मेरो दारीमा ऊ
दार्हि लामा भैसकेका छन। झुस्स परेका. थाहा छैन पछिल्लो पटक कैले हो काटेको पनि, समय बितिसक्यो। कपाल पनि झरेको झर्यै गर्छ, कोशिस नगरेको होइन रोक्नलाइ तर भन्छन नि केहि कुरा हाम्रो नियन्रणमा हुदैन चाहे त्यो कपाल होस या समय रफतार एकै छ दुबैको। समय समयमा समयको कुरा आइरहन्छ। समय यस्तै त छ नि साथी रेडियोमा बजेको भि टेनको गीत जस्तो- मन परे सुनिरहु लाग्ने मन नपरे पनि बदल्न नमिल्ने। आज थोरै समयको कुरा गराैन है? त्यो समयमा म जम्मा जम्मि ४९ किलो मात्र थिए। ऐना अगाडि उभिएर नियाल्थे म आफैलाइ,मेरो शरिरका हड्डिहरु प्रस्ट देखिन्थे ऐनामा। यदि यो फिल्ड छोडेर म मेडिकल तिर गाको भए के थाहा म आफ्नै शरिरलाइ हेरेर ओस्टियोलोजि पढिरहेको पो हुन्थे कि? थाहा छैन मलाइ। खैर! मेरो कलेज देखि केहि पर मैदान छ एउटा शान्त, सुन्दर र हरियाली मैदान नदि किनारमा। म त्यहि मैदानमा छु ऐले। मेरो शरिर लमतरान्न परेर सतेको छ घाँसमा र हरिरहेछन मेरा आँखाले आकाशमा बादलहरुको बिचित्र नाटक। म कैले काँहि सोच्छू मान्छेहरुलाइ झगड्न के बादलले सिकायो होला त ? केहि टुक्रा बादललाइ हावाको झोक्काले क्रमस नजिक ल्याउदै छ। सुस्त सुस्त बगिरहेछ हावा,