Tuesday, September 24, 2019

मन

मन अल्झिन 
महाजाल नै चाहिदैन सधै।
कैले काहि, 
बल्छी मै पनि अल्झिन्छ यो मन। 
कसैको एक मुस्कानमा 
कसैको एक हेराइमा 
कसैको एक बोलिमा मात्र 
बर्षौ सम्हालेर राखेको यो मन
अल्झिदिन्छ बस अल्झिदिन्छ।

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...