Posts

Showing posts from January, 2019

कबिता - लिएर जानु

यदि जानू नै छ भने तिमिलाइ केही छोडेर नजानू। जस्तो तिम्रा पद चापहरु, तिम्रा सम्झना हरु। यदि जानू नै छ भने तिमिलाइ लिएर जानू तिमिलाइ संसारकै सुन्दर देख्ने मेरा यी आँखा जस्तो कि बजार देखि गल्लिहरुसम्म तिमिले समाएर हिडेका मेरा हातहरु। यदि जानू नै छ भने तिमिलाइ लिएर जानू तिम्रा जोकहरुमा हासिदिने मेरा हासोहरु सङै यात्रा गरेका यी एक जोडि गोडाहरु। यदि जानु नै छ भने तिमिलाइ लिएर जानू तिमिले चुमेका यी ओठहरु हामिले सास फेरेको यो वायु यदि जानु नै छ भने तिमीलाइ लिएर जानू यो मुटु पनि मलाइ अब मुटु बिना नै वाच्ने चाहना छ। २०७५/१०/१५ प्युठान

कबिता - जिन्दगी र घर

एउटा हातमा कमण्डल र अर्को हातमा त्रिशुल बोकेर म जिन्दगी खोज्न हिडेको मान्छे। आज हजारौ पैतलाको यात्रा पछि बुझ्न थालेको छु। मैले जिन्दगी त त्यही छोडेर हिडेछु जहाँ मेरो अनुहार पढिदिने मेरि अनपढ आमा थिइन। मेरो हौसला बनिदिने मेरो बलिया बा थिए। सङै बसेर चिया पिइदिने मेरा सङगती थिए। जहाँ दुख थियो। संघर्ष थियो। र पनि आफ्नो भन्ने कोहि थियो। जहाँ मेरो परिवार थियो त्यहि मेरो संसार थियो। म जिन्दगी बुझ्न यती टाढा पुगेछु। मेरो जिन्दगी त्यही थियो जहा मेरो घर थियो। २०७५/१०/०२

कबिता- चिया प्रेम

कुनै दिन तिमी र म एउटै टेबलको २ कुनामा वसेर चिया पिउदै आँखा जुधाउदै गर्दा। यो सोच्नु पर्थ्यो कि यी आँखाहरु पनि थाक्छन यी कपहरु पनि रितिन्छ्न। दूध, पानी र चिया पत्तिमा चिनी अडिए जसरी कहाँ जोडिन्छन चियामा मनहरु अचेलका मनहरु त क्यापोचिनो र एक्सप्रेसो हुन। मानौ तिम्रो रुप झै तिम्रो मन दूध चिया हो। मेरो मन फिक्का चिया। एका बिहानै दुध बेच्न आउने रामुदाइको साइकलमा अडिएको दुधको भाडो जस्तो कहाँ अन्डिन्छ र यो माया अचेल यो माया त मोटर बाइकको पछाडी अडिनलाइ बनेको हो।          २०७५/९/२०