Posts

Showing posts from December, 2019

बहुलठ्ठि मन!!!

दुई बर्ष भयो। मोबाइलको प्याटर्न फेरेको छैन। आज एउटा घटना भयो, म भाइहरु सङ बसेर केही बेथुक गफ गर्दै थिए। बिचमा मोबाइल खोल्न मन लाग्यो, तर मरि गए पनि प्याटर्न याद आएन। दुई चार पटक कोसिस गरे मिलेन। फेरि तीस सेकेन्ड पछि प्याटर्न हाने अह मिल्दै मिलेन। अन्तमा मोबाइल रिसेट गर्नु पर्यो। मैले जिन्दगीमा यती मीठो बिर्सनुको अनुभव आज सम्म गरेको थिइन। आहा हामिले चाहेका कुरा यति सजिलै बिर्सन सकिने भए कति रमाइलो हुदो हो जिन्दगी। साच्चै ती मान्छेहरु लक्कि हुन जसले सजिलै बिर्सन सक्छ्न ती। दुई दिन अघि फेसबुकमा एउटा फ्रेन्ड रिक्वेस्ट आएको थियो। हिजो बिहान हेरु कि नहेरुको दोधारमा हेरेरै छोडे। सारी र चुरा पोते लगाएको फोटोमा उ हद भन्दा पनि राम्री देखिकी थिइ। प्रोफाइलमा अझै खोतलि हेरे, पाँच बटा फोटो उसको श्रीमान सङको पनि रहेछ। ती फोटोहरुमा ऊ निक्कै खुसी देखिएकी थिइ। बिहे हुनु केही दिन अघि मैले सोधेको थिए - खुसी त छौ नि? उसले अनुहार बिगार्दै भनेकी थिइ - अहँ। खैर, खुसि हुनु वा दुखी हुनु भनेको समय अनुसार परिबर्तन हुन सक्ने कुरा हो तर म भने खुसी र दुखि एकै समयमा हुनु सक्छु। यो कुरा थाहा पाए पछि आमाले एउ