Posts

Showing posts from June, 2020
भर्खरै ब्रेकअप भएको प्रेमिका आँखा जस्तो आजकल आकाश बर्सिरहन्छ। मानौ कुनै ठुलो पिडाले मनमा बारम्बार पिरोलिरहेछ। पीडा पखाल्ने आँखा भन्दा राम्रो माध्यम अरु केही हुन सक्दैन- यस्तो मेरो मनले भन्छ। हाम्रो घर तिन तल्लाको छ। सब भन्दा तल हाम्रो घरका विशेष पाहुनाहरु बस्छ्न। हाम्रो भैंसी अस्ति भर्खर ब्याएको छ, उसले उ जस्तै राम्रो पाडी पाएको छ। गाउँमा प्राय राङो जन्मियो भने सानैमा बेचिदिने चलन हुन्छ किनेर लाने मान्छेले काटेर खान्छ्न अरे, त्यति सानो वच्चा कसरी काटन सक्छ्न होला लौ मलाइ त सम्झिदै जिउ सिरिङ भएर आउँछ। नोट: यो लेख जनावरको हक अधिकारका लागि लड्नेहरुका लागि हैन। तर हाम्रो भैंसी क्या लक्की छ उसले त पाडि जन्मायो, आफू जस्तै हल्का काली छ पाडी तर फरक पर्दैन मान्छे भए पो काली छु भन्दै पिर गर्थी होला। म मन मनै धन्यवाद दिन्छु भैसिलाइ धन्न तिमिले काली नै छोरी जन्मायौ नत्र कालो अक्षर भैंसी बराबर भन्ने उखान बर्थ जादो हो है। आमा पानिले भिजेर आउनु भाछ बाहिर बाट। आमाको यसै बर्बराउने बानी छ। आफू काममा गाको बेला पानी पर्यो भने आकाशलाई गाली गर्दै फतफताउनु हुन्छ। आमाको यो वानी क्या खत्रा लाग्छ मलाइ दिन भर