Wednesday, October 10, 2018

कबिता

हराएको घर
छोडेर ह्वाङै कोठाको ढोका
तिमी त खबरै नगरि गएछौ।
म सिधै भित्र छिरे, कोठा खाली रहेछ।
लाग्यो यो मन पनि खाली छ।
फेरि छ्तमा उक्लिएर हेरे
पहेलो घर झनै खाली थियो।
मनमा यसै यसै नरमाइलो लाग्यो।
आज आउदैनन कोहि पुराना मान्छेहरु
वाइफाइको पासवोर्ड माग्नलाइ।
अनि म सुतिरहेको खाटमा टुसुक्क वसेर
मलाइ कसैले सोध्ने छैन
'ओइ घर कैले जाने हो' भनेर पनि।
केही खिल्ली चुरोटहरु जल्ने छैनन
बरु जल्ने छ्न केही मनहरु ।
प्रत्येक मिनेटमा ढोका ढकढ्क्याउन कोहि आउदैन आज त।
ढोका ढ्कढक्याउने हातहरु खोइ कहाँ सम्म पो पुगे होलान?
आज
केही थान अनुहारहरु हराएछ्न।
केही थान मुस्कानहरु हराएछ्न।
धेरै याद छोडेर।
ऐले नमज्जा लागि रहेछ मलाइ।
बेडिङका सामान।
किचेनका समान।
कपडा, किताब सव सव हराछ्न कोठाबाट।
कहिले सफा नगर्ने कोठा पनि
आज त उज्यालो भएछ- सायद कोठालाइ पनि दशै आएछ।
सचिबको इयर्फोन हराएछ।
ब्रहमाको आइफोन हराएछ।
सङमको ल्याबटप पनि भेटिन आज त।
सन्दिपको त अनुहारै हराएछ।
मलाइ अब एक पल पनि बस्न मन छैन यहाँ।
आज हामि वस्ने घर
एकदम एक्लो भएको छ
साह्रै सुनसान भएको छ।

No comments:

Post a Comment

म भुलि जाने याद जस्तो, म कस्तुरीको सुवास जस्तो। डुल्दै डुल्दै म हराएको वाटो जस्तो म चिप्लो रातो माटो जस्तो। म भुलि जाने याद जस्तो, म अभागिको...