Tuesday, January 29, 2019

कबिता - लिएर जानु

यदि जानू नै छ भने तिमिलाइ
केही छोडेर नजानू।
जस्तो तिम्रा पद चापहरु, तिम्रा सम्झना हरु।

यदि जानू नै छ भने तिमिलाइ
लिएर जानू
तिमिलाइ संसारकै सुन्दर देख्ने
मेरा यी आँखा
जस्तो कि बजार देखि गल्लिहरुसम्म
तिमिले समाएर हिडेका मेरा हातहरु।

यदि जानू नै छ भने तिमिलाइ
लिएर जानू
तिम्रा जोकहरुमा हासिदिने
मेरा हासोहरु
सङै यात्रा गरेका यी एक जोडि गोडाहरु।

यदि जानु नै छ भने तिमिलाइ
लिएर जानू
तिमिले चुमेका यी ओठहरु
हामिले सास फेरेको यो वायु

यदि जानु नै छ भने तिमीलाइ
लिएर जानू
यो मुटु पनि
मलाइ अब मुटु बिना नै वाच्ने चाहना छ।

२०७५/१०/१५
प्युठान

Wednesday, January 16, 2019

कबिता - जिन्दगी र घर

एउटा हातमा कमण्डल
र अर्को हातमा त्रिशुल बोकेर
म जिन्दगी खोज्न हिडेको मान्छे।

आज
हजारौ पैतलाको यात्रा पछि
बुझ्न थालेको छु।
मैले जिन्दगी त त्यही छोडेर हिडेछु
जहाँ मेरो अनुहार पढिदिने
मेरि अनपढ आमा थिइन।
मेरो हौसला बनिदिने
मेरो बलिया बा थिए।
सङै बसेर चिया पिइदिने मेरा सङगती थिए।

जहाँ दुख थियो।
संघर्ष थियो।
र पनि आफ्नो भन्ने कोहि थियो।
जहाँ मेरो परिवार थियो
त्यहि मेरो संसार थियो।

म जिन्दगी बुझ्न यती टाढा पुगेछु।
मेरो जिन्दगी त्यही थियो
जहा मेरो घर थियो।
२०७५/१०/०२

Thursday, January 3, 2019

कबिता- चिया प्रेम

कुनै दिन तिमी र म
एउटै टेबलको २ कुनामा वसेर
चिया पिउदै
आँखा जुधाउदै गर्दा।
यो सोच्नु पर्थ्यो कि
यी आँखाहरु पनि थाक्छन
यी कपहरु पनि रितिन्छ्न।
दूध, पानी र चिया पत्तिमा
चिनी अडिए जसरी
कहाँ जोडिन्छन चियामा मनहरु
अचेलका मनहरु त
क्यापोचिनो र एक्सप्रेसो हुन।
मानौ तिम्रो रुप झै
तिम्रो मन दूध चिया हो।
मेरो मन फिक्का चिया।
एका बिहानै दुध बेच्न आउने
रामुदाइको साइकलमा अडिएको
दुधको भाडो जस्तो
कहाँ अन्डिन्छ र यो माया अचेल
यो माया त
मोटर बाइकको पछाडी अडिनलाइ बनेको हो।
         २०७५/९/२०

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...