Posts

Showing posts from March, 2019

बादल

कहि त छे होला ऊ केही पैतला हिडेर, केही पहाड उक्लेर केही मन उछिनेर सायद पुगिन्छ होला उसको गाउँ। घरै आगनमा पानी भर्दै पधेरिमा नया बटुवा देखेर अच्चमित हुँदै आखामा केही त भाव नचाउछे होला उसले केही मुस्कान त लजाउछे होला उसले। कस्ले सिकायो होला उसलाइ यती मीठो गरि लजाउन कस्ले पो सिकायो होला उसलाइ ठिक्क मिलेका आखामा गाजल लगाउन उसले त हिन्दी सिरिएल पनि हेरेकि छैन। बादल गर्जेर आकाशमा चिम्म आँखा कान बन्द गरेकि होला केही डर केही हासो पक्कै ओठमा भरेकि होला। मलाइ छोएर जाने हावाले उसलाइ छोयो कि छोएन होला मलाइ बिछ्ट्टै रुझाउने पानीले उसको तन रुझायो कि रुझाएन। धेरै बिति सक्यो समय अझै मलाइ बाडुल्की आएन कि घात गर्यो यो बाडुल्किले कि त उसलाइ साच्चै मेरो याद आएन। - पक्लिहवा २०७५/१२/१२

एउटा भ्रमको अन्त्य!!

बाटोमा एक्लै हिड्दा प्राय: चिच्याएर गीत गाउने बानी छ। चिच्याउनु पनि यति धेरै कि मैले चिहान नजिकै चिच्याए भने गाइगोठका चराहरु आवाज सुनेर तर्सिन्छ्न। चिच्याउनुको पनि आफ्नै मज्जा छ साहेव। चाहे त्यो रहर लागेर होस वा केही कुराको फ्रस्टेसन निकाल्न होस। स्वर त सुरिलो छैन र पनि कानमा इयरफोन लाएर गाउदा अरिजित सिंह भन्दा कम मिठो सुनिदैन मेरो स्वर। यसरी नै हो मैले आफुलाइ राम्रो गाउछु भन्ने दर्जामा राखेको छु। आफुलाइ भ्रममा राख्न सक्नु चुनौतिको कुरा रहेछ। अझ झन त्यस्तो बेलामा जब सत्यताको भनक पैले नै लागिसकेको हुन्छ। 'प्रेम पनि त एक भ्रम हो' वहाले यस्तै भन्नू हुन्छ। अचेल म वहालाई प्रेम गर्न थालेको छु। सायद यो पनि भ्रम नै होला मेरो, भ्रम नै सहि- यो छोटो जिन्दगिमा भ्रमिक प्रेमले दिने खुसी म किन ब्यर्थ गुमाउ? मेरो स्वरको इन्टेन्सिटी झन झन बढेको छ। मैले आज फोन बोकेर हिडेको छैन। आफ्नै सुरमा दिमागमा आएका विभिन्न हिन्दी गीतका केही केही टुक्काहरु जोड जोडले चिच्याएर गाउदै हिडेको छु। बेला बेला आलाप लिन्छु जुन झन बेसुरा हुँदै गएका छ्न र पनि मैले लिन छोडेको छैन। अब म एक छिन रोकिए - मेरो नाकलाइ ए

शुन्य

कतै दुर बसेर कोइलिले गीत गाए जस्तो। जस्तो कि रातले जूनसङ पिरती लाए जस्तो। फकाउन जान्दिन म र पनि फकाए जस्तो। रिसाउन्न भन्दा भन्दै पनि तिमी रिसाए जस्तो। सितल हावाले छातिमा बोकि याद तिम्रो ल्याए जस्तो मानौ रातले जूनसङ पिरती लाए जस्तो। कोहि कहि कतै त छ ऊ हो त्यही मान्छे फर्केर आए जस्तो। धेरै भैसक्यो तिमिले पनि बिर्सिएको मलाइ बस यत्ती कुरा मैले सझाए जस्तो। पिरती भन्न पनि आखिर के नै हो र साथी मान्छे आउदैन फर्केर बस याद मात्र आए जस्तो। २०७५/११/१७