खोइ के जिन्दगी
कैले काहीँ साझको ८ बजे आमालाई फोन गर्दा आमा निदाइसक्नु भएको हुन्थ्यो। यी र यस्तै प्राय दिनहरुमा मलाइ रातको १२/१ बजे सम्म पनि फिटिक्क निद्रा लाग्दैन थियो। आमाको दिन भरिको श्रमले लखतरान हुनुहुन्छ, निदाउनु हुन्छ। मलाइ पनि खुब शरम लाग्छ, निदाउन सक्दिन। जिन्दगीमा धेरै दुख लाग्दा दिनहरु देखियो र अझै देखिदै पनि छ केही रमाइला दिनहरु पनि छ्न सम्झनामा तर हुनु पर्ने यस्तो हो कि हामीले दुखमा दिनहरु बिर्सदै जाने सुखका दिनहरु सधै याद भइरहने यी कुरामा हाम्रो मस्तिष्क अलि फरक चल्छ। आमालाइ फोन गर्दा प्राय अलिक लामो समय कुरा हुन्छ, आज सम्मको आमासङ कुरा भएको लामो समय भनेको करिब ३५ मिनेट जति होला, आमाले फोनमा मेरो बारेमा कम सोध्नु हुन्छ आफ्नो बारेमा कम बताउनु हुन्छ गाउँ घर र अरु अरु कुरा धेरै हुन्छ्न हाम्रा, यसको बिपरित बा सङको लामो समय कुरा भएको रेकर्ड करिब १ मिनेट ४५ सेकेन्ड छ। बा'ले सोध्ने प्राय फिक्स प्रश्न छ्न जस्तो कि "बाबू का छ्स?", "खाना खाइस?" "अरु सबै त ठिक छ?" ल आफ्नो ख्याल गर्नु र कतै हिड्न लागेको छु भने " ल राम्रोसङ जानू?" मैले पनि यजन अनुसार जवा