Wednesday, December 26, 2018

कबिता

परिक्षामा प्रश्न पढिसके पछि
लेखौ भनेको उतर भुलेको जस्तो।
वा मानौ
राती चार्जमा हालेको फोनको
पलगको स्विच अन गर्नु भुले जस्तो।
यती सजिलो कहाँ हुन्छ र
कुनै मान्छे भुल्न।
पेन्सिलले कापिमा लेखेको नाम
इरेजरले मेटाए जस्तो।
वा
बालुवामा लेखेको नाम
एक छालले बगाएर मेटाए जस्तो।
कहाँ हुदो रहेछ र सजिलो
कोहि मान्छेको याद मेटाउनलाइ।
मान्छे भुल्न त
नदिले किनारा नछोएर बहनु पर्छ
नया बर्षले रितु नफेरेर सकिनु पर्छ।
कुनै दिन
हामिले सास फेर्न बिर्सनु पर्छ।

Sunday, December 23, 2018

कबिता

श्री
हृदयनिवासी
तपाईं।
केही कुरा भन्नू छ, मलाइ।
केही कुरा सम्झाउनु छ तिमिलाइ।
केही समस्याहरु।
केही गुनासाहरु।

मलाई सुनाउनु थियो
कि कसरी तिमिलाई देखे पछि
पहिलो नजर मै प्रेममा परेको थिए म।

हास्दा अलिकती बाहिर निस्किने
तिम्रा दाह्राहरुमा।
अलिकति, काजल पोतिएका ति आखाहरुमा
अलिकती,भर्खर र्यापर खोलिएको जस्तो
चक्लेटी ओठको रङहरुमा।
अलिकती, सधै हसिलो देखिने त्यो मुहारमा
म यसै यसै फिदा भएको थिए।

मलाइ भन्नू थियो
जेब्राक्रसबाट सङै बाटो काट्दै गर्दा तिमिले मेरो हात समाएकि थियौ।
त्यसै दिन देखि तिमी मेरो क्रस भयौ।
तिमिले केही फिल गर्यौ? गरिनौ थाहा छैन।
तर
म खुब नभर्स भएको थिए त्यो पल।
र सोच्न भ्याएको थिए
जिन्दगीका सारा उकालाहरु
म कति सजिलै काटिदिने थिए।
यदि तिमिले यसरी नै मेरो हात समाइदियौ भने।

हावामा फर्फराइदिने तिम्रा केशहरुमा
ठुला आखाले टटकारो हेरिदिने तिम्रा नजरहरुमा
साधारण जस्तै लाग्ने तिम्रा असाधारण जोकहरुमा
मैले आफैलाइ हराइदिए छु।

आफैलाइ हराएर पनि
तिमिलाइ खोज्ने चेस्टा गरिरहे।
सायद मैले यहि भूल गरिरहे।

ऐले समय धेरै फेरिएको छ
तिम्रो मन भन्दा पनि धेरै।
ऐले दुरि धेरै बढेको छ।
त्यो मन र यो मनको भन्दा पनि धेरै।
ऐले म धेरै सम्हालिएको छु।
भूकम्प पछिको बसन्तपुरको मन्दिर भन्दा पनि धेरै।

भयो अब त यसरी
माया गरे झै गरि नबोलाइदेउ मलाइ।
हरेक बिहान, हरेक साझ
नसोधिदेउ मेरो खबर, मलाइ कस्तो छ भनेर?
मैले खाना खाए कि खाइन, म उठे कि उठिन भनेर?
मेरा अल्छी लाग्दा बानिहरुमा- गाली नगर मलाइ।
मेरा मुर्ख्याइँ लाग्दा कुराहरुमा- रिसाउने नगर मलाइ।
मलाइ हेरेर- आँखा नझिम्क्याउ, मुस्कान नदेखाउ।
मैले रिप्लाइ नगर्दा तिम्रो म्यासेज- मलाइ इमोश्नल नबनाउ
नसोधे, म कहाँ जाँदै छु, म के गर्दै छु भनेर।
किनकी तिमिलाइ थाहा छैन
मेरो मनको दुखाइ सरेर कता कता पुग्छ भनेर।

तिमी कुनै सुन्दर बगैचाको सुन्दर फूल हौ।
तिम्रा जिउने जिन्दगिहरु धेरै छ्न।
तिम्रो केयर गरिदिनेहरु पनि धेरै छ्न।
तिमिसङै हासिदिने हरु, तिम्रा आँसु पुछिदिनेहरु
धेरै धेरै छ्न, मलाइ थाहा छ।
तर
म मरुभूमिको क्याकटस हु।
शरीरमा काडा उमारेर मेरो जिन्दगी बचाइरहेछु।
मलाई एक्लै एक्लै बाच्नु छ मेरो जिन्दगी
मलाइ एक्लै रुनु छ, एक्लै हास्नु छ।

तर
तिमिले यसै गरिरह्यौ भने
मलाई फेरि पनि प्रेम हुन सक्छ तिमिसङ,
र तिमिलाइ फेरि पनि प्रेम हुने छैन मसङ।

२०७५/०८/२९

Saturday, December 15, 2018

कबिता

म त हिउँ थिए।
तिम्रो फेयर लब्ली लाएको गाला भन्दा पनि गोरो।
तिम्रो बार्बी डल भन्दा पनि सुन्दर।
मेरो आफ्नै शान थियो।
यो हिमाल थियो मेरो ज्यान थियो।
एकदिन केहि हिउँ नदेखेकाहरु आए
हिमाल नदेखेकाहरु आए।
कसैले फोटो खिचेर गए।
कसैले छाती किचेर गए।
हो त्यही भिडमा त हो क्यार
आएकी थियौ तिमी पनि।
तिमिले केही टुक्रा हिउँ मुठ्ठीमा दह्रो गरि समायौ।
तिम्रो मुठ्ठीमा त मेरो दिल पो रहेछ।
म बिस्तारै पग्लन थाले तिम्रो मुठ्ठीबाट
मेरो दिल पग्लन थाल्यो- थोपा थोपामा।
केही थोपा म।
कुनै नदिको मुहानमा पो मिसिएछु।
बग्दै बग्दै म एउटा ठूलो छहरामा खसे
तिमिलाइ कसरी सम्झाउ म
कि जब छहरा चट्टानमा खस्छ।
तब चट्टान भन्दा पनि बेसि दुख्छ त्यो पानीलाइ भनेर।
नदि नाला हुँदै
म विशाल समुन्द्रमा पुगेछु।
घरि ठुला जहाजको आवाजले तर्सायो।
घरी समुन्द्रका विशाल जिबहरुले तर्साए मलाइ।
बग्दै बग्दै समुन्द्रको किनारामा पुगेर
ठोक्किए कसैको हिउँ जस्तै पाउमा
मैले मेरो मुटु उठाएर हेरे
त्यो चेहरा मलाइ ठ्याक्कै तिम्रो जस्तो लाग्यो।
२०७५/०८/२९

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...