Tuesday, February 26, 2019

हा।मि

तिम्रो आँखा मै बस्न चाहन्थे
परेली भएर।
तिम्रो ओठमै बस्छु भनेथे
लिपिस्टिक भएर।

तिमी सङै बस्छु झै लागेको थियो
एउटै सिङ्गो आकाश भएर
एउटै जून एउटै घाम भएर पनि
फेरि किन यसरी टाढियौ हामी?

एउटै हाम्रो धर्ती भएर पनि
बहने एउटै हावा भएर पनि
हामिले श्वास फालेको हावाले
किन छुदैन होला एकअर्कालाइ?
किन भन्दैन होला उसलाइ
मैले कति सम्झेको छु भनेर पनि?

इन्द्रणिको दुई कुना जस्तै भएर
पृथ्वीको दुई ध्रुब जस्तै भएर
किन यसरी टाढिनु पर्यो हामी?

हामिलाइ त बस्नु थियो
एउटै फूलका दुई पत्र भएर।
एउटै बिउका दुई फक्लेटा भएर।
जसरी चलेको छ मुटु
दुई कुना भएर।
मलाइ त  तिम्रो मुटु भएर बाच्नु थियो।
  
    २०७५/११/१३

Thursday, February 21, 2019

तिमि

कहि पारी तिर तिमी छौ,
एउटा शहर छ।
अनि त्यो शहरमा तिम्रो पनि एउटा घर छ।

तिमिले अचेल मलाइ।
गाउले भनेर सम्बोधन गर्छौ रे।

तिमी शहरिया मान्छे
तिमिले मेरो गाउलाइ
कोक पठायौ।
फ्यान्टा पठायौ।
बियर, भोड्का के के पठाएनौ र?

हाम्रै तमाखु सस्तोमा किनेर
हामिलाइ महङ्गो चुरोट पठायौ।
हाम्रै गहुँ, चामल सस्तोमा किनेर
हामिलाइ महङ्गोमा चाउचाउ पठायौ।

तिमिलाइ हरेक कुरा
तोडमोड गरेर बेच्ने बानी परेको छ।
सुनन!
मैले मेरो दिल पठाएको छु।
त्यस्लाई टुक्रा पारेर नबेचिदिनु ल!

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...