम्रै प्रेमी सुन्दर बनाउला यो जिन्दगी।

Sunday, October 17, 2021

फोटो

 हाम्री आमाको अनुसार फोटो खिच्दा हासेको राम्रो फोटो हैन रे,  फोटो खिच्दा गमक्क भएर बस्नु पर्छ रे, त्यसैले आमाले हासेका १/२ वटा क्यान्डिड फोटो बाहेक अरु फोटोमा हासेको देखिदैन।

हुन त आमाका फोटोहरु नै कती होलान र ? गनेरै भन्ने हो भने एक दर्जन जति होलान - केही थान एल्बममा केहि मेरो मोबाइ फोनमा।

आमाको बिहे हुदा क्यामेराको उस्तो चलन थिएन, भए पनि आजको जस्तो थिएन, फोटो खिच्ने भनेकै नागरिकता बनाउदा बेलाको व्लायाक एन्ड ह्वाइट फोटो हो। त्यसैले आमा-वा को बिहेको फोटो पनि छैन एल्बममा। हेर्नुस त प्रबिधिले मान्छेका सम्झनमा पनि असर गर्दो रहेछ।

एल्वममा भएको आमाको र मेरो एउटा फोटो छ म एक-दुइ बर्ष तिरको हुदा होला। अर्को केही बर्ष अगाडी डिजिटल क्यामेरा आइसके पछि बा-आमाको फोटो छ। जुन आमाले ठूलो बनाएर भित्तामा अड्याइनु भएको छ।  आमा-बा को त्यही फोटो सङै जिल्ला शिक्षा कार्यलयले मलाई दिएको एउटा सम्मान पत्र पनि  झुन्डिएको छ भित्तामा। त्यसको लगत्तै मामाघरको मेरा बाजे ए बज्यैको एक प्रती फोटो छ भित्तामा। बाकी भित्ता सबै खाली छ आमाको फोटो एल्बमको जस्तै।

कहिले काहीँ सोच्छु म, मान्छेलाइ फोटोको आवश्यकता के के कारणले पर्छ होला है? जस्तो कि बिर्सन लागेका यादहरु फेरि ताजा गर्न, देश बिदेशका कुराहरु हेर्न वा आफुलाइ मन परेको मान्छे आफ्नो नजिकको अर्को मान्छेलाइ चिनाउन वा देखाउन, यस्तै यस्तै त होला नि?

अस्ति आमाले कुपिन्डे दह घुम्न जान मन छ भन्नू भयो।  खोइ कस्ले पो हो आमालाइ कुपिन्डे दहको बखान गर्नु भएको रहेछ, सौभाग्यवस केही साल अगाडी तिमी र म पनि पुगेका थियौ त्यहाँ, मैले मोबाइलमा त्यही दहको फोटो देखाए, फोटोको अन्तिम अन्तिम तिर तिम्रो र मेरो सङै उभिएको फोटो पनि रहेछ।

त्यो फोटो आमाले देख्नु भयो र म तिर को हो? को भावले हेर्नु भो।

मैले पनि तिम्रो बारेमा भनिदिए। अनि संयोग हेर न तिमी त्यो फोटोमा गमक्क भएर बसेकी रहिछौ, आमालाइ त्यो फोटो मन पर्यो अरे, एकछिन तिम्रो लागि तारिफको पुल बाध्नु भयो।

त्यस पछि मैले तिम्रो अरु अरु फोटो पनि देखाइदिए आमालाइ तिम्रो त्यो सारी लाएको फोटो हिजो देखि आमाको फेबरेट फोटो भएको छ।

आज आमासँग कोदो टिप्न गएको थिए म। आमाले फेरि तिम्रो कुरा झिक्नु भयो, को हो? कसकी छोरी ? घर कहाँ ? के गर्छे आदि आदि। मैले पनि केही केही कुराको जबाफ दिए, कुनै बेला कोहि केटिको नाम म सङ जोडिदा रिसाउने आमा आजकल खुब चासो दिन थाल्नु भएको छ। सायद उमेरको प्रभाव होला। 


हिजो दशैको दिन टिका लगाउदा सबले के के भनेर आशिर्वाद दिए मलाइ, तिमिलाइ पनि दिए होलान। हाम्रो परिवारको जेठो छोरा होस अब पढेर मात्र हुन्न, बिहे गर्नु पर्यो भनेर सबले जिस्काए, म बाहिर बाहिर लजाए मन मनमा मख्ख परे जे होस मनको भावना मन भित्रै राख्ने सफल भए। तर तिमिलाइ पनि खुब सम्झिए नि मैले, तिमिलाइ बाडुल्की लाग्यो होला कि नाइ तिमिले भनिनौ।

बिहे क्या अनौठो सम्बन्ध हुदो हो जस्तै लाग्ने है, जिन्दगीमा एक पटकको अनुभव होला है यो त? तिन-चार पटक बिहे गर्नेहरुले पहिलो पटक झै महशुस हरेक पटक गर्छन होला कि नाइ खोइ कहिले कहिले यस्तै कुरा सोचिबस्छु म। 

आमाका आजकल केही चेक लिस्टहरु छन। जस्तो कि एकपटक बा-सङ कासी धाम दर्शन गरेर गङ्गा नदिमा नुहाउने, एक पटक प्लेन चढेर काठमाडौ गइ पशुपति दर्शन गर्ने र चिडियाखाना घुम्ने, एकपटक पोखराको फेवातालमा ढुङ्गामा चढ्ने आदि आदि अब आमाको एउटा अर्को सपना थपिएको छ, जेठी बुहारी सङै फोटो खिचेर त्यसको फ्रेमिङ गरेर आफ्नो फोटो नजिकै भित्तामा झुम्ड्याउने, अब आमाका यी सपनाहरू पूरा गर्न मेरै काधमा छ।

भन अब आमासङै फोटो खिच्न कैले आउने हो तिमी?

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...