Sunday, May 7, 2023

पशुपतिको मृत्यु उत्सवमा!!🍁

फेरि लेखौ कि एउटा कविता
हाम्रो त्यो भेटको
पशुपतिको आरती, त्य मृत्यु उत्सवको पल
खोइ किन नियालेर हेरेकी थियौ तिमिले मलाइ
मेरा नजर पनि ठोकिए तिमिमा
मेरो मन अल्झिएछ क्यारे
बादल जस्तै बेरीएको तिम्रो कर्ली कपालमा।
भक्तजहरुको धुन गुन्जीयो 'जय होस'
हामी झसङ भएका थियौ
सम्हालेर आफैलाइ फेरि मग्न भयौ आरतीमा।
मलाइ थाहा छैन
तिमिले लुकेर हेर्यौ कि हेरिनौ मलाई
तर छलेर तिम्रो नजर फर्की फर्की हेरिरहे तिमिलाइ
मलाई तिमि त्यो पल
सुन्दर लागेको थियो त्यो साझ भन्दा पनि
मधुर लागेको थियो शिवको भजन भन्दा पनि
मलाइ सुन्दर लागेको थियो त्यो मृत्यु उत्सव पनि।
म झस्किएर हेर्दा
सबै लागेका थिए आफ्नो बाटो
मैले खोजेको थिए तिमिलाइ वरिपरि
मेरा नजरले भेटे सम्म
त्यो मृत्यु उत्सवको कोलाहलमा ए सोल्टिनी
खोइ कुन भिडमा हरायौ तिमी।
तर छैनौ हराएको तिमी मेरो सम्झनाबाट
फेरि कुनै दिन
म आउला तिमिलाइ खोज्दै खोज्दै
मृत्युु उत्सव मनाउने बाहनामा
त्यो दिन तिमी ए सोल्टिनी
मलाइ पर्खिरहनु है
गौशालाको त्यो माइक्रो स्टायन्डमा।

No comments:

Post a Comment

म भुलि जाने याद जस्तो, म कस्तुरीको सुवास जस्तो। डुल्दै डुल्दै म हराएको वाटो जस्तो म चिप्लो रातो माटो जस्तो। म भुलि जाने याद जस्तो, म अभागिको...