Posts

Showing posts from February, 2022

सामान्य सपनाहरु

Image
यो कस्तो जिन्दगी हाम्रो जहाँ सपना पनि सपना जस्तो देख्न सकिँदैन। सपनाहरु यहाँ बिपना जस्ता छ्न। परिस्थिले, समयले अनि जिम्मेवारीले थिचेर बनाएको लेप जस्तो आखामा आएर टासिदिन्छन सपना यहाँ । हरेक पटक कसैले मेरो उद्देश्य के हो? मलाइ जिन्दगीमा के गर्नु छ भनेर सोध्यो भने कति पनि नहिच्किचाइ दुइटा मात्र कुरा आउँछन 'यार जिन्दगीमा एउटा गतिलो घर बनाउन पाए, बा आमालाई प्लेनमा चडाएर निर्धक्क काठमाडौ वा पोखरा यस्तै कुनै ठाउँ घुमाउन पाए " मलाइ लाग्छ यी सपना मेरा मात्र हैनन म जस्तै मद्यम बर्गमा जन्मिएका खाली खुट्टा माटोमा धसारेर हिडेका धेरै युवाको सपना हो। मलाइ थाहा छ यो। कति सस्ता छ्न हाम्रा सपनाहरु जुन पैसाले किन्न सकिन्छ। कति घातक छन हाम्रा सपनाहरु जसलाइ पूरा गर्न यो जिन्दगी हासी हासी फालिदिन सक्छौ हामी चाहे त्यो खाडीको तातो घाममा होस वा जम्बु कस्मिर तिरको चिसो हिउँ मा लड्दा लड्दै होस। साना सपनाको अघि यो ठूलो जिन्दगी पनि केही नहुदो रहेछ। तर यी सपनाहरु सजिलै कसैको अगाडि भन्न सकिँदैन। यो कस्तो विवस्ता होला हाम्रो। अनि म सजिलै झुट बोलिदिन्छु । तर बास्तबिकता यहि हो हाम्रो, आजका अधिकास युवाको सपना