Saturday, December 15, 2018

कबिता

म त हिउँ थिए।
तिम्रो फेयर लब्ली लाएको गाला भन्दा पनि गोरो।
तिम्रो बार्बी डल भन्दा पनि सुन्दर।
मेरो आफ्नै शान थियो।
यो हिमाल थियो मेरो ज्यान थियो।
एकदिन केहि हिउँ नदेखेकाहरु आए
हिमाल नदेखेकाहरु आए।
कसैले फोटो खिचेर गए।
कसैले छाती किचेर गए।
हो त्यही भिडमा त हो क्यार
आएकी थियौ तिमी पनि।
तिमिले केही टुक्रा हिउँ मुठ्ठीमा दह्रो गरि समायौ।
तिम्रो मुठ्ठीमा त मेरो दिल पो रहेछ।
म बिस्तारै पग्लन थाले तिम्रो मुठ्ठीबाट
मेरो दिल पग्लन थाल्यो- थोपा थोपामा।
केही थोपा म।
कुनै नदिको मुहानमा पो मिसिएछु।
बग्दै बग्दै म एउटा ठूलो छहरामा खसे
तिमिलाइ कसरी सम्झाउ म
कि जब छहरा चट्टानमा खस्छ।
तब चट्टान भन्दा पनि बेसि दुख्छ त्यो पानीलाइ भनेर।
नदि नाला हुँदै
म विशाल समुन्द्रमा पुगेछु।
घरि ठुला जहाजको आवाजले तर्सायो।
घरी समुन्द्रका विशाल जिबहरुले तर्साए मलाइ।
बग्दै बग्दै समुन्द्रको किनारामा पुगेर
ठोक्किए कसैको हिउँ जस्तै पाउमा
मैले मेरो मुटु उठाएर हेरे
त्यो चेहरा मलाइ ठ्याक्कै तिम्रो जस्तो लाग्यो।
२०७५/०८/२९

2 comments:

म भुलि जाने याद जस्तो, म कस्तुरीको सुवास जस्तो। डुल्दै डुल्दै म हराएको वाटो जस्तो म चिप्लो रातो माटो जस्तो। म भुलि जाने याद जस्तो, म अभागिको...