Saturday, March 2, 2019

एउटा भ्रमको अन्त्य!!

बाटोमा एक्लै हिड्दा प्राय: चिच्याएर गीत गाउने बानी छ। चिच्याउनु पनि यति धेरै कि मैले चिहान नजिकै चिच्याए भने गाइगोठका चराहरु आवाज सुनेर तर्सिन्छ्न।
चिच्याउनुको पनि आफ्नै मज्जा छ साहेव। चाहे त्यो रहर लागेर होस वा केही कुराको फ्रस्टेसन निकाल्न होस। स्वर त सुरिलो छैन र पनि कानमा इयरफोन लाएर गाउदा अरिजित सिंह भन्दा कम मिठो सुनिदैन मेरो स्वर।
यसरी नै हो मैले आफुलाइ राम्रो गाउछु भन्ने दर्जामा राखेको छु।
आफुलाइ भ्रममा राख्न सक्नु चुनौतिको कुरा रहेछ। अझ झन त्यस्तो बेलामा जब सत्यताको भनक पैले नै लागिसकेको हुन्छ।
'प्रेम पनि त एक भ्रम हो' वहाले यस्तै भन्नू हुन्छ।
अचेल म वहालाई प्रेम गर्न थालेको छु। सायद यो पनि भ्रम नै होला मेरो, भ्रम नै सहि- यो छोटो जिन्दगिमा भ्रमिक प्रेमले दिने खुसी म किन ब्यर्थ गुमाउ?

मेरो स्वरको इन्टेन्सिटी झन झन बढेको छ। मैले आज फोन बोकेर हिडेको छैन। आफ्नै सुरमा दिमागमा आएका विभिन्न हिन्दी गीतका केही केही टुक्काहरु जोड जोडले चिच्याएर गाउदै हिडेको छु।
बेला बेला आलाप लिन्छु जुन झन बेसुरा हुँदै गएका छ्न र पनि मैले लिन छोडेको छैन।
अब म एक छिन रोकिए - मेरो नाकलाइ एलर्जी भयो। केही मिटर पर तिन जना केटिहरु भैसिको नजिकै गएर फोटो खिचिरहेका छ्न।
' यो भन्दा पनि राम्रो भैंसी छ घरमा जति फोटो खिचे पनि हुन्छ , जाने हो? मैले भन्न मन छ तर भन्दिन।
तिनिहरुको शरीरबाट पर्फ्युमको बास्ना एकदम गनाइरहेछ। मलाइ यो बास्ना देखि एलर्जी छ। मैले नाक थुने। कदम अलि छिटो बढाए र अलि पर पुगे पछि तिनिहरुलाइ फर्केर हेर।
कालो ड्रेस लाउने केटिले टड्कारो आखाले हेरेकी रैछ, मलाइ लाज लाग्यो म छिटो छिटो हिडेर अलप भैदिए।

जिन्दगीमा कति अजिब भ्रमहरु हुन्छ्न। यदि जिन्दगी भ्रम नै हो भने, सायद म चिच्याएर गित गाउदै हिडेको पनि भ्रम पो हो ? मलाइ पर्फ्युम देखि एलर्जी हुनु, त्यो कालो ड्रेस लाउने केटिले टड्कारो आखाले हेर्नू, मैले तिमिलाई चिन्नु र प्रेम गर्नु- यी सबै सबै कुराहरु भ्रम हुन पनि त सक्छन।
सायद हामिले देखेको सपना पो हो कि हामिले बाचेको यो जिन्दगी?
कि त सायद हाम्रो जिन्दगी कसैले बनाएको फिल्म पो हो कि?
 
मान्छे किन  जन्मन्छ र जन्मे पछि फेरि किन मर्छ? यति ठूलो ब्रह्माण्डमा पृथ्वीमा मात्र किन छौ हामी?
वा हामिले जनावरलाई पाले जस्तै कसैले पालेको पो हो कि हामिलाइ?
यो आकास भन्दा पर के छ होला?
किन दिन उज्यालो र रात अँध्यारो हुन्छ होला?
त्यो अन्धकार पर के छ होला? - कुनै जीवन? शुन्यता कि त अरु नै केहि जस्को कल्पना हामिले अझै पनि गर्न सकेका छैनौ?
यो ब्रह्माण्ड, यो पृथ्वी, हो हावा यो पानि। तिमि, म यो शरीर यो प्रेम - सबै भ्रम पो हो कि? कुनै मिठो सपना।
जिउ सिरिङ हुन्छ सम्झदा पनि। कस्तो आश्चर्य।

आज ५६ घण्टा जति भैसक्यो।
वहाँको मौन ब्रतमा हुनु हुन्छ। धर्तिले पनि त झरी पाउन असार कुरेको छ।
प्रेम गर्छु भनेको दिनबाट धेरै कुरा फेरिदै जान्छ्न।
जस्तो कि बोलिरहन पर्ने। भेटिरहन पर्ने। रिसाइ रहनु पर्ने, फकाइ रहनु पर्ने। त्यो अघि पनि त हामी नजिक हुन्छौ। बोलेका हुन्छौ। हासेका हुन्छौ। ठूलो कुरा त हामी खुसी हुन्छौ।
एउटा बाक्यले जिन्दगी उथल पुथल कसरी गर्न सक्छ?
सायद यो पनि त मेरो भ्रम हुन सक्छ।
वहाले भन्नू भएको थियो प्रेम भ्रम हो भनेर। म पनि यहि भ्रम पालेर बसेको छु मैले वहालाई प्रेम गरेको छु।

२०७५/११/१८

No comments:

Post a Comment

म भुलि जाने याद जस्तो, म कस्तुरीको सुवास जस्तो। डुल्दै डुल्दै म हराएको वाटो जस्तो म चिप्लो रातो माटो जस्तो। म भुलि जाने याद जस्तो, म अभागिको...