यहाँ
छोडिँदै गइदो रहेछ बिस्तारै जिन्दगी। जसरी छाडेर जान्छ खोलाले आफ्नै छालहरु मयुरले आफ्नै चालहरु। जसरी छाडेर जान्छ एक परदेशिले भर्खर जन्मिएकि आफ्नी सानी छोरी यदि छोडेर नै जानु छ भने त किन गर्नु प्रेम किन गर्नु यी यावत दुखहरु सायद छोडेर जानू त्यति सजिलो पनि हुदैन क्यारे निदाएको आँखा बिउझिए जस्तो।