Posts

Showing posts from October, 2021

सवाल

 सु र्यमुखिले सुर्यलाइ पछ्याए जस्तै जिन्दगीभर कहाँ पछ्याउन सकिएला र तिमिलाइ बरु म तिम्रै छेउमा गुलाब बनेर फुलिदिउला। या त तिमी फुल्ने गमला बनिदिउला! ढकमक्क फुलिरहनु तिमी म तिम्रो भार सहिरहुला। अथवा म हावा बनेर तिमिलाइ पछ्याइरहुला तिम्रा कोशिका भरी फिजारिएर तिम्रो मुटुबाट सन्चालित भएर म पुगुला तिम्रो शरीर भरी वा तिमिलाइ शितलता दिन बहिरहुला तिम्रै वरिपरि म! अथवा कलकल बग्ने पानी बनेर तिमि फुल्ने खेतबारि भिजाइदिउला तिमिले बोक्ने गाग्री भरिदिउला तिमिले पिउने चियाको रङ फिजाइदिउला तिमिले भन्छौ भने। अथवा तिमिलाइ प्रेम गरिरहने म प्रेमी बनेर हटाइरहुला बाधा अड्चन थपिरहुला खुसिका पल प्रेमको बर्सात बनेर भिजाइरहुला तिम्रो मन बनेर फूल गुलाबको सिउरिरहुला तिम्रो केशमा वा बनेर तिम्रै प्रेमी सुन्दर बनाउला यो जिन्दगी।

फोटो

 हाम्री आमाको अनुसार फोटो खिच्दा हासेको राम्रो फोटो हैन रे,  फोटो खिच्दा गमक्क भएर बस्नु पर्छ रे, त्यसैले आमाले हासेका १/२ वटा क्यान्डिड फोटो बाहेक अरु फोटोमा हासेको देखिदैन। हुन त आमाका फोटोहरु नै कती होलान र ? गनेरै भन्ने हो भने एक दर्जन जति होलान - केही थान एल्बममा केहि मेरो मोबाइ फोनमा। आमाको बिहे हुदा क्यामेराको उस्तो चलन थिएन, भए पनि आजको जस्तो थिएन, फोटो खिच्ने भनेकै नागरिकता बनाउदा बेलाको व्लायाक एन्ड ह्वाइट फोटो हो। त्यसैले आमा-वा को बिहेको फोटो पनि छैन एल्बममा। हेर्नुस त प्रबिधिले मान्छेका सम्झनमा पनि असर गर्दो रहेछ। एल्वममा भएको आमाको र मेरो एउटा फोटो छ म एक-दुइ बर्ष तिरको हुदा होला। अर्को केही बर्ष अगाडी डिजिटल क्यामेरा आइसके पछि बा-आमाको फोटो छ। जुन आमाले ठूलो बनाएर भित्तामा अड्याइनु भएको छ।  आमा-बा को त्यही फोटो सङै जिल्ला शिक्षा कार्यलयले मलाई दिएको एउटा सम्मान पत्र पनि  झुन्डिएको छ भित्तामा। त्यसको लगत्तै मामाघरको मेरा बाजे ए बज्यैको एक प्रती फोटो छ भित्तामा। बाकी भित्ता सबै खाली छ आमाको फोटो एल्बमको जस्तै। कहिले काहीँ सोच्छु म, मान्छेलाइ फोटोको आवश्यकता के के कारणले पर